फ्रेण्डसिप खबर
गृह पृष्ठ धर्म र संस्कृति पर्यटन बागमती प्रदेश समाचार स्थानीय समाचार

सागादावा पर्वको अवसरमा जिरीमा विशेष धार्मिक पूजा तथा अभिषेक कार्यक्रम हुँँदै

तेन्जिङ शेर्पा

जिरी, दोलखा/ बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व सागादावा को पावन अवसरमा जिरी नगरपालिका–७ हिले निगाले स्थित ङ्ग्युर उर्गेलिङ गुम्बा मा सातदिने विशेष धार्मिक पूजा तथा अभिषेक कार्यक्रम यहि १६ गतेबाट शशुरु भएको छ।

गुम्बा व्यवस्थापन समितिका अनुसार यहि जेठ १६ गतेदेखि शुरु भएको र २१ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सोलुखुम्बु सेर्लो गुम्बाका रिन्पोक्षे पेमा थार्चिन ज्युको विशेष उपस्थितिमा विभिन्न धार्मिक अनुष्ठान, वाङ अभिषेक तथा धर्मदेशना कार्यक्रम सम्पन्न गरिनेछ।

कार्यक्रम अन्तर्गत जेठ १६, १७ र १८ गते लगातार तीन दिनसम्म पवित्र कङ्युर पाठ वाचन गरिनेछ। त्यसैगरी जेठ १९ गते रिन्पोक्षे पेमा थार्चिन ज्युको भव्य स्वागत कार्यक्रम आयोजना गरिने जनाइएको छ।

जेठ २० गते भक्तजनहरूका लागि क्रोधिकाली ठोमा नाग्मोको अभिषेक (वाङ) प्रदान गरिनेछ। यस अभिषेकलाई साधक तथा धर्मावलम्बीहरूको आध्यात्मिक उन्नति र पुण्य सञ्चयका लागि विशेष महत्वका साथ हेरिन्छ।

कार्यक्रमको अन्तिम दिन जेठ २१ गते सिखो गोङ्पा रङड्रोल वार्दो थोटोल सम्बन्धी मृत्युपश्चात् मुक्ति उपदेश तथा आगम (लुङ) प्रदान गरिनुका साथै सहभागीहरूलाई दीर्घायु अभिषेक (छेवाङ) समेत प्रदान गरिनेछ।

आयोजकले सम्पूर्ण बौद्ध धर्मावलम्बी तथा श्रद्धालु महानुभावहरूलाई कार्यक्रममा सहभागी भई धर्मलाभ लिन हार्दिक अनुरोध गरेको छ। सात दिनसम्म सञ्चालन हुने यस धार्मिक महोत्सवले बौद्ध दर्शन, साधना तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।
📖 कार्यक्रम विवरणः

