calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

भवानी खतिवडाको ‘चारखोलाको आँगनीमा’ सार्वजनिक

काठमाडौँ/कवि तथा नियात्राकार भवानी खतिवडाको पद्य–नियात्रा ‘चारखोलाको आँगनीमा’ सार्वजनिक भएको छ । नेपाल सांस्कृतिक संघ तथा पर्वतीय साहित्य समाज नेपालले मङ्गलबार काठमाडौँमा संयुक्त रूपले आयोजना गरेको कार्यक्रममा उक्त…

FK
Friendship Khabarverified| काठमाडौं
मार्च १५, २०२३, ०७:१२•अपडेट: मार्च १५, २०२३
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: मार्च १५, २०२३
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
भवानी खतिवडाको ‘चारखोलाको आँगनीमा’ सार्वजनिकphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

काठमाडौँ/कवि तथा नियात्राकार भवानी खतिवडाको पद्य–नियात्रा ‘चारखोलाको आँगनीमा’ सार्वजनिक भएको छ । नेपाल सांस्कृतिक संघ तथा पर्वतीय साहित्य समाज नेपालले मङ्गलबार काठमाडौँमा संयुक्त रूपले आयोजना गरेको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।

२०७६ सालमा कोकगोष्ठीले कवि सोमनाथ सिग्द्यालको स्मृतिमा इलाममा आयोजना गरेको विशेष गोष्ठीका लागि लेखिकाले अन्य कविहरूका साथमा गरेको इलाम यात्रामा केन्द्रित उक्त कृतिलाई कोकगोष्ठीले प्रकाशित गरेको हो । पुस्तकलाई कार्यक्रममा अध्यक्ष शङ्करराज पन्त, प्रमुख अतिथि प्रा. डा. माधव पोखरेल, तथा साहित्यकारहरू प्रतीक ढकाल, भुवनहरि सिग्देल, प्रभा भट्टराई, महेश पौड्याल तथा कवि भवानी खतिवडा स्वयंले सार्वजनिक गरेका थिए ।

कृतिमाथि आफ्नो मन्तव्य राख्दै कवि प्रभा भट्टराई आफू भवानीको काव्यकारिताबाट असाध्यै प्रभावित भएको बताइन् । उनले यस कृतिमा चित्रित इलामको वर्णन सुललित र सूक्तिमय भएको बताइन् । समालोचक महेश पौड्यालले ‘पद्य–नियात्रा’ भनेर गरिएको यस कृतिको निरूपण सटीक र सैद्धान्तिक दृष्टिले तर्कसङ्गत रहेको बताए । अर्का वक्ता साहित्यकार प्रतीक ढकालले भवानीमा कवित्व र साहस प्रचूर मात्रामा रहेकोले उनको साहित्यिक क्षमता नियात्रा र कविता दुवै क्षेत्रमा उत्तिकै अब्बल देखिएको जिकिर गरे । साहित्यकार भुनवहरि सिग्देलले भवानीमा देखिएको छन्दको ज्ञान, शब्दसामर्थ्य र सूक्तिमयता असामान्य भएको बताए । छन्दसारथि रमेश खकुरेलले कवि भवानी प्रतिभा र ऊर्जाको पूञ्ज भएको भन्दै उनीबाट नेपाली साहित्यले अझै धेरै अपेक्षा राखेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. माधवप्रसाद पोखरेलले अविधात्मक वर्णनको तहबाट ध्वनि, वक्रता र रसको उदात्त तहमा उठेको भवानीको काव्यकारिता विशिष्ट र प्रतिभासम्पन्न भएको मूल्याङ्कन गरे । कवि भवानीले भने आफू अग्रजहरूको सानिध्यमा अगाडि बढिरहने र निकट भविष्यमा शे-फोक्सुण्डो यात्रा तथा सगरमाथाको बेसक्याम्पको यात्रामा आधारित नियात्राकृतिहरू पनि प्रकाशित गर्ने खुलासा गरिन् ।

विमोचन कार्यक्रममा गायिका लोचन भट्टराई, कविहरू दिनेश पाण्डे, खोलाघरे साहिँलो, नारायण पोख्रेल, रञ्जु दाहाल, सबिता बराल तथा विपिन पाठकले विमोचित कृतिका केही अंश पनि वाचन गरेर सुनाए ।

कृतिलाई पेज टर्नर प्रालिले वितरण गर्ने बताइको छ । नियात्रा–सङ्ग्रह ‘घामभन्दा पहिले’ पछि आएको यो कृतिकार खतिवडाको दोस्रो कृति हो ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य