calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

गृह पृष्ठविशेष प्राथमिकता

रास्वपामा पुनर्संरचना,पालिका संयोजक र दुई बिभाग गठन

दोलखा ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले संगठन विस्तार र पार्टी गतिविधिलाई व्यवस्थित बनाउन जिल्ला सचिवालय, नौवटै स्थानीय तहका संयोजक, दुई विभाग तथा जिल्ला सल्लाहकार परिषद् गठन गरेको छ।…

KD
Kedar Dahalverified| काठमाडौं
सेप्टेम्बर २१, २०२६, ०७:०३•अपडेट: २८ दिन अघि
schedule२ मिनेट पढ्न सकिने
eventप्रकाशित: सेप्टेम्बर २१, २०२६
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
रास्वपामा पुनर्संरचना,पालिका संयोजक र दुई बिभाग गठनphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

दोलखा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले संगठन विस्तार र पार्टी गतिविधिलाई व्यवस्थित बनाउन जिल्ला सचिवालय, नौवटै स्थानीय तहका संयोजक, दुई विभाग तथा जिल्ला सल्लाहकार परिषद् गठन गरेको छ। रास्वपाकाे जिल्ला समन्वय समितिकाे बैठकले यस्तो निर्णय गरेको हाे ।


पार्टीको विभाग सञ्चालन नियमावली, २०८३ बमोजिम गरिएको निर्णयले जिल्ला संगठनको जिम्मेवारी बाँडफाँट गरेको हो। जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूलाई स्थानीय तहमा समन्वय र सहजीकरणको जिम्मेवारीसमेत दिइएको छ।
नौ पालिकामा संयोजकको जिम्मेवारी
पार्टीले भीमेश्वर नगरपालिकाको संयोजकमा जिल्ला सभापति दिनेश बस्नेतलाई तोकेको छ। मेलुङमा उपसभापति कृष्णबहादुर खड्का, बैतेश्वरमा सचिव रमेशकुमार श्रेष्ठ र तामाकोशीमा सहसचिव अर्जुन कार्कीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, जिरी नगरपालिकामा कोषाध्यक्ष प्रभा खाती गिमिरे, बिगुमा जिल्ला सदस्य ओमकृष्ण आचार्य, कालिञ्चोकमा प्रजिना थापा, शैलुङमा चिरञ्जीवी खरेल र गौरीशंकरमा सुनिता पाण्डे संयोजक तोकिएका छन्। पालिका अध्यक्षहरूलाई पार्टी संगठन विस्तार र गतिविधिमा सहयोग पुग्ने गरि यस्तो व्यवस्था गरेको सचिव रमेशकुमार श्रेष्ठले बताए ।
जिल्ला सचिवालय समिति
जिल्ला पार्टीको निर्णय प्रक्रिया र कार्यसम्पादनलाई प्रभावकारी बनाउन गठन गरिएको सचिवालय समितिमा दिनेश बस्नेत सभापति, कृष्णबहादुर खड्का उपसभापति, रमेशकुमार श्रेष्ठ सचिव, अर्जुन कार्की सहसचिव र प्रभा खाती गिमिरे कोषाध्यक्ष रहेका छन्। समितिका सदस्यमा प्रजिना थापा र ओमकृष्ण आचार्य छन्।
संगठन विभागमा सात सदस्य
संगठन विभागको प्रमुखमा अर्जुन कार्की, उपप्रमुखमा सोभित उप्रेती र सचिवमा निशान बुढाथोकी चयन भएका छन्। विभागका सदस्यमा नवीन खत्री, इराजन पोखरेल, देवकृष्ण आचार्य र सिता गौतम रहेका छन्।
त्यसैगरी अभियान तथा प्रचार विभागको इञ्चार्ज ओमकृष्ण आचार्य ताेकिएका छन् । याे विभागमा हरेक स्थानीय तहबाट कम्तीमा एक जना रहने गरि ९ जनाकाे विभाग गठन गरिएको छ ।
जिल्ला सल्लाहकार परिषद्
रास्वपा दोलखाले जिल्ला सल्लाहकार परिषद्समेत गठन गरेको छ। परिषद्को अध्यक्षमा बाबुलाल लामा बैतेश्वर चयन भएका छन्।
परिषद्का सदस्यमा पूर्णबहादुर तामाङ पूर्व जिल्ला सभापति बुद्री कटुवाल तामाकोसी, बुद्रीबहादुर खड्का जिरी, पुष्कलबहादुर कार्की गाैरीशंकर, दुर्गादेवी कार्की भीमेश्वर र कमल थोकर मेलुङ रहेका छन्।
पार्टीको निर्णयअनुसार पालिका संयोजक र विभागीय जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरूले स्थानीय तहमा संगठन विस्तार, समन्वय र पार्टीका गतिविधि सञ्चालनमा भूमिका निर्वाह गर्ने सचिव श्रेष्ठले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद जगदीश खरेल, सांसद स्मृति सेञ्चुरी, प्रदेश समिति सदस्य प्रकाश खत्रीकाे समेत उपस्थित रहेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

KD

Kedar Dahal

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य