
सन्दिप पौडेल
स्याङ्जा/ सिविआरएस नेपाल- कास्कीले स्याङ्जाको आँधीखाेला गाउँपालिका वडा नं ५ स्थित प्रधुम्न पनेरु उच्च मावि प्रांगणमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन सम्पन्न गरेको भएको छ।
हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त आँखा शिविरमा पालिकावासी ३१५ जना स्थानियले निशुल्क स्वास्थ्य जाँचको फाइदा लिएको आँधीखाेला गाउँपालिकाकी सिविआरएस सहजकर्ता बबिता ढकालले बताउनुभयो। साथै करिब १५ जना थप शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पोखरा स्थित हिमालय आँखा अस्पताल जानुपर्ने पनि बताउनुभयो।
सामाजिक उत्तरदायित्व अन्तर्गत आँधीखाेला गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको सो शिविरको उद्घाटन गर्दै पालिका अध्यक्ष विश्वनाथ पौडेलले वातावरणीय प्रदूषणका कारण आँखाका रोगीको संख्या बढिरहेकाले यस खालका शिविरको आवश्यकता रहेको बताए। यसका साथै शल्यक्रियाका लागि बाहिर जानुपर्ने बिरामीको लागि थप सहयोग पुर्याउने आश्वासन समेत व्यक्त गरे। पालिकाका स्वास्थ्य शाखा प्रमुख निराजन लामिछानेले सहयोगी सिविआरएस दाताहरुलाई धन्यवाद व्यक्त गर्दै शिविर सम्पन्न भएको घोषणा गरेसँगै शिविर सम्पन्न भएको हो।
Nabin Kumar Khatiwada
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_altप्रतिक्रियाहरू (२४)
कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।
सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।
कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।