🔹 २०८३ जेठ १९ गते
परम पूजनीय पेमा थार्क्षिन रिन्पोक्षे ज्यूको स्वागत कार्यक्रम तथा सम्पूर्ण भक्तजनहरूलाई गुरुको पवित्र दर्शन।
करुणा, प्रज्ञा र धर्मसेवाको प्रतीक: बौद्ध जगतका श्रद्धा, आस्था र विश्वासका केन्द्रका रूपमा परिचित परम पूजनीय पेमा थार्क्षिन रिन्पोक्षे ज्यू एक महान् पुनर्जन्म प्राप्त (टुल्कु) धर्मगुरु हुनुहुन्छ। उहाँको जीवन धर्म, साधना, करुणा र जगत प्राणीको कल्याणका लागि समर्पित रहेको पाइन्छ।
रिन्पोक्षे ज्यू पूर्वजन्मदेखि नै धर्मप्रति गहिरो संस्कार र बोधिचित्तको बीजारोपण भएको मानिन्छ। सानै उमेरमा उहाँले आफ्नो पूर्वजन्मसँग सम्बन्धित वस्तुहरू पहिचान गरी पुनर्जन्म प्राप्त टुल्कु भएको प्रमाण प्रस्तुत गर्नुभएको थियो। यस घटनाले उहाँप्रति श्रद्धालुहरूको विश्वास र सम्मान अझ गहिरो बनाएको छ।
रिन्पोक्षे ज्यूले अनेकौं महान् गुरुहरूबाट सूत्र, तन्त्र, विनय तथा बौद्ध दर्शन का गहन शिक्षा प्राप्त गर्नुभएको महान आचार्य रूपमा प्रख्यात हुनुहुन्छ। नेपाल, भारत तथा तिब्बती बौद्ध परम्पराका प्रतिष्ठित शिक्षाकेन्द्रहरूमा अध्ययन गरी उहाँले उच्च बौद्ध शिक्षा हासिल गर्नु भई विद्वता, आध्यात्मिक क्षमता र साधनाको गहिराइले उहाँलाई बौद्ध धर्मका एक विशिष्ट आचार्यका रूपमा स्थापित गरेको छ।
बौद्द धर्मको संरक्षण, संवर्द्धन र प्रचारप्रसारलाई जीवनको मुख्य उद्देश्य बनाउनुभएका रिन्पोक्षे ज्यूले ध्यान, साधना तथा धर्मदेशनामार्फत असंख्य श्रद्धालुहरूलाई सद्मार्गतर्फ प्रेरित गर्दै आउनुभएको छ। शील, समाधि र प्रज्ञाका गुणले सम्पन्न उहाँ गुरु–शिष्य परम्पराका एक आदर्श मार्गदर्शकका रूपमा सम्मानित हुनुहुन्छ।
त्यसैगरी, गूढ तान्त्रिक साधनाहरुको (वाङ )अभिषेक तथा अमूल्य बौद्धपरम्पराहरूलाई संरक्षण र निरन्तरता दिन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँका धर्मोपदेश र आशीर्वादले हजारौं श्रद्धालुहरूको जीवनमा आध्यात्मिक चेतना र सकारात्मक परिवर्तन ल्याएको विश्वास गरिन्छ। रिन्पोक्षे ज्यू केवल ज्ञान प्रदान गर्ने गुरु मात्र नभई करुणा, प्रज्ञा र जीवित धर्मका मूर्त स्वरूप हुनुहुन्छ। सबै प्राणीहरूको सुख, शान्ति र मुक्तिका लागि निरन्तर धर्मकार्यमा समर्पित उहाँलाई बौद्ध समाजले करुणाका सागर तथा धर्मका उज्यालो दीपका रूपमा सम्मान गर्दै आएको छ।
• रिन्पोक्षे पेमा थार्चिनको जिवनि
करुणा, प्रज्ञा र धर्मसेवाको प्रतीक: बौद्ध जगतका श्रद्धा, आस्था र विश्वासका केन्द्रका रूपमा परिचित परम पूजनीय पेमा थार्क्षिन रिन्पोक्षे ज्यू एक महान् पुनर्जन्म प्राप्त (टुल्कु) धर्मगुरु हुनुहुन्छ। उहाँको जीवन धर्म, साधना, करुणा र जगत प्राणीको कल्याणका लागि समर्पित रहेको पाइन्छ।
रिन्पोक्षे ज्यू पूर्वजन्मदेखि नै धर्मप्रति गहिरो संस्कार र बोधिचित्तको बीजारोपण भएको मानिन्छ। सानै उमेरमा उहाँले आफ्नो पूर्वजन्मसँग सम्बन्धित वस्तुहरू पहिचान गरी पुनर्जन्म प्राप्त टुल्कु भएको प्रमाण प्रस्तुत गर्नुभएको थियो। यस घटनाले उहाँप्रति श्रद्धालुहरूको विश्वास र सम्मान अझ गहिरो बनाएको छ।
रिन्पोक्षे ज्यूले अनेकौं महान् गुरुहरूबाट सूत्र, तन्त्र, विनय तथा बौद्ध दर्शन का गहन शिक्षा प्राप्त गर्नुभएको महान आचार्य रूपमा प्रख्यात हुनुहुन्छ। नेपाल, भारत तथा तिब्बती बौद्ध परम्पराका प्रतिष्ठित शिक्षाकेन्द्रहरूमा अध्ययन गरी उहाँले उच्च बौद्ध शिक्षा हासिल गर्नु भई विद्वता, आध्यात्मिक क्षमता र साधनाको गहिराइले उहाँलाई बौद्ध धर्मका एक विशिष्ट आचार्यका रूपमा स्थापित गरेको छ।
बौद्द धर्मको संरक्षण, संवर्द्धन र प्रचारप्रसारलाई जीवनको मुख्य उद्देश्य बनाउनुभएका रिन्पोक्षे ज्यूले ध्यान, साधना तथा धर्मदेशनामार्फत असंख्य श्रद्धालुहरूलाई सद्मार्गतर्फ प्रेरित गर्दै आउनुभएको छ। शील, समाधि र प्रज्ञाका गुणले सम्पन्न उहाँ गुरु–शिष्य परम्पराका एक आदर्श मार्गदर्शकका रूपमा सम्मानित हुनुहुन्छ।
त्यसैगरी, गूढ तान्त्रिक साधनाहरुको (वाङ )अभिषेक तथा अमूल्य बौद्धपरम्पराहरूलाई संरक्षण र निरन्तरता दिन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँका धर्मोपदेश र आशीर्वादले हजारौं श्रद्धालुहरूको जीवनमा आध्यात्मिक चेतना र सकारात्मक परिवर्तन ल्याएको विश्वास गरिन्छ।रिन्पोक्षे ज्यू केवल ज्ञान प्रदान गर्ने गुरु मात्र नभई करुणा, प्रज्ञा र जीवित धर्मका म  सबै प्राणीहरूको सुख, शान्ति र मुक्तिका लागि निरन्तर धर्मकार्यमा समर्पित उहाँलाई बौद्ध समाजले करुणाका सागर तथा धर्मका उज्यालो दीपका रूपमा सम्मान गर्दै आएको छ।
यस कारण महत्व छ यि पुजाहरु ।

🔹 २०८३ जेठ २० गते
च्योद साधना गर्ने साधकहरूका लागि क्रोधिकाली ठोमा नग्मो को अभिषेक (वाङ) तथा सर्वसाधारणका लागि आर्य आवलोकेशवारको थुक्जेक्षेन्पो को वाङ प्रदान गरिनेछ।
च्योद साधना गर्ने साधकहरूका लागि क्रोधिकाली ठोमा नग्मोको अभिषेक (वाङ) किन लिनुपर्छ?
*ठोमा नग्मो (क्रोधीकाली) च्योद परम्पराको अत्यन्त गहन र शक्तिशाली साधना देवता मानिन्छिन्। यो अभिषेक प्राप्त गर्नुको मुख्य उद्देश्य साधना गर्ने आधिकारिक अनुमति (अधिकार) प्राप्त गर्ने,च्योद साधनामा आउने अवरोध, भय, रोग तथा नकारात्मक शक्तिहरूलाई रूपान्तरण गर्ने शक्ति प्राप्त गर्न,आफ्नो अहंकार, आसक्ति र मोहलाई काटेर बोधिचित्ताको विकास गर्न, गुरु–देवता–डाकिनीको आशीर्वाद प्राप्त गरी साधनालाई प्रभावकारी बनाउनु र भविष्यमा ठोमा नग्मो सम्बन्धी गहन साधना, पूजा गर्न योग्य बन्नको लागि यो क्रोधिकाली ठोमा नग्मोको अभिषेक (वाङ) लिनु पर्छ।किनकी वाङ बिना कुनै पनि गहन तान्त्रिक साधना गर्नु उपयुक्त मानिँदैन, त्यसैले च्योद अभ्यास गर्ने साधकका लागि यो अभिषेक अत्यन्त महत्वपूर्ण हुन्छ। त्यसैले यो क्रोधिकाली ठोमा नग्मोको वाङ मुख्यतः साधना गर्ने साधकहरूको लागि हो ,सर्वसाधारणका लागि होइन।

#आर्य आवलोकेश्वर थुक्जेछेनपो (महाकरुणा) को वाङ किन लिनुपर्छ?

