फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

खेर जाने मकैका खोस्टाबाट सजावटका सामाग्री

चरिकोट /गाउँघरमा मकैको खोष्टा गाईवस्तुलाई आहाराको रुपमा खुवाउने गरिन्छ । मकैको घोगाको बाहिरी पत्र प्रायः खेर जान्छ । अहिले त्यही खेर जाने मकैकै खोस्टालाई उपयोग गरेर आकर्षक सजावटका सामग्री निर्माण गर्न थालिएको छ ।

घरमै बस्ने महिलाहरुलाई स्वरोजगार बन्नका लागि उद्योग तथा वाणिज्य कार्यालय दोलखा र जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले संयुक्त रुपमा तालिम गराएपछि सामग्री उत्पादन सुरु भएको हो । चरिकोटमा १० दिने तालिमका क्रममा तयार गरिएको सामग्रीले धेरैको नजर तानेको छ ।

मकैको खोष्टाको प्रयोगबाट विभिन्न प्रकारका आकर्षक फूल तयार गरिएको छ । विभिन्न आकारमा बनाइएको फूललाई प्राकृतिक फूल जस्तै बनाएर रङ लगाएपछि थप आकर्षक बनाइएको छ । खोस्टाबाट फूलका गुच्छा, चकटी, टोकरी, साँचो झुण्डाउने (किरिङ) र चप्पल लगायतका सामान बनाएका छन् । तालिमका क्रममा परालबाट जुत्ता र चप्पल पनि तयार गरिएको छ ।

भीमेश्वर नगरपालिका वडा नं. ५ की लोकमाया ठकुरीले पराल र खोस्टाबाट लिएको तालिम आफूहरुका लागि उपयोगी भएको बताइन् । ‘खोस्टाबाट पनि फूल बन्ला र भन्ने लागेको थियो’ उनले भनिन् ‘तालिमपछि अहिले आफैं पो बनाउन सफल भइयो ।’ क्रिष्टल तालिमपछि चुरा, माला, गहना तयार गरिएका छन् ।

जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नवराज न्यौपानेले सहकारीका सदस्यहरुलाई अब व्यवसायीक बनाउन सीपमूलक तालिम दिन थालिएको बताए । अब सदस्यहरुले उत्पादन गरिएका सामग्री सहकारीले खरिद गरिदिने वा बजारीकरणमा सहजीकरण गर्ने भएकाले उत्पादनमा लाग्न आग्रह गरे ।
भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले अब कसैले पनि तालिम मात्र लिने भन्दा पनि सीप अनुसारका सामग्री उत्पादनमा लाग्नु पर्ने बताउनुभयो । उत्पादनमा लाग्नेहरुलाई नगरपालिकाले थप तालिम र बजारको व्यवस्था गर्ने भन्दै  भीमेश्वर नगरपालिकाले पनि धेरै खालको तालिमहरु दिएको तर थोरैले मात्र व्यवहारमा उतारेको हुनाले मकैको खोष्टाको तालिम फलदायी बनोस उपमेयर बस्नेतले भन्नुभयो ।
तालिम समापन जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि का अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता र भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । तालिममा भीमेश्वर नगरपालिका वडा नं। ६ का वडाअध्यक्ष नविन लामा, जिल्ला सहकारी संघका महासचिव दिल बहादुर केसी, जेसीजका उपाध्यक्ष इश्वर दहाल, प्रशिक्षक सजना नगरकोटी, प्रशिक्षार्थीहरु यशोदा कुँवर र रुकमाया ठकुरीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साथै फागुन १५ गतेदेखि ७ दिने क्रिष्टलको गहना बनाउने तालिमको समापन पनि आजै गरिएको छ । सो तालिम पनि उद्योग तथा वाणिज्य कार्यालय चरिकोटको आयोजना र जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि।को सहजीकरणमा गरिएको संस्थाका व्यवस्थापक रमेश बस्नेतले जानकारी दिनुभयो ।

याे पढ्न छुटाउनु भयाे की ?

एकीकृत फ्रेण्डसिप साकाेसकाे आठौं बार्षिक साधारणसभा निर्वाचन कार्यक्रम सहित सम्पन्न

Nabin Kumar Khatiwada

आँधीखोलाका युवा मौलिक पिङ संरक्षणमा जुट्दै!!!

Nabin Kumar Khatiwada

लम्पी स्किन प्रभावित पशुको उपचारको लागि हेफरद्वारा औषधि हस्तान्तरण

Friendship Khabar