
दाेलखा,लामाबगर/ क्षतिग्रस्त संरचनाको मर्मत गरेपछि माथिल्लो तामाकोसी जलविद्युत केन्द्रकाे दायाँ तर्फकाे बालुवा थिग्र्याउने पाेखरी (डिस्याण्डर) पनि सञ्चालनमा आएको छ ।

देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोसी जलविद्युत केन्द्र(४५६ मेगावाट) काे क्षतिग्रस्त दुवै सञ्चालनमा आएपछि विद्युत उत्पादन पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
१० महिनामा क्षतिग्रस्त दायाँ तर्फकाे बढी क्षति भएको बालुवा थिग्रयाउने पाेखरी पुर्ननिर्माणपछि सञ्चालनमा आएको छ । दुई वटा पाेखरी मध्ये दायाँ तर्फकाे पाेखरी ४० प्रतिशत क्षति भएको थियाे ।
अविरल वर्षापछि तामाकोसी नदीमा आएको बाढीका कारण गत असोज ११ गते साँझदेखि माथिल्लो तामाकोसीको बाधको सबै ढोका खोलेर उत्पादन बन्द गरेको थियो । विद्युत गृह बन्द गर्दा विद्युतगृह र सुरुङ सुरक्षित रहे तापनि असोज १२ गते माथिबाट ठूलो पहिरो र लेदो आउँदा लामाबगरमा रहेको बालुवा थिग्राउने पोखरी(डिस्याण्डर) र भुमिगत नहरमा ठूलो क्षति भएको थियो ।
२ वटा डिस्याण्डर मध्ये कम क्षति भएको बाँयातर्फको डिस्याण्डर र भुमिगत कल्भर्ट पुर्न निर्माण गरेर गत पुसदेखि विद्युत गृह सञ्चालनमा ल्याइएको थियाे । अहिले दुवै पाेखरी दुरूस्त भएपछि पाेखरीमा जम्मा भएको बालुवा सफा गर्न सहज भएको छ । अपर तामाकोसी जलविद्युत केन्द्र प्रमुख पूर्णगाेपाल रञ्जितले एउटामात्रै हुँदा बालुवाका कनहरू पनि आउदा विद्युत गृहका उपकरण खिइने समस्या हुने बताउनुभयो । दायाँ पाेखरी तयार भएपछि बायाँ पाेखरीकाे बालुवा सफा गर्ने पनि जानकारी दिनुभयो ।
कम क्षति भएको र हिउँदकाे विद्युतकाे माग धान्न आपत्कालिन अवस्थामा रोल्वालिङ खोला जलविद्युत आयोजनाकै निर्माण कम्पनी हाइ हिमाल कन्ट्रक्सनमार्फत सफा गर्ने र मर्मतको काम गरेको थियाे । तर बढी क्षति भएको दायाँ पाेखरीकाे सार्वजनिक खरिद ऐन अनुसार ठेक्का आव्हान गरेर पुनर्निर्माण गरेकाे हाे । पाेखरी निर्माणकाे ठेक्का लिएका च्छाेराेल्पा कन्ट्रक्सन प्रालिका प्रबन्धक निर्देशक फुर्लाक्पा शेर्पाले देशकाे विद्युत आवश्यकतालाई मध्ये नजर गरेर रातदिन काम गरेर निर्धारित समयमा पाेखरी पुनर्निर्माण गरेको जानकारी दिनुभयो । ठेक्का सम्झौता भएको ४ महिनामा निर्माण व्यवसायीले काम पूरा गरेको हाे । यस अघि अन्तर्राष्ट्रिय ठेक्का अन्तर्गत चिनियाँ कम्पनी सिनाे हाइड्रो कर्पाेरेसनले डिस्याण्डर सहितको सिभिल काम गरेको थियाे ।
डिस्याण्डरभन्दा माथिबाट खाेल्साबाट ठूला ठूला बाेल्डर र लेदाे आएपछि डिस्याण्डर र कल्भर्डमा क्षति भएको थियाे । थप बाेल्डरहरू आउन सक्ने ठाउँको समेत सुरक्षाको काम समेत जारी छ ।
पहिरोले हेडवक्स क्षेत्रको सुरक्षा नियन्त्रण गृह समेत पूर्ण रुपमा क्षति हुँदा सुरक्षार्थ खटिएका नेपाली सेनाका २ जना र माथिल्लो तामाकोसीकै २ जना कर्मचारी सहित ४ जनाको ज्यान समेत गएको थियो । माथिल्लो तामाकोसीको २ वटा पोखरी मध्ये दायाँ तर्फको ४० प्रतिशत क्षति भएको छ भने बायाँ तर्फको २० प्रतिशत क्षति भएको थियो ।
विद्युत उत्पादन बन्द भएको समयमा विद्युत गृह भित्रका मर्मत गरेको छ भने पहिरोले क्षतिग्रस्त सिंगटीको ४६ नं. टावरको समेत मर्मत पूरा गरेको छ । बाढी पहिरोले क्षतिग्रस्त संरचनाको प्राविधिक अध्ययन र सुपरवेक्षणका लागि एनइए इञ्जिनियरिङ कम्पनीलाई जिम्मा दिएको छ । उसैको सिफारिसका आधारमा कम्पनीले पुर्ननिर्माणको काम गरेकाे हाे ।
Nabin Kumar Khatiwada
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_altप्रतिक्रियाहरू (२४)
कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।
सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।
कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।