आर्य आवलोकेश्वर (चेनरेजिग) सम्पूर्ण बुद्धहरूको करुणाको प्रतीक हुनुहुन्छ। त्यसैले थुक्जेछेनपोको वाङ लिन आत्यन्तै महत्व छ । आर्य आवलोकेश्वर थुक्जेछेनपो (महाकरुणा) को वाङ प्राप्त गरेपछि हामीमा करुणा, प्रेम र दयाभावको वृद्धि हुन्छ।मनमा शान्ति, सकारात्मकता र सहनशीलता बढ्छ।पापकर्म र नकारात्मक संस्कार शुद्ध हुन्छ।
रोग, दुःख, भय तथा मानसिक तनाव कम गर्न आध्यात्मिक बल प्राप्त हुन्छ।बिशेष गरि हामिले जप्ने मन्त्र“ॐ मणि पद्मे हुँ” मन्त्रको जप र साधना अझ प्रभावकारी हुन्छ।र सबै प्राणीहरूको हित र कल्याण गर्ने बोधिचित्ताको भावना जागृत हुन्छ।हामी मृत्यु पश्चात् शुभ गति तथा अन्ततः बुद्धत्व प्राप्तिको मार्गमा प्रवेश हुन्छ त्यसैले आर्य आवलोकेश्वर थुक्जेछेन्पोको अभिषेक (वाङ) लिनु पर्छ।
थुक्जेछेनपोको वाङ सबै श्रद्धालु, गृहस्थ, वृद्ध, युवा तथा बालबालिकाले समेत लिन सक्ने करुणा र आशीर्वादको अमूल्य अवसर हो।

🔹 २०८३ जेठ २१ गते
“शिठो गोङ्पा रङढोल” बाट
बार्दो थोद्रोल (मृत्युपश्चात् मुक्ति उपदेश) को आगम (लुङ) तथा
दीर्घायु अभिषेक (छे–वाङ)

बार्दो थोटोल गुरु रिन्पोक्षेको अत्यन्त पवित्र उपदेश हो, जसले बार्दो (मृत्यु र पुनर्जन्मबीचको अवस्था) र मुक्तिको मार्गबारे शिक्षा दिन्छ। यस उपदेशको लुङ (आगम) योग्य गुरुबाट ग्रहण गर्दा मृत्यु र त्यसपछिको यात्रालाई सही रूपमा बुझ्ने ज्ञान र मार्गदर्शन प्रदान गर्छ।

मृत्युको भय कम हुन्छ र मृत्यु अन्त्य होइन, अर्को यात्राको सुरुवात हो भन्ने ज्ञान प्राप्त हुन्छ।
बार्दो अवस्था अथाव मृत्युपछि आउने विभिन्न अवस्थाहरूलाई चिन्ने र सही मार्ग अपनाउने शिक्षा पाइन्छ। यो उपदेश सुन्ने, ग्रहण गर्ने र सम्झेको पुण्यले भविष्यमा शुभ पुनर्जन्म तथा मुक्तिको मार्गमा सहयोग पुग्छ।
यसैले बार्दो थोद्रोलको लुङलाई जीवन र मृत्युदुवैका लागि अत्यन्त लाभदायक र पुण्यदायी उपदेश मानिन्छ।

छे–वाङ (दीर्घायु अभिषेक) आयु, स्वास्थ्य, पुण्य र जीवनशक्तिको वृद्धि गर्न प्रदान गरिने विशेष आशीर्वाद हो। यो सामान्यतया दीर्घायु देवता (अमितायुस बुद्द),(छेपाकमेद) सँग सम्बन्धित हुन्छ

हामिले छे–वाङ (दीर्घायु अभिषेक) लिदा दीर्घायु र स्वास्थ्यका लागि आशीर्वाद प्राप्त हुन्छ।रोग, बाधा तथा अकाल मृत्युका कारणहरू कम हुन्छ।
जीवनशक्ति (लुङ्ता), पुण्य र सौभाग्य वृद्धि हुन्छ।धर्म अभ्यास र सत्कर्म गर्ने अवसर लामो समयसम्म प्राप्त रहिरहन्छ।
मानसिक शान्ति, आत्मविश्वास र सकारात्मक ऊर्जा बढ्न सहयोग पुग्छ। जीवनलाई धर्ममय र मंगलमय बनाउने आशीर्वाद प्रदान गर्छ।

याे पढ्न छुटाउनु भयाे की ?

सामाजिक सुरक्षा कोष योगदानकर्ता सापटी निर्देशिका स्वीकृत

Friendship Khabar

एमाले नेता उप्रेती द्वारा पार्टी परित्याग

Friendship Khabar

शैलुङमा प्रअ भत्ता सरकार लाई नै फिर्ता

Friendship Khabar