आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

दोलखाको विकट गाउँमा ११४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कालिञ्चोक (दोलखा), जेठ २३— दोलखाको कालिञ्चोक गाउँपालिका–१ स्थित बालोदय मावि र दिव्यश्वरी माविमा अध्ययनरत कक्षा ८ र ९ का ११४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। शुक्रबार…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
जुन ६, २०२५, २१:५०•अपडेट: जुन ६, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जुन ६, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
दोलखाको विकट गाउँमा ११४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरणphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

कालिञ्चोक (दोलखा), जेठ २३— दोलखाको कालिञ्चोक गाउँपालिका–१ स्थित बालोदय मावि र दिव्यश्वरी माविमा अध्ययनरत कक्षा ८ र ९ का ११४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

शुक्रबार सम्पन्न कार्यक्रममा बालोदय माविका ८१ जना र दिव्यश्वरी माविका ३३ जना गरी ११४ जना विपन्न विद्यार्थीलाई एक दर्जन कापी र एक दर्जन कलम वितरण गरिएको हो।

कार्यक्रम नेवा फाउन्डेसन नेदरल्यान्डको आर्थिक सहयोग र कालिञ्चोक एकीकृत सामुदायिक विकास केन्द्रको साझेदारीमा सञ्चालित केयर परियोजनाअन्तर्गत आयोजना गरिएको हो।

कार्यक्रममा वडाध्यक्ष पदम थामीले शैक्षिक सामग्री अभावले पठनपाठनमा कठिनाइ भोग्दै आएका विद्यार्थीलाई राहत पुग्ने विश्वास व्यक्त गरे।

परियोजनाका जिल्ला संयोजक राजन केसीले दोलखाको विकट गाउँमा शिक्षा पहुँच सुनिश्चित गर्न सामग्री वितरण पहल गरिएको जानकारी दिए।

बालोदय माविका प्रधानाध्यापक कमल पाख्रिनले सामाग्री पाएपछि विद्यार्थीको अनुहारमा देखिएको खुसीले गाउँमै सकारात्मक परिवर्तन आउने विश्वास दिलाएको बताए। दिव्यश्वरी माविका प्रधानाध्यापक रुपक श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीको पढाइमा उत्साह थप्ने बताए।

कार्यक्रम सहजीकरण परियोजनाकी सामाजिक सहजकर्ता अस्मिता बस्नेतले गरेकी थिइन्।दोलखाको सदरमुकाम चरिकोटबाट ६० किलोमिटर उत्तरमा पर्ने कालिञ्चोक गाउँपालिका–१ मा नाम्सालिङ सामुदायिक विकास केन्द्रको साझेदारीमा एकीकृत सामुदायिक विकास परियोजना सञ्चालन हुँदै आएको छ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य