calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

गृह पृष्ठविशेष प्राथमिकता

एक उत्कृष्ट पर्यटकीय गन्तव्य : दोलखा

बिदुर प्रसाद दहाल वाग्मती  प्रदेशको उत्तरी  खण्डमा अवस्थित दोलखा जिल्ला   केन्द्रिय राजधानीबाट नजिक तथा तराईका जिल्ला/ छिमेकी मुलुक भारतको बिहार , पश्चिम बङ्गाल र, सिक्किमको पनि सहज पहुँचमा …

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
फेब्रुअरी २१, २०२२, १६:२०•अपडेट: फेब्रुअरी २१, २०२२
schedule६ मिनेट पढ्न सकिने
eventप्रकाशित: फेब्रुअरी २१, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
एक उत्कृष्ट पर्यटकीय गन्तव्य : दोलखाphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

बिदुर प्रसाद दहाल


वाग्मती  प्रदेशको उत्तरी  खण्डमा अवस्थित दोलखा जिल्ला   केन्द्रिय राजधानीबाट नजिक तथा तराईका जिल्ला/ छिमेकी मुलुक भारतको बिहार , पश्चिम बङ्गाल र, सिक्किमको पनि सहज पहुँचमा  छ।  जिल्ला घुम्दा र भ्रमण गर्दा  आफुले तिरेको पैसा भन्दा सन्तुष्टि नै बढी  मिल्ने छ।बिदेश  घुमेर  बिदेशका फोटो पोस्ट गर्ने र गौरब गनैलाई दोलखाका विभिन्न  धार्मिक  तथा पर्यटकिय क्षेत्र एक पटक घुम्न र आतिथ्यता ग्रहण  गर्न अनुरोध  छ। पर्यटकीय  दृस्ठिकोणले स्वर्ण भूमि हो दोलखा भन्दा फरक पर्दैन।हरेकले दोलखाको यात्रा  गर्दा छि र बोरिङ भयो भन्नू पर्ने छैन।अझ रोमान्चक र आनन्दको महसुस  गर्न सकिनेछ  ।
जिल्लाका पर्यटकीय स्थलहरु—

क) कालिन्चोक भगवती
ख) भीमेश्वर मन्दिर
ग) शैलुङ/ शैलुङेश्वर महादेव
घ) जिरी
ङ) रोलवालिङ हिमशृङ्खला / च्छोरोल्पा ताल                   
च) चर्नावती/ त्रिवेणी धाम
छ) बैतेश्वर महादेव
ज) खरिढुङा

# चरिकोटबाट हिडेर4/5 घण्टा वा मोटर गाडीको एक डेढ  घण्टाको यात्रामा ; यो मनोरम प्राकृतिक एवं  धार्मिक  स्थलमा पुग्न सकिन्छ।समुन्द्री  सतहबाट 3842 मिटरमा रहेको यो ठाउँमा  पैदल यात्रा  गर्दाको रमाइलो अतुलनीय  हुन्छ।चुचुरोमा रहेको कालिन्चोक भगवतीको दर्शन गरेर आत्मा सन्तुष्टि  लिन सकिनेछ।त्यो भन्दा बढी सन्तुष्टि उत्तरतिर फर्केर हेर्दा देखिने हिमाली  शृङ्खलाले दिनेछ। ।आफूलाई पनि कुनै हिमालकै चुचुरोमा छु कि भन्ने अनुभुति  गराउछ। कुरि बजारबाट एक घण्टाको नाक छुने उकालो वा केवल कारको यात्राबाट मन्दिर  पुग्न सकिन्छ ।अझ हिउँ परेको बेला हिउसग साक्षात्कार गर्दाको रमाइलो  अझ अनुपम  हुने छ।

