फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ

आँधीखोलामा निशुल्क आँखा शिविर

सन्दिप पौडेल

स्याङ्जा/ सिविआरएस नेपाल- कास्कीले स्याङ्जाको आँधीखाेला गाउँपालिका वडा नं ५ स्थित प्रधुम्न पनेरु उच्च मावि प्रांगणमा  एकदिने निःशुल्क आँखा शिविर सञ्चालन सम्पन्न गरेको भएको छ।

हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त आँखा शिविरमा पालिकावासी  ३१५ जना स्थानियले निशुल्क स्वास्थ्य जाँचको फाइदा लिएको आँधीखाेला गाउँपालिकाकी सिविआरएस सहजकर्ता बबिता ढकालले बताउनुभयो। साथै करिब १५ जना थप शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पोखरा स्थित हिमालय आँखा अस्पताल जानुपर्ने पनि बताउनुभयो।

सामाजिक उत्तरदायित्व अन्तर्गत आँधीखाेला गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको सो शिविरको उद्घाटन गर्दै पालिका अध्यक्ष विश्वनाथ पौडेलले वातावरणीय प्रदूषणका कारण आँखाका रोगीको संख्या बढिरहेकाले यस खालका शिविरको आवश्यकता रहेको बताए। यसका साथै शल्यक्रियाका लागि बाहिर जानुपर्ने बिरामीको लागि थप सहयोग पुर्याउने आश्वासन समेत व्यक्त गरे। पालिकाका स्वास्थ्य शाखा प्रमुख निराजन लामिछानेले सहयोगी सिविआरएस दाताहरुलाई धन्यवाद व्यक्त गर्दै शिविर सम्पन्न भएको घोषणा गरेसँगै शिविर सम्पन्न भएको हो।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा दोलखाद्वारा निर्वाचनका लागि राजनीतिक कमाण्डर र निर्वाचन परिचालन समिति गठन

Kedar Dahal

काप्ती लघु जलविद्युतको आम्दानी खर्च माग गर्दै प्रशासनमा निवेदन

Kedar Dahal

बागमती प्रदेश प्रमुख शर्मा:-सुरेलबस्ती पुगेर बुझे सुरेलका सवाल

Friendship Khabar