फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश समाचार

फागु जस्ता मौलिक पर्वले एकताको सुत्रमा बाँधी राख्नेछन -प्रमुख शर्मा

मकवानपुर/ बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले रंगहरुको पर्वका रुपमा उत्साह साथ मनाइने फागुपर्व (होली) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पहाडी र हिमाली तथा भित्री मधेसका जिल्लाहरुमा आज (विहीबार) चैत ३ र तराईका जिल्लाहरुमा भोलि शुक्रबार चैत ४ मा मनाइदै गरिएको होलीको अवसरमा शुभकामना सन्देश प्रकाशित गर्नुहुँदै शर्माले फागुजस्ता मौलिक पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधी राख्ने उल्लेख गर्नुभएको छ । ‘बहुजातीय, बहुभाषिक,बहुसांस्कृतिक, बहुधार्मिक, विविधतायुक्त हाम्रो देश यही विविधताभित्र एकता, सद्भाव र सहिष्णुताका लागि संसारको उत्कृष्ट नमूना बनेको छ । हामीले हाम्रा विशेषताप्रति गौरवबोध गर्न सक्नुपर्दछ । हाम्रा यी मौलिक पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधी राख्नेछन् ।’ शर्माले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ ।

यस्तै उहाँले हाम्रा अमूल्य मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्घनले मात्र हाम्रो राष्ट्रिय गौरवको धरोहर संरक्षित हुन सक्ने भन्नुभएको छ ।शर्माले प्रकृति बासन्ती चोलामा मौलिक रंगहरुले सजिने यो अवसरमा हामीहरु विविध रंगको पर्व मनाइरहेकाले यस पर्वलाई आपसीखुशी र सहमतीको पर्वका रुपमा स्वीकार गरी अनुशासित र मर्यादितभएर मनाउँन सबै उत्साहित हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले मानव जीवन रंगीन र उल्लासमय बनाउन होलीले सकोस् भन्ने पनि शुभकामना व्यक्त गर्नुभएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एसले पठायो मन्त्रीको लागि नाम

Friendship Khabar

समाज रुपान्तरणमा सहकारी – कति संभव ?

sanjeet

सामाजिक सुरक्षा कोषलाई बहुआयामिक बनाउँदैछौ :-श्रम मन्त्री

Friendship Khabar