गाैरीशंकर हिमाल, दाेलखा , PHOTO FROM : Click Charikot

# भीमेश्वर मन्दिर-
अहिले पनि ठूलो र गह्रौ सामान उठाउदा बल देउ भीमसेन  भन्ने गरिन्छ। आदिम कालमा के कसरी  ती भिककाय  अग्ला ढुङ्गा ठ्ड्याउन सके होलान ? आश्चर्य  लाग्छ!!!। सदरमुकाम चरिकोटबाट हिडेर आधा  घण्टा  र गाडिबाट 10/15 मिनेटमा  दोलखा भीमेश्वर  पुग्न सकिन्छ।भीमेश्वर र नजिकै रहेकी  त्रिपूरा सुन्दरी को दर्शन  गरि मनोकामना पूरा गर्न सकिन्छ। देशमा जब जब सङ्कट आउँछ; त्यस्बेला भिमसेनको मूर्तिमा पसिना आउँछ भन्ने विश्वास  गरिन्छ।तेसैले भीमसेनलाई सङकट सूचकको रुपमा पनि लिन थालिएको छ।।
दोलखा भीमसेन  पुग्न आफ्नै सवारी  साधन वा सार्वजनिक सबारी साधनबाट सजिलै  पुग्न सकिन्छ ।बसोबासका लागि दोलखा  बजार वा चरिकोट  दुबै सहज छ।चरिकोट  र दोलखा भीमेश्वर  मन्दिरबाट देखिने ग्रामीण  बस्ती, प्राकृतिक सुन्दरता र नागबेली परेको तामाकोसी  नदिको बयान गरेर साध्य  छैन।

Dolakha Bhimeshwor Temple , PHOTO FROM : Click Charikot

# शैलुङ/ शैलुङेश्वर महादेव –
मुडे बजारबाट 4 /5 घण्टाको यात्रा वा कच्ची  सडक हुँदै सय थुम्का भएको शैलुङेश्वर डाडामा पुग्न सकिन्छ। समुन्द्र सतहबाट 3150 मिटरको उचाइमा रहेको यो स्थानमा हिउँसग लुकामारी  खेल्दाको अनुभव बाडेर के सकिन्छ  र?? दोलखा, रामेछाप , सिन्धुपाल्चोक र काभ्रे जिल्लाको सिमानामा पर्ने शैलुङ  प्रकृतिको अर्को अनुपम वरदान  हो।यहि अनुपम सुन्दरता  देखेर कुन्ती मोक्तानले ” माथी माथी शैलुङेमा चौरी चराउनेलाई” भन्ने गीत सिर्जना  गरि गाएकी थिइन।शैलुङको टुप्पोबट उत्तर  फर्केर हेर्दा रोल्वालिङ हिमशृङ्खला आफ्नै आँखा अगाडि  देख्न्न सकिन्छ।शैलुङको टुप्पोमा रहेको भ्युटावरबाट दोलखा, रामेछाप, काभ्रे र सिन्धुपाल्चोकका ग्रामिण बस्ती  र त्यहाको जनजीवन सजिलै  अवलोकन गर्न सकिन्छ।चौरिसग सेल्फी खिच्न, त्यसको दूध र छुर्पी चाख्न्न पाइने छ।मुडेको आलु र तेसको परिकारको त कुरै छोडौ!!।पुग्नका लागि  बर्षा याममा केही असहजता हुन सक्ने भएता पनि हिउदै यात्रा अत्यन्त रमणीय  हुनेछ।सहासिक मोटरसाइकल यात्रा गर्नेलाई पुरानो बाटो नफर्की तीन वटा नदिको सङ्गम पवित्र  त्रिवेणिधाम आई चरिकोट  वा जिरीको यात्रा  गर्न सकिनेछ।

