फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ देश सुचना प्रविधि

अतिरिक्त हुलाक खारेज विरुद्ध हुलाकीहरूकाे चरिकोटमा धर्ना

चरिकोट/सरकारले बजेट भाषण मार्फत् देशभरका अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेसँगै हुलाकमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुले जिल्ला हुलाक कार्यालय दोलखामा आज विरोधसहित धर्ना दिएका हुन् ।
उनीहरुले अतिरिक्त हुलाक खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको तलब सुविधा वृद्धि गरिरहँदा सरकारले अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीलाई यसअघि असमान र अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाइएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यको बुदा नम्बर ३७४ मा उल्लेखित अतिरिक्त हुलाक खारेज गर्ने भन्ने निर्णयप्रति उनीहरुको संगठनले सरकारको ध्यानाकर्षण गराएको हो ।

समयसापेक्ष अतिरिक्त हुलाक स्तरोन्नती र आधुनिक व्यवस्थापन गर्नुको सट्टा खारेजीको निर्णयले कर्मचारीलाई आन्दोलित बनाएको अतिरिक्त हुलाक एशोशीएसन दाेलखाका अध्यक्ष बलमान तमाङले बताए ।
अतिरिक्त हुलाक कार्यालयमा हुलाक प्रतिनिधि, हुलाकपत्र वितरक र डाकवाहक तीन तहका कर्मचारी छन् । हुलाक प्रतिनिधिले आठ हजार तीन सय १० रुपयाँ तलब पाउँछन् भने वितरक र डाकवाहकले मासिक सात हजार दुई सय ७५ रूपैयाँ पाउँछन् । राज्यले अहिले ती कर्मचारीलाई घर न घाटको बनाउन लागेको ४६ वर्षदेखि डाकवालाकाे रूपमा कार्रत ८० वर्षीय मुलुकबहादुर गुरूङले बताए । राज्यले मानवीय संवेदनापनि भुलेको उनको आरोप छ ।
दाेलखामा ४३ ओटा अतिरिक्त हुलाक छ । १३५ जना कर्मचारी छन् । जिल्ला हुलाक कार्यालय मार्फत सेवा सुविधा लिँदै आएका छन् । अतिरिक्त हुलाक खारेज गरे तापनि आफूहरूलाई अवकाश गर्ने भए उपदानकाे व्यवस्था हुनु पर्ने हावाकी राेजिना सुनुवारले माग गरिन ।कार्यालय खारेज गर्ने नै भएपनि उचित सम्मानसहित कर्मचारीलाई बिदाई गर्नुपर्ने कर्मचारीहरुको माग छ ।

याे पढ्न छुटाउनु भयाे की ?

४२ करोड रोयल्टी नबुझाउने याक एण्ड यतिको इजाजतपत्र रद्द

Friendship Khabar

श्रम मन्त्री द्वारा इपिएस भाषा परीक्षा केन्द्रको अुगमन

Friendship Khabar

माओवादी केन्द्र जिरी ७ को कार्यालय उद्घाटन

Friendship Khabar