calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

कालिञ्चोक केबलकारको भाडा २० प्रतिशत बढ्यो

दोलखा/कालिञ्चोक केबलकारको भाडा बढाएको छ । कालिञ्चोक दर्शन लिमिटेडले दोलखाको कालिञ्चोकमा रहेको केबलकारको भाडा पर्यटकीय सिजन सुरु भएसँगै २० प्रतिशत बढाएर प्रतिव्यक्ति ६ सय पु¥याएको छ । ४…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
अक्टोबर २५, २०२२, १२:४७•अपडेट: अक्टोबर ३१, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अक्टोबर २५, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
कालिञ्चोक केबलकारको भाडा २० प्रतिशत बढ्योphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

दोलखा/कालिञ्चोक केबलकारको भाडा बढाएको छ । कालिञ्चोक दर्शन लिमिटेडले दोलखाको कालिञ्चोकमा रहेको केबलकारको भाडा पर्यटकीय सिजन सुरु भएसँगै २० प्रतिशत बढाएर प्रतिव्यक्ति ६ सय पु¥याएको छ ।

४ वर्ष अघि सञ्चालनमा आएको केबलकारमा ४ ओटा गोण्डला रहने छन् । हरेक डब्बामा १० जना बस्न सकिने क्षमता रहेको छ । केबलकारको भाडा यस अघि ५ सय रहेकोमा दसैं अघिदेखि १०० रुपैंया बढको छ ।
कुरीबाट कालिञ्चोकसम्म पुग्नका लागि केबलकारको लम्बाइ ९ सय मिटर मात्र रहेको छ । यसमा एक तर्फी यात्रा गर्न ४ मिनेट लाग्छ । कालिञ्चोक केबलकार मनकामना र चन्द्रागिरी हिल्सपछिको तेस्रो केबलकार हो । मनकामना ३ किलोमिटर लामो केबलकारको ७ सय र चन्द्रागिरी ४ किलोमिटरको भाडा ८ सय रुपैंया भाडा छ । धुलिखेलबाट कालिञ्चोक आएका बलराम अधिकारीले भने ‘मैले धेरै केबलकार चढें, अरुको दुरी लामो छ, छोटो दुरी भए तापनि अरु केबलकार बराबरकै भाडा असाध्यै महङ्गो भयो ।’
कालिञ्चोकको कुरीबाट मन्दिरसम्म पुग्न एक किलोमिटर उकालो हिँड्नु पर्छ । कतिपय धार्मिक पर्यटकहरु त्यही उकालो चढ्न नसकेकै कारण बीच बाटोबाटै फर्किन बाध्य हुने गरेका छन् । केबलकार निर्माणपछि कालिञ्चोक धार्मिक पर्यटकहरु बढेका छन् । तर भाडा वृद्धिले कालिञ्चोकमा यात्रुहरुमा असर गरेको कालिञ्चो मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष सुकमान तमाङले बताए ।
२६ करोड रुपैयाँको लागतमा निर्माण गरिसक्ने लक्ष्य लिए पनि केबलकारको लागत ४० करोड रुपैयाँ पुगेको थियो । सञ्चालन खर्च धान्न नसक्ने भएकाले भाडा बढाउनु परेको कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए । भाडा बढेपछि कतिपय यात्रु भनेर हिडेरै मन्दिर जान थालेका छन् ।
केबलकार बनेको क्षेत्र कालिञ्चोक गाउँपालिका वडा नं. १ भने तापनि वडा नं. १ र ५ बीच सिमाना विवाद छ । त्यसैगरी केबलकारले भोगचलन गरेको जग्गा समेत गुठी र वन कसको भन्ने समेत विवाद छ । केबलकार सञ्चालन गर्ने कम्पनीले भने गुठीसँग सम्झौता गरेको छ ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य