Shailung , PHOTO FROM : Click Charikot
Shailung , PHOTO FROM : Click Charikot


#जिरी –
काठमाडौबाट खाडिचौर, चरिकोट  हुँदै 186 किलोमीटरको यात्रा वा वि.पि राजमार्गको रमाइलो यात्रा  गर्दै खुर्कोट खण्डबाट रामेछापको मन्थली  हुँदै नयाँ  पुल बजार निस्केर जिरी  पुग्न सकिन्छ।वा भिरकोटबाट छौडे बजार हुँदै जिरी  पुन्ने अर्को बैकल्पिक  वाटो पनि छ।स्वीजरलैड्को जुरिच उपत्यका जस्तै भएकोले यो जिरीलाई नेपालको स्वीजरलैड भन्ने गरिन्छ।सगरमाथा  प्रवेशको द्वार भएको हुनाले बिदेशीहरु यहिबाटोबाट सगरमाथा  जाने गर्दछ्न।पहाडी  क्षेत्रको सानो उपत्यका जिरेल  जातिको बसोबास स्थल पनि हो।।जिरेलहरुको बसोबास  भएकोले यसलाई जिरी  भनिएको हो भन्ने भनाई छ।जिरी नपुग्दै खावाडाडा र हनुमन्तेडाडाको( समुन्द्र सतहबाट करिब 3000 मिटरमा रहेको  हनुमानको प्राकृतिक स्वरुप  र सुन्दर दृश्यहरुको अवलोकन गर्न सकिन्छ) यात्रा गरि थप रमाउन सकिनेछ ।जिरी यात्राको क्रमश  उकालो घुम्तीबाटो र त्यहाबाट  देखिने बैतेश्वर गाउँपालिकाका गाउँबस्तीहरु  बेशीहरु,टारहरु, बन जङ्गल , मिलेको भूगोल, रमणीय मैनपोखरी बजार र ग्रामीण  जीवनसग साक्षात्कार  गर्न सकिन्छ।
जिरेलहरुको आतिथ्यता र अनुपम प्राकृतिक छटा यहाँका बिशेषता  हुन।स्वीस सरकारको सहयोगमा बनेको र चलेको जिरी  टेक्निकल  स्कुल कुनै बेलाको नाम चलेको र अहिलेसम्म चर्चित प्राबिधिक  स्कुल यहि छ।


#च्छोरोल्पा ताल/ रोल्वालिङ हिमशृङ्खला-
चरिकोटको उत्तरपटि रहेको यो स्थान ट्रेकिङ यात्रा र सहासिक पर्यटनको लागि ज्यादै उत्कृष्ट  स्थान हो।काठमाडौबाट चरिकोट , सिगटी बजार हुदै सबैभन्दा  ठूलो जलविद्युत उत्पादन केन्द्र लामाबगरसम्म सवारी  साधनबाट पुग्न सकिन्छ।लामाबगर सम्म  पुग्दा  भिर- पहरा तल बगिरहेको तामाकोसी  नदिले आङ सिरिङ्ग बनाउछ।माथी देखिने भिर र त्यहाबाट  खसेका झर्नासग अङ्कमाल गर्दा कम्ती  रमाइलो हुन्न।!!!
समुन्द्र  सतहबाट 4580 मिटरको  उचाइमा रहेको च्छोरोल्पा ताल सबैभन्दा  ठूलो हिमताल हो।3.45 किलोमीटर लामो ताल फुट्ला कि भनेर सरकारले  विभिन्न  दाताको सहयोगमा यसको पानी फुट्नु अगाबै बाहिर निकालेर धन जनको क्षति  रोकेको हो।कुनै बेला सो हिमताल फुट्ने आशङ्काले भारतको बिहार सम्म आतंक  फैलाएको थियो।
साहासिक पर्यटन  गर्न रुचाउनेका लागि च्छोरोल्पा ताल र आसपासको रोल्वालिङ उपत्यका एउटा रमाइलो यात्रा स्थत हुन सक्छ।गौरी शङकर संरक्षण क्षेत्र पर्ने हुनाले जथाभावी  होटल लजहरु नहुने हुदा लामबगर पछिको खानपिन र बसोबास यात्रमा निस्कने आफैले गर्नु पर्ने हुन्छ।वास्तविक सन्सारको अनुभुती उक्त  यात्राले दिनेछ।

च्वाेराेल्पा हिमताल, PHOTO FROM : Click Charikot

# त्रिवेणीघाम/चर्नावती
चरिकोटबाट 20 किलोमीटरको यात्रा पछि त्रिवेणी धाम पुग्न सकिन्छ।शैलुङ्बाट पनि कच्चीबाटो हुँदै आउन सकिन्छ। बालाचतुर्दशिका दिन भब्य  मेला लाग्ने यो पवित्र  स्थल तीन नदि/ खोलाको सङगम स्थत हो।चर्नावती, गोपिनी गङा दुबै खोला आम्ने साम्ने भइ  तामाकोसी  नदिमा मिलन भएको हुनाले यसलाई पबित्र  धार्मिक  क्षेत्रको रुपमा लिइन्छ।उक्त  क्षेत्रको भ्रमण  गरि आत्मा सन्तुष्टि  लिन सकिने छ।नयाँ पुल बजारमा तामाकोसी  नदिको स्वादिष्ट माछाको स्वाद लिन पाइने छ।शैलुङ, भीमेश्वर  वा जिरीको यात्रा गर्ने जो कोहीले एकाध घण्टाको समय निकालेमा   पुग्न सकिने छ। शैलुङ गाउँ पालिकाले निर्माण गरेको जेष्ठ नागरिक भवनमा पसि जेष्ठ  नागरिकको  आशीर्वाद  लिन सकिनेछ।
# बैतेश्वर गाउँ पालिकाको मुकाम प्राचीन  पाँडेराजाहरुको राज्य पाडुडाडाको नजिक रहेको धार्मिक  स्थल समस्थ हिन्दुहरुको आस्था स्थल हो।जिरी यात्राको क्रममा एक घण्टा  समय लिकालेको खण्डमा बैतेश्वर माहादेवको दर्शन  गरि मनोकाङ्क्षा पूरा गर्न सकिनेछ।प्यागोडा शैलीमा निर्मित  यो मन्दिर साच्चिकै एक पटक पुग्नु पर्ने स्थल हो ।मन्दिरको बगलबाट बिरन्तर बग्ने 4 वटा धाराले बैती लगायत दाहालटार बेशी सम्म सिंचाइ  हुन्छ।मन्दिरको परिसरबाट निस्केका यि धारा हिउद- बर्षा एउटै गतिमा पानी प्रबाहा हुन्छ।यो नै अनौठो  हो।


# खरिढ्ङ्गा-
दोलखा  र सिन्धुपाल्चोकको सिमानामा रहेको रमणीय  स्थल समुन्द्र सतहबाट 2540मिटर उचाई रहेको छ।काठमाडौबाट अरनिको राजमार्गको खाडिचौर खण्डबाट उकाली र मोडै मोडको यात्रा पछि  खरिढुङ्गा पुगिने छ।बाटोमा पर्ने हुनाले यो रमणीय  स्थल पुग्न छुट्टै  समय खर्च गर्नु पर्दैन।सदा चिसो मौसमको अनुभुती  गर्न सकिन्छ त्यहा। नेपालकै ठूलो  म्याग्नेसाइको खानी हाल अस्थिर  राजनीतिको कारण बन्द छ।हजारौं मजदुरको रोजी रोटि गुम्दा पनि नेताहरुलाई कुनै चासो छैन।त्यो यही ठाउँ हो जुन कुनै बेला नेताहरुले फिल्म सिटि बनाउने भनी आश्वासन  बाडेको ठाउँ पनि  हो।अहिले पनि धेरै  फिल्म र म्युजिक  भिडियोमा यस क्षेत्रका दृश्य समेटेको पाईन्छ।हिउँ पर्ने बित्तिकै काठमाडौ लगायतका ठाउँबाट मानिसहरु त्यहा गएर हिउँ खेली रमाउने गर्दछ्न।सिन्धुपाल्चोक र दोलखाका अधिकाम्स क्षेत्र र उत्तरमा रमणीय  हिमशृखला यहाँबाट सअजिलै देख्न सकिन्छ।

यस्ता अनगिन्ती धार्मिक र प्राकृति छटाले भरिएको दोलखाको यात्रा गरेर रमाउन सक्नु हुनेछ।शैलुङ, चरिकोट बजार, कालिन्चोकको कुरि ,जिरी , मैनापोखरी, सिगटी , लामाबगर तपाईहरुको स्वागतका लागि  आतुर छ्न।जाने हैन त??एक बारको जिन्दगी कति तनाव  लिनु….???…
दाेलखा आउनुअघि दाेलखाका केहि रमाइलाे भिडीयाेहरू पनि हेराैँ ः LInks

BY :Nikesh photography & Videoghaphy
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

NK

Nabin Kumar Khatiwada

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य