calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

गृह पृष्ठविशेष प्राथमिकता

द्वाल्खा संस्कृतिका जिउँदो इतिहाँसकार, ओछ्यान पर्दा गुमनाम

दिलबहादुर केसीअभयपुर अर्थात द्वाल्खा शहरलाई मन्दिरै मन्दिरको शहरको रुपमा चिनिन्छ । भीमेश्वर नगरपालिका वडा नं. २ मा रहेको यो पुरातात्विक शहर मन्दिर, चैत्य, स्तुपा, हरेक टोल र घरहरुसँग…

KD
Kedar Dahalverified| काठमाडौं
जुन २६, २०२४, १६:२६•अपडेट: जुन २६, २०२४
schedule४ मिनेट पढ्न सकिने
eventप्रकाशित: जुन २६, २०२४
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
द्वाल्खा संस्कृतिका जिउँदो इतिहाँसकार, ओछ्यान पर्दा गुमनामphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

दिलबहादुर केसी
अभयपुर अर्थात द्वाल्खा शहरलाई मन्दिरै मन्दिरको शहरको रुपमा चिनिन्छ । भीमेश्वर नगरपालिका वडा नं. २ मा रहेको यो पुरातात्विक शहर मन्दिर, चैत्य, स्तुपा, हरेक टोल र घरहरुसँग नै इतिहाँस जोडिएको छ ।
नेवारहरुको बसोबास रहेको यो शहरमा भाषा पनि आफ्नै मौलिक छ । काठमाडौं र तिब्बत बीचको व्यापार हुने परम्परागत पदमार्ग चल्दा यो शहरको चहलपहल बढेको पाइन्छ । त्यही भएर द्वाल्खाका तत्कालिन राजा इन्द्रसिंह देवले नेपालमै १६ औं सताब्दीमै पहिलो पटक सिक्का प्रचलनमा ल्याए ।
द्वाल्खामा हरेक महिना र पर्वमा पूजा जात्रा देखाउने प्रचलन छ । गाई जात्रा, हिले जात्रा, भैरवकुमारी जात्रा, खड्ग जात्रा, मछिन्द्रनाथको रथ तान्ने जात्रा अहिले पनि धेरैको ध्यान तान्ने जात्राहरु हुन् । यि जात्रामा हजारौं बाहिरबाट मेला हेर्न आउँछन् ।


हरेक मन्दिर र चैत्येको आ–आफ्नै इतिहास र महत्व छ । टोलैपिछे मुर्ती, पाटी, डबली छन् । जात्रा पर्वमा बजाउने बाजा पनि फरक फरक छन् । त्यही भएर स्थानीय संस्कृतिविद् शान्तकृष्ण श्रेष्ठ दोलखाको इतिहाँस नलेखी नेपालको इतिहास अपूर्ण हुने बताउँदै आएका छन् ।
द्वाल्खा शहर बाहिरबाट हेर्दाभन्दा भित्र पुगेपछि यहाँको परम्परा, संस्कृति, रीतिरिवाज, भाषा, जात्रा पर्व, मठमन्दिरको इतिहाँस र महत्व धेरै छ । तर यसको बारेमा जानेका र बुझेका कमै छन् । तिनै मध्येका एक हुने द्वाल्खाका जीउँदा इतिहास तीर्थनारायण जोशी । यही शहरको नामबाट जिल्लाको नाम दोलखा रहन गयो । यहाँको प्रशिद्ध भीमेश्वर मन्दिरको नामबाट नगरपालिकाको नामाकरण भीमेश्वर नगरपालिका भयो ।
तीर्थनारायण जोशी द्वाल्खा जानेका इतिहाँसकार हुन् । पुराना पुस्ता वितेर गएकाले द्वाल्खाका बारेमा धेरै अध्ययन गरेर जानकारी दिन सक्ने अहिलेका एक मात्र जिउँदा इतिहासकार जोशी आफैं ओछ्यान परेका छन् । जिवन र मृत्युसँग संघर्ष गरिरहँदा केही महिनादेखि जोशी आफैं गुमनाम झैं छन् ।
जोशी अहिले उमेरले ६४ वर्ष पुगे । ४२ वर्ष शिक्षण पेशामा बिताए । खारे, लापिलाङ, राम्पा, फुलपापछि अन्तिम १६ वर्ष घर नजिकैको एतिहासिक राजकुलेश्वर निमाविमा शिक्षण गरेर सेवा निवृत्त भए । हरेक जात्रापर्वमा भेटिने जोशी अहिले आफ्नै निवास भीमेश्वर नगरपालिका वडा नं. २ डोकलुङ्गामा ओछ्यानमा भेटिन्छन् ।


घाँटीको क्यासरबाट पीडित जोशी ४ महिनादेखि उठेर समेत बस्न नसक्ने अवस्थामा छन् । खाना पनि पाइपको माध्यमबाट खुवाउनु पर्छ । बोल्दा पनि कस्ट हुने भएपछि धेरै बोल्दैनन् । खाना र ओषधी खाएपछि उनी ओछ्यानमै ऐतिहाँसिक पुष्तक र दस्तावेजहरु पढ्ने र लेखनमै लागेको भेटिन्छ । घाँटीमा समस्या देखिएपछि गत माघमा अस्पतालमा जचाउँदा घाँटीमा क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरेर औषधी सेवन गर्दै आएका छन् ।

