calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

१५ जनाको ज्यान लिएको १४ वर्ष अघिको बोत्ले घटना

दोलखा/सिन्धुपाल्चोक कुभिण्डे ७ का नारायण सापकोटा १० वर्ष अघि दोलखाको बोत्ले पुग्दा भक्कानिए । दोलखाको तत्कालिन काटाकुटी गाविस २ हाल शैलुङ गाउँपालिका वडा नं. ३ बोत्लेमा आफ्नै परिवारको…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
अगस्ट २, २०२५, १९:१४•अपडेट: अगस्ट २, २०२५
schedule३ मिनेट पढ्न सकिने
eventप्रकाशित: अगस्ट २, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
१५ जनाको ज्यान लिएको १४ वर्ष अघिको बोत्ले घटनाphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

दोलखा/सिन्धुपाल्चोक कुभिण्डे ७ का नारायण सापकोटा १० वर्ष अघि दोलखाको बोत्ले पुग्दा भक्कानिए । दोलखाको तत्कालिन काटाकुटी गाविस २ हाल शैलुङ गाउँपालिका वडा नं. ३ बोत्लेमा आफ्नै परिवारको हत्या भइ पुरिएको चिहानमाथि उभिँदा उनीहरु कसैले पनि मन थाप्न सकेनन् ।

१५ जनाको सामुहिक हत्या भएको बोत्लेका बासिन्दाले एउटा चिहान देखाउँदा सापकोटा मात्र होइन, बोत्ले पुगेका धेरैका आँखा रसाए । नारायणका बुबा टोकनाथको सोही ठाउँमा हत्या भएको थियो । अब साउन १८ आउँदा स्थानीयहरु अहिले पनि त्रसित हुन्छन् ।

वि.सं. २०५९ साउन १८ गते भएको उक्त घटनामा दोलखाको ताम्चेत दूधपोखरी २ का दलबहादुर घिसिङ, घ्याङ सुकाठोकर ७ का गोविन्द आचार्य, कालिन्चोकका दीपक थामी, मागापौवा २ का सुकमान तामाङ, डाँडाखर्क ७ की सुन्दरी चापागाइँ मारिएका थिए ।यस्तै, सिन्धुपाल्चोक भोटेचौरकी तीर्थमायाँ वाइबा ‘चेतना,‘ कुभिण्डेका बेदप्रसाद शर्मा, कुभिण्डे ७ कै टोपनाथ सापकोटा ‘ज्वाला’, सोही ठाउँकी मीना सापकोटा, मांखाकी लक्ष्मी पराजुली, पिस्करका मानबहादुर भन्ने रणबहादुर थामी, सोही ठाउँकी कल्पना थामी, धुस्कुन ८ की गायत्री श्रेष्ठ र कविता थामी तथा सिन्धुपाल्चोककै रञ्जिताको पनि तत्कालिन शाही सेनाले एउटै चिहान बनाएको थियो ।

यसरी भयो बोत्ले घटना
२०५९ साल साउन १८ गते विहान बोत्ले कुहिरोले ढपक्कै ढाकेको थियो । एकाबिहानै बन्दुक पड्किन थाले । गाउँलेहरु भागदौड गर्न थाले । दोलखा सदरमुकाम चरिकोटबाट आएको तत्कालिन शामी नेपाली सेनाको एक समूहले बोत्लेमा नरबहादुर शाक्य र मकरबहादुर शाक्यको घरमा बास बसेका माओवादी कार्यकर्ताहरुलाई घेरा हालेर पक्राउ गर्यो । सेनाले घर भित्र निशस्त्र अवस्थामा रहेका १५ माओवादी कार्यकर्ताहरुलाई समातेर नजिकैको विद्यालय छेउमा लाइन लगाएर गोली हानी एउटै चिहान बनायो । १४ वर्षअघि भएको उक्त घटना सम्झिँदा अहिले पनि गाउँलेहरु झस्किन्छन् ।

