फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

जिसस दोलखामा गठबन्धन विजयी

दोलखा /जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी प्रमुख र नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा उपप्रमुख पदमा निर्वाचित भएका छन ।

विजयी भएका  माओवादी केन्द्रका नेता घतानीले नेकपा एमालेका उम्मेदवार ऋषिकेशव उप्रेतिलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका छन् । घतानीले ११ मत प्राप्त गरे भने उप्रेतिले ७ मत मात्रै प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका दोर्जी शेर्पा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका गोमा केसीलाई ४ मतको अन्तरले पराजीत गरेका थिए भने  बाँकी ७ जना सदस्य गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेताहरु निर्वाचित भएका छन् ।

विजयी हुनेहरुमा कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौंलागाई, सन्तेन्जु शेर्पा र टसि शेर्पा रहेका छन।निर्वाचनमा गठबन्धन दलका ९ जना र एमालेका ९ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकाे थियो ।
यस अघि एकलौटी रहेको जिसस दोलखामा नेकपा एमालेका एक जना पनि उम्मेदवार निर्वाचित भएनन यो सँगै नेकपा एमाले जिल्ला समन्वय समितिको नेतृत्वबाट बाहिरिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

अत्यावश्यक सुरक्षा सावधानी अपनाएर मात्रै काम गर्न निर्देशन

Nabin Kumar Khatiwada

नव जनउत्थानको साधारण सभा, शेर्पाको नेतृत्वमा नयाँ समिति चयन

Kedar Dahal

लेनदेनका पुराना कागज माघ ११ भित्र प्रमाणित गराईसक्नुपर्ने

Friendship Khabar