calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

बहुविवाहलाई कानूनी मान्यता नदिन प्रशासन मार्फत सरकारको ध्यानाकर्षण

नवीनकुमार खतिवडा चरिकोट/सरकारले बहुविवाहलाई कानूनी मान्यता दिने गरि कानून संशोधन गर्न लागेको समाचार आइरहेकोले त्यसलाई मान्यता दिन नहुने भन्दै अखिल नेपाल महिला संघ दोलखाले बिज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
अगस्ट ४, २०२५, १६:१३•अपडेट: अगस्ट ४, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अगस्ट ४, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
बहुविवाहलाई कानूनