फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

कालिञ्चाेक गाउँपालिकाले एक व्यक्ति एक सहकारी नीती कार्यान्वय गर्ने

सुनखानी/दोलखाको कालिञ्चाेक गाउँपालिकाले सहकारी नियमन र नियन्त्रणका लागि सक्रियता देखाएको छ।

गाउँपालिकाले बिहीबार गाउँपालिका भित्रका सहकारी सञ्चालक र व्यवस्थापकहरूकाे भेला गरि ३० बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेकाे छ ।
सहकारी ऐन नियमावलीकाे पूर्ण पालना गर्दै नियमित रूपमा प्रतिवेदन पेश गर्ने र अनुगमन गर्ने भएका छन् । दर्ता गरेर निष्कृय रहेका सहकारी सञ्चालनमा प्राेत्साहित गर्ने र सञ्चालन गर्न नसक्नेलाई खारेजी गर्ने भएकाे छ ।

पछिल्लो समय सहकारीमा समस्या देखिन थालेपछि नियमनका लागि गाउँपालिका सक्रिय भएको गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले बताए । वचतकर्ताकाे वचत सुरक्षा र ग्रामीण अर्थतन्त्र विकासमा सहकारीलाई सक्रिय बनाउन गाउँपालिका लागेकाे बताए ।

सहकारी क्षेत्र थप व्यवस्थित र समयानुकूल गाउँपालिका सहकारी ऐन संशाेधन गर्न हाेम पाठकको संयाेजकत्वमा ७ सदस्यीय सुझाव कार्यदल समेत गठन गरेकाे छ । कार्यदललाई एक महिना भित्र सुझाव पेश गर्न समय ताेकिएकाे छ ।

गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीको अध्यक्षतामा भएको भेलाले सहकारीको सुरक्षाका लागि सहकारी संस्थाले भल्ट व्यवस्थापन, नगद व्यवस्थापन र बीमा अनिवार्य रूपमा गर्नु पर्ने प्रतिबद्धतामा उल्लेख छ । निर्देशनकाे बेवास्ता गरेर सहकारी चाेरी भए चाेरी बराबरकाे रकम सञ्चालक समिति, लेखा समिति र कर्मचारीले दामासाही व्यहोर्नुपर्ने समेत उल्लेख छ ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओली, जिल्ला सहकारी संघका महासचिव दिलबहादुर केसी,कोषाध्यक्ष नवीनकुमार खतिवडा,वडाध्यक्षहरू बालकृष्ण आचार्य, राम पाण्डे, भरत पाण्डे, सहकारीकर्मीहरू गंगा पाैडेल, कमल कार्की, निरबहादुर बस्नेत, हाेम पाठक, सिर्जना थामी लगायतले सहकारीका समस्या र समाधानका उपाय सुझाव दिएका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

सांसद रिजाल जेन-जी आन्दोलनका घाइतेहरु भेट्न अस्पतालमा

Nabin Kumar Khatiwada

प्रचण्ड विरुद्धको रिट इमोस्नल ब्ल्याकमेलिङ – चौधरी

Friendship Khabar

एकीकृत फ्रेण्डसिपकाे प्रविधिमैत्री वित्तीय साक्षरता कार्यक्रम

Friendship Khabar