चरिकोट/एकीकृत समाजवादी दोलखाका नेता पुष्पक केसी माथी गरेको आक्रमण प्रति नेकपा एकिकृत समाजबादी पाटीले ध्यानाकषर्ण भएको जनाएको छ ।

माघ ८ गते बेलुका दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ लामीडाँडा स्थित होटल ह्याप्पी होलिडे इन सिंगटीमा नेकपा (एकीकृत समाजवादी) दोलखा जिल्ला कमिटीका सचिवालय सदस्य एवं अनेरास्ववियू केन्द्रीय स्थायी समिति सदस्य कमरेड पुष्पक केसी माथी हात पात भएको थियो ।
होटलमा चिया खाइरहेको बेलामा केहि व्यक्तिहरु होटलभित्र पसी छलफल गर्नु छ भनी अराजक व्यक्तिहरू सांघातिक हमला गरी गम्भीर घाइते हुनेगरी कुटपिट गरेका हुन ।
विज्ञापनका लागि उपलब्ध
तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।
उक्त घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पार्टी अध्यक्ष भीम प्रसाद दाहालले हस्ताक्षर गर्नु भएको विज्ञप्तीमा उल्लेख छ ।
उक्त घटनामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कार्वाही गर्न सम्बन्धित निकायसँग पार्टीले माग गरेको छ । अमानवीय र अराजक घटनाहरूको पुनरावृत्ति रोक्नका लागि चालिने उचित कानूनी कदम र पीडित व्यक्तिहरुलाई न्याय दिलाउने कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पार्टीले गरेको छ । समाजमा घट्ने हिंसात्मक गतिविधिको अन्त्य गरी शान्ति सुरक्षा र कानूनको शासन सुनिश्चित गर्न सरकारसँग पार्टीले माग गरेको छ ।
प्रतिक्रियाहरू (०)
अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
Nabin Kumar Khatiwada
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
