आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

पौडेल वंशको अधिवेशन,सामाजिक सुरक्षा भत्ता राज्यलाई फिर्ता गर्ने पौडेल सम्मानित

चरिकोट/आफूले पाउने सामाजिक सुरक्षा भत्ता समेत राज्यलाई नै फिर्ता गर्ने मेलुङ गाउँपालिका वडा नं. ६ सिम्रासका खिलहरि पौडेललाई सम्मान गरिएको छ । सामान्य गाउँमै खेती किसानीबाटै जीविकोपार्जन गरेका…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
मे १२, २०२५, ०८:५०•अपडेट: मे १२, २०२५
schedule३ मिनेट पढ्न सकिने
eventप्रकाशित: मे १२, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
पौडेल वंशको अधिवेशन,सामाजिक सुरक्षा भत्ता राज्यलाई फिर्ता गर्ने पौडेल सम्मानितphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

चरिकोट/आफूले पाउने सामाजिक सुरक्षा भत्ता समेत राज्यलाई नै फिर्ता गर्ने मेलुङ गाउँपालिका वडा नं. ६ सिम्रासका खिलहरि पौडेललाई सम्मान गरिएको छ ।

सामान्य गाउँमै खेती किसानीबाटै जीविकोपार्जन गरेका पौडेलले आफूलाई आफ्नै परिश्रमले खान पुग्छभन्दै राज्यको सुविधा लिएका थिएनन् ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

पौडेल बंश महासंघ नेपाल जिल्ला कार्यसमिति दोलखाको दोस्रो अधिवेशनको अवसरमा खिलहरिलाई मरणोपरान्त सम्मान गरिएको हो । खिलहरिको ३ महिना अघि ९४ उमेरमा मृत्यु भइसकेको छ । खिलहरि अहिले यो संसारमा नभए तापनि बाचुञ्जेल राज्यले दिएको सुविधा समेत आफूभन्दा निम्न वर्गका लागि भन्दै सामाजिक सुरक्षा भत्ता समेत राज्यमा फिर्ता गरेर अनुकरणीय कार्य गरेकाले सम्मान गरिएको पौडेल बंश महासंघ नेपाल दोलखाका अध्यक्ष दिलसागर पौडेलले जानकारी दिए ।
सामान्य परिवारको व्यक्ति भए तापनि स्वाभिमानी रहेको छिमेकीहरुले बताए । सिम्रासकै लालप्रसाद पौडेलका अनुसार खिलहरि आफैंले परिश्रम गरेरै जीवनयापन गर्नु पर्छ र आफूलाई समस्या नभए राज्यले दिने सुविधा लिनु हुन्न भन्ने समाजकै उदाहरणीय व्यक्ति रहेको बताए । ‘राज्यले दिएको सुविधा लिनु पर्छ भनेर हामीले पनि पटक पटक सम्झायौं’ उनले भने ‘तत्कालिन गाविसका कर्मचारीहरु र जनप्रतिनिधिहरु समेत नाम लेखाउन पटक पटक घरमै आउँदा पनि मैले पाउने आफूभन्दा गरिबहरुलाई दिनुभन्दै फर्काएका थिए ।’ खिलहरि पौडेलकी बुहारी मञ्जू पौडेलले सकुञ्जेल उहाँले नै काम गर्नु भयोे, नसक्ने हुँदा आफूलाई चाहिने खर्च हामीले आवश्यक खर्च व्यवस्थापन गरिदिएको बताइन् । संस्कृत भाषाको राम्रो अध्ययन गरेका खिलहरि समाजकै नाम चलेका पण्डित थिए ।
अधिवेशनको अवसरमा दोलखा जिल्लाभरका कुलपूजा र गोठ पूजा गर्ने धामीहरु दिपक पौडेल, लालप्रसाद पौडेल, चन्द्रबहादुर पौडेल, दिलबहादुर पौडेल, लालबहादुर पौडेल, चित्रबहादुर पौडेल, पुष्कर पौडेल लगायत पनि सम्मानित भएका थिए । त्यसैगरी पौडेलबाट गौरीशंकर गाउँपालिकाका प्रथम उपाध्यक्ष उर्मिला पौडेल, भीरकोट गाविसका पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र पौडेल, कर्मचारी संचय कोषका पूर्व प्रबन्धक श्यामकुमार पौडेल, केन्द्रीय सदस्य कृष्णगोपाल पौडेल, रामु पौडेल र सञ्चय पौडेललाई पनि सम्मान गरिएको थियो । नियमित कुलपूजा र गोठपूजा, आफ्नै जग्गामा भवन सहितको संरचना र दसैंको सामुहिक टिका लगाउने जिल्लाकै उत्कृष्ट समाजको रुपमा पौडेल बन्धु कुल समाज र पौडेल खत्री कुल समाज गौरीशंक १ लाई समेत सम्मान गरिएको छ ।