लेखनमा जोशी
लेखनमा रुची राख्ने जोशीले जन्मदेखि मृत्यु संस्कार, दोलखाको चाडपर्वहरु, भीमेश्वर एक आस्था विश्वास अनेक, देवीकोट (त्रिपुरा सुन्दरी) भगवती, जोशीखलक काश्यप गोत्रीको बंशावली, दोलखाको खेतीमा फेर प्रथा आदीको लेखहरु प्रकाशन गरेका छन् । दोलखा महोत्सवमा दोलखाको हिलेजात्रा (गुुल्लापर्व) को बारेमा कृति प्रकाशित गरेका छन् । केही व्यक्तिहरुले आफूले लेखेका इतिहाँस आफ्नै नाममा छापेको समेत गुनासो गरे ।
अध्ययन र लेखनमा रुची राख्ने जोशी पत्रकारितामा जोडिए । द्वाल्खा भाषामा प्रकाशित कुल्सी मासिक हवाइ पत्रिकाको सम्पादक भए । ऐतिहासिक पत्रिकाहरु चिमाल, आँखा, खोतलखातल, जिरी दीप, भीम मावि स्मारिका लगायतका दजर्न पत्रिकाहरुमा आफ्नो लेख प्रकाशित गरेका छन् । नेपाल पत्रकार महासंघको साधारण सदस्य भएर दोलखा शाखाको दोस्रो कार्यकालका लागि २०५५ सालमा कार्य समिति सदस्य पनि भएको नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष राजेन्द्र मानन्धरले बताए । द्वाल्खा सहरको बारेमा केही लेख्नु पर्दा जोशी धेरै पत्रकार र अनुसन्धानकर्ताहरुको स्रोत हुन् ।

दोलखाको कम्युनिष्ट जगका खम्बा
भीमेश्वर नगरपालिका वडा नं. २ लाई अहिले पनि कम्युनिष्ट किल्लाकै रुपमा चिनिन्छ । २०७४ को स्थानीय तहको निर्वाचन बाहेक साविक दोलखा गाविस र हालको वडा नं. २ मा हरेक पटक नेकपा एमालेले जितेको छ । २०५२ सालमा जनयुद्ध सुरु हुनुपूर्वका नेकपा माओवादी भूमिगत हुनु पूर्वका दोलखाका ५ भाई मध्ये हेमबहादुर श्रेष्ठ तीर्थनारायणकै छिमेकी हुन् । त्यही पृष्ठभूमिले श्रेष्ठ संविधान सभाको सभासदसम्म भए ।
जोशी शिक्षणसँगै राजनीतिमा विद्यार्थी जीवनदेखि नै सक्रिय राख्थे । २०३६ सालमा महेन्द्ररत्न क्याम्पस काठमाडौंमा विद्यार्थी आन्दोलनदेखि उनी राजनीतिमा लागेका हुन् । दोलखा बजारमा कम्युनिष्ट विजारोपण गर्ने र हुर्काउने उनैले गरेको नेकपा एमाले भीमेश्वर नगर कमिटी इञ्चार्ज ज्ञानेन्द्र प्रधान दाबी गर्छन् । ‘अहिले एमालेको दोलखामा जुन बलियो संगठनको रुपमा छ, त्यसको जग तीर्थनारायण नै हुन्’ उनले भने ‘म पनि उनकै प्रशिक्षणबाट कम्युनिष्ट भएँ, यो अवस्थामा छु, म जस्ता धेरै छन् ।’ तिलिञ्चो परिवार भन्ने सामाजिक संस्था खोलेर त्यही मार्फत जोशीले पञ्चायती कालमा तत्कालिन नेकपा मालेको संगठन विस्तार गरे ।
दोलखाका कम्युनिष्ट नेतहरु स्व. पशुपति चौलागाई र आन्द प्रसाद पोखरेलका समकालिन हुन् । भूमिगत कालमा तत्कालिन नेकपा मालेका नेताहरु अमृत बोहोरा, माधव पौडेल, सुरेश कार्की लगायतका नेताहरुको सदरमुकाम नजिकको आश्रयस्थल जोशीकै घर थियो । दिनभरी घर भित्र बसेर बच्चा हेरेर रातभर संगठन विस्तार गर्ने काम यही घरमा बसेर गरेको तीर्थनारायणकी श्रीमती विनीता जोशीलाई सम्झना छ । तर अहिले दुःखका बेला कसैले पनि नसम्झेको उनको दुःखेसो छ । जोशीले जोखिम मोलेरै शिक्षण पेशासँगै पार्टी संगठनका लागि गरे । भीमेश्वर नगर कमिटीको एक कार्यकाल शिक्षक हुँदै अध्यक्षको भूमिका पनि निर्वाह गरे । त्यस बाहेक पेशागत संगठनको आजिवन सदस्यता लिए अरु केही पदीय लोभ पनि गरेको देखिन्न ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

KD

Kedar Dahal

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य