
जिरी/सहकारीको दिगोपनाःस्वनियमन र सुशासन भन्ने मुल नाराका साथ ६६ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा सोमबार जिरीमा रक्तदान कार्यक्रम संचालन गरि सम्पन्न भएको छ।
कार्यक्रममा ५० जनाको रगत परीक्षण गरीएको छ,भने १० जनाले रक्तदान गरेका छन संकलित रगत जिरी अस्पताललाई संस्थाका अध्यक्ष भुमिराज खड्काले हस्तान्तरण गर्नुभएको छ,साथै अन्य सदस्यहरुको रगत समुह पहिचान गरि प्रतिक्षा सूचिमा राखिएको छ।
संस्थाका का.मु प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने भावले रक्तदान कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभएको छ भने कार्यक्रमको उदेश्यका बारेमा संस्थाका उपाध्यक्ष केदार जिरेरले आफ्ना भनाइहरु राख्नुभएको थियो। संस्थाका अध्यक्ष भुमिराज खड्काले संस्थाले रगत दान सम्बन्धी समुदायमा जनचेतना अभिवृद्धि गर्नको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभएको छ।
संस्थाका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा भएको कार्यक्रम जिरी अस्पतालको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी जिरी उपशाखाको समन्वयमा भएको थियो। एकीकृत फ्रेण्डसिप साकोसले आफ्ना शेयर सदस्यहरुलाई विभिन्न प्रविधि मैत्री सेवा संचालनमा ल्याएको छ। हाल संस्थाको कुल कारोबार १ अर्व २० करोड रहेको छ भने १६ हजार सदस्यहरु रहेका छन।
Friendship Khabar
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_altप्रतिक्रियाहरू (२४)
कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।
सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।
कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।