पौडेल बंश महासंघ नेपालका अध्यक्ष हरिराम पौडेलले ऐतिहासिक पृष्ठभूमि र पूर्खाको योगदानलाई सम्मान गर्दै सबै अनुशासित र एकअर्काप्रति सहयोगी हुनु पर्ने बताए । उनले देशभरको कुलपूजा विधि फरक फरक भएकाले त्यसलाई एकरुपता ल्याउन पहल गरिरहेको जानकारी दिए ।
केन्द्रीय उपाध्यक्ष विजय पौडेलले मुठी दानबाट सामाजिक काम गर्न सकिने र आर्थिक संकलन गर्न सकिने जानकारी दिए । मोरङको सुन्दरहरैचामा मुठीदानबाटै सुविधा सम्पन्न भवन, मन्दिर, किरियापुत्री भवन लगायतका संरचना बनाउन सफल भएको उदाहरण पेश गरे । आफूले कमाएको सम्पति सामाजिक कामका लागि केही दान गरे धर्म हुने शास्त्रीय भनाइ रहेको समेत उल्लेख गरे ।
अर्का केन्द्रीय उपाध्यक्ष दिपकप्रसाद पौडेलले ऐतिहास र आफ्नो पहिचानका लागि बंशावली महत्वपूर्ण रहेको बताए । बंशावलीमा आफ्नो अनुभव सहित उनले अब हरेक ठाउँका समाजले आफ्नो बंशावली तयार पार्नुपर्नेमा जोड दिए ।
पौडेल बंश महासंघ दोलखाका अध्यक्ष दिलसागर पौडेलले दोलखाको मेलुङ, भेड्पू, सुकाठोकर, सहरे, जफे, भीरकोट, मिर्गे, जुँगू, सुनखानी र झ्याँकुमा ३५० घरमा १ हजार ६ सय पौडेलहरु रहेको जानकारी दिए ।

गंगाको नेतृत्वमा नयाँ कार्यसमिति

पौडेल बंश महासंघ नेपाल दोलखा जिल्ला कार्यसमितिको दोस्रो अधिवेशनले कालिञ्चोक गाउँपालिका वडा नं. ७ सुनखानीका गंगाबहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा टिकाबहादुर पौडेल, सचिव बलराम पौडेल, सहसचिव राजु पौडेल, कोषाध्यक्षमा युवराज पौडेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रमेश पौडेल सुनखानी, रमेश पौडेल भीरकोट, विसु पौडेल, चित्रबहादुर पौडेल, अम्बिका सुवेदी पौडेल, सरिता कार्की पौडेल र पूर्णबहादुर पौडेल रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष पौडेलले चाँडै अक्षय कोष व्यवस्थापन, बंशावली संकलन र प्रकाशन, कुलपूजा विधिमा एकरुपता लगायतको काम गरिने प्रतिबद्धता गरेका छन् ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य