फ्रेण्डसिप खबर
गृह पृष्ठ देश शिक्षा

एसईईमा उत्कृष्ट प्रदर्शन गर्ने दोलखा जिरीका विद्यार्थी र शिक्षक सम्मानित

केदार दहाल
दोलखा, असार ३२ – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा दोलखा जिल्लाबाट उल्लेखनीय सफलता हासिल गर्ने विद्यार्थीहरू र उत्कृष्ट शैक्षिक परिणाम दिन सफल शिक्षकहरूलाई एक विशेष सम्मान तथा पुरस्कार वितरण कार्यक्रममार्फत सहिद स्मृति आवासीय माविले नगद सहित सम्मान गरेको छ।

एसईई परिक्षा २०८१ मा जिल्ला प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालय र विद्यार्थीलाई क्रमश: सहिद स्मृति आवासीय मावि जिरी, जेम एकेडेमी जिरी र सरस्वती मावि जिरी बाट सुरज केसी, ऋषि शाह र केशब कुमार न्याैपानेलाई क्रमशः तीस हजार, पन्ध्र हजार र आठ हजार नगद सहित सम्मान पत्रले सम्मानित गरिएको हो। उनीहरूले जिल्लाकै उत्कृष्ट GPA क्रमशः ३.९५, ३.९३ र ३.९० ल्याइ गौरवान्वित बनाएका थिए । त्यसैगरी ३.६० भन्दा माथि ल्याउने आवासीय माविका ११ जना विद्यार्थीलाई नगद रु चार हजारका दरले सम्मान गरिएको थियाे । साथै उकृष्ट नजिता ल्याएर सफल हुनु भएका अन्य १० जना विद्यार्थी हरुलाई पनि सम्मान पत्र द्वारा सम्मान गरिएको थियो !

कार्यक्रममा एसईई परीक्षा बि एल इ मा आफ्नो विषयमा शतप्रतिशत नतिजा ल्याउन सफल शिक्षकहरूलाई पनि नगद रु पाँच हजार र सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उनीहरूले विद्यार्थीहरूलाई निस्वार्थ परिश्रमका साथ पढाइ दिई उत्कृष्ट परिणाम निकाल्न सफल भएको आयोजक पक्षले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अन्य अथितिले शिक्षा क्षेत्रमा समर्पित शिक्षक र मेहनती विद्यार्थीहरूले आगामी दिनमा पनि जिल्लाको शैक्षिक छवि उजागर गर्ने विश्वास व्यक्त गरेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

गठवन्धन भित्र सहमतिको खोजि भइरहेको नेता नेपाल

Friendship Khabar

हनुमन्तेश्वर माविले उचाल्यो रास्ट्रपति रनिङ शिल्ड- एकै खेलाडीले लिए ३ स्वर्ण र एक रजत सहित ४ पदक

Kedar Dahal

ललितानिवास प्रकरणमा माधव नेपाल दोषी छैनन:-भुषाल

Friendship Khabar