आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

४० हजार राहत शिक्षकहरुकाे केन्द्रीय समिति भयाे दुई टुक्रा

केदार दहाल ४० हजार राहत शिक्षक रहेकाे केन्द्रीय समिति दुई टुक्रा भएको छ । आज महाेत्तरीमा भएको भेलाले विष्णु खत्रीको अध्यक्षतामा २९ सदस्यीय नयाँ नेपाल राहत शिक्षक राष्ट्रिय…

KD
Kedar Dahalverified| काठमाडौं
मे १४, २०२५, १९:१३•अपडेट: मे १४, २०२५
schedule२ मिनेट पढ्न सकिने
eventप्रकाशित: मे १४, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
४० हजार राहत शिक्षकहरुकाे केन्द्रीय समिति भयाे दुई टुक्राphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

केदार दहाल

४० हजार राहत शिक्षक रहेकाे केन्द्रीय समिति दुई टुक्रा भएको छ । आज महाेत्तरीमा भएको भेलाले विष्णु खत्रीको अध्यक्षतामा २९ सदस्यीय नयाँ नेपाल राहत शिक्षक राष्ट्रिय समिति गठन गरेकाे छ ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

समितिकाे सह-अध्यक्ष: सन्जिव मिश्र, बुद्धिमान दर्नाल
उपाध्यक्षमा: निरब ढकाल र बिष्णु माया तिमल्सिना
महासचिव: जीवन तिमल्सिना
उपमहासचिव: कृष्णप्रसाद अधिकारी
सचिव: नबिन थापा
कोषाध्यक्ष: चन्द्र प्रकाश पाण्डे
सदस्यहरुमा इन्द्रजीत देवकोटा, मनोज मल्ल, चन्द्र बहादुर केसी, लोकराज भण्डारी, तिर्थराज सापकोटा, बिरेन्द्रराज गिरी, गुणकेसरी श्रेष्ठ, चन्डिका सापकोट, हेम दियाली, रूकु घले, आस बहादुर मगर, खड्ग गिरी, जीवनाथ दहाल, कुमार तिमल्सिना, भविन कालाखेति, सन्तोष तिवारी निर्दाेष, प्रमिला भट्टराई, राज चौधरी, रामबहादुर साही, धनिराम गौतम, धर्म दहाल, तिलक खत्री रहेका छन् ।
किन गर्याे केन्द्रीय समितिले कार्वाही ? हेर्नुस् तलकाे निर्णय

नयाँ समितिले सरकारले पूरा गर्न सक्ने माग मात्रै राखेर अगाडि बढ्ने जनाउँदै माग समेत सार्वजनिक गरेकाे छ ।

यस्ता छन् ९ बुँदे मागहरुः

१.राहत दरवन्दीमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई पेशागत सुनिश्चितता सहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गरी उमेर हदसम्म पेशागत निरन्तरता दिनु पर्ने ।

२.कार्यरत सम्पूर्ण राहत शिक्षकहरुको विरामी विदाको अभिलेख कायम गरी अनिवार्य वा स्वेच्छिक अवकाश हुँदाका वखत आर्थिक सुविधा उपलव्ध गराउनु पर्ने ।

३.सरुवाको व्यवस्था हुनु पर्ने ।

४.दुर्गम भत्ताको व्यवस्था हुनु पर्ने ।

५.प्रशासनिक कार्यमा नियुक्तिका आधारमा वरिष्ठता कायम हुनु पर्ने ।

६.औषधि उपचार खर्च सुविधाको व्यवस्था हुनु पर्ने ।

७.शिक्षक सेवा आयोगको खुल्ला परीक्षामा सहभागि हुन चाहने राहत दरवन्दीमा कार्यरत शिक्षकहरुलाई उमेर हद हटाउनु पर्ने ।

८.अनिवार्य वा स्वेच्छिक अवकाश हुँदाका वखत गोल्डेन ह्याण्डसेकको सुविधा उपलव्ध हुनु पर्ने ।

९.अनिवार्य÷स्वेच्छिक वा विविध कारणले रिक्त हुन आउने राहत कोटालाई स्वतः स्वीकृत दरवन्दीमा रुपान्तरण गरी खुल्ला विज्ञापनको माध्यमवाट पदपूर्ति गरिनु पर्ने ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिकाे यहि बैशाख २८ गते बसेकाे बैठकले समितिका सह अध्यक्ष विष्णु खत्री, के. सदस्य चन्द्र प्रकाश पाण्डे, बागमती प्रदेश अध्यक्ष जीवन तिमल्सिना र बागमती प्रदेश सह अध्यक्ष निरब ढकाललाई समितिको पदिय र सांगठनिक जिम्मेवारी विपरीतकाे गम्भीर गतिविधि गरेकाे आराेप लगाउँदै कार्वाही गरेकाे थियाे ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

KD

Kedar Dahal

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य