‘बिहान उठेर ट्वालेट जान लागेको थिएँ, एक्कासी पट्ङटङ आवाज आयो’, मकरबहादुरको घर नजिकैका शेरबहादुरले भने, ‘१५ जनालाई हाम्रै आँखा अगाडि गोली हानेर मारे, हामीले भागेर ज्यान बचायौं ।’ सेनाले पक्राउ गरिसकेपछि एक एक गरी गोली हानेर हत्या गरी सकेपछि गाउँलेलाई नै खाल्डो खन्न लगाएर सबैलाई त्यहीँ पुरेर छाडेका थिए । ‘ऊ त्यहि ढुंगाको छेवैमा नौ जनालाई र यतापट्टि ६ जनालाई खाल्डो खरेर पुरे, शेरबहादुरले ढुंगाको खोंच देखाउँदै भने, ‘त्यतिबेला बोल्ने कुनै हिम्मत नै थिएन, हामीले कुनै चाल नै गरेनौं ।’

‘साउन १८ गतेकादिन विहानै बाख्रालाई घाँस दिन भनी भगवानडाँडाबाट झर्दै थिएँ, सेनाले आउनै दिएन,’ अर्का स्थानीय वृषबहादुर श्रेष्ठले सम्झिए, ‘आर्मीले काल खोजेर जाने भए जा भनेर भनेपछि बीचबाटै फर्किएँ ।’ बोत्ले हत्याअघि २०५९ असार २ गते रौतहटमा दोलखा माओवादीका संस्थापक नेता रितबहादुर खड्काको हत्या भएको थियो । माओवादी पूर्वाञ्चल ब्यूरोको क्षेत्रीय बैठकका लागि केन्द्रीय समितिको बैठक सकाएर आउने क्रममा रितबहादुर मारिएका थिए ।

पूर्वाञ्चलब्यूरोको बैठक यहि ठाउँमा चलिरहँदा रितबहादुर मारिएको खबर थाहा पाएपछि साउन १५ गते बैठक बसेर गोठपानीमा सोकसभा गरेको नेकपा माओवादी केन्द्रका संस्थापक नेता शंकर लामाले बताए । ‘त्यतिबेला पूर्वाञ्चल ब्यूरोको बैठक सकेर नेताहरु फर्किएपछि देउरालीमा सामाजिक अभियान कार्यक्रम सकाएर एउटा एउटा टोली बोत्ले आएर बसेको थियो, उनले भने ‘त्यतिबेला बोत्ले आएर बसेको टोली नै सेनाको निशानामा पर्यो ।’ उक्त घटनामा स्थानीय महिला, बालबालिका, वृद्धवृद्धा र युवाहरुले पनि सेनाको कुटाइ खाए तर स्थानीय कोही पनि नमारिएकाले घट्ना सार्वजनिक गरिएन । त्यसैले १५ जनालाई सेनाले समातेर निर्ममतापूर्वक गोली हानेर एकै ठाउँमा मारेको बोत्ले घटना अहिलेसम्म पनि गुमनाम छ । ‘शान्ति प्रक्रियामा आएयता माओवादीले हरेक साउन १८ गते बोत्लेमा स्मृतिसभा पनि गर्दै आएको छ । हरेक वर्ष यो कार्यक्रम घटनास्थलमा हुने गरे तापनि यो वर्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा गर्न लागेको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज विशाल खड्काले जानकारी दिए ।

माओवादीका अनुसार उक्त घटनामा माओवादीका दुई जना इलाका सेक्रेटरीसमेत मारिएका थिए । माओवादी इलाका सेक्रेटरी सिन्धुपाल्चोक भोटेचौरकी तीर्थमायाँ वाइबा ‘चेतना’ र अर्का इलाका सेक्रेटरी सिन्धुपाल्चोक कुभिण्डेका टोपनाथ सापकोटा बोत्ले हत्याकाण्डमा मारिएका थिए । तत्कालिन समयमा सैलुङ माओवादी ‘आधार इलाका’ बोत्ले त्यतिबेला माओवादीको आधार इलाकाभित्र पर्दथ्यो । २०५७ सालदेखि आधार इलाका रहेको सैंलुङ क्षेत्रमा सेनाले बेलाबेलामा पठाएको सुराकीसमेत छिर्न नसक्ने अवस्था रहेको माओवादी नेतृ देवी खड्का बताउँछिन् । उनका अनुसार २०५६ सालमा पूर्वी ब्यूरो कमाण्ड इन्चार्ज आलोक कारबाहीमा परेपछि मोहन वैद्य ‘किरण’ पूर्वी कमाण्डको इन्चार्ज भएर आउँदा बोत्ले नजिकैको पाँडेखानीस्थित शेर्पाको घरमा बसेका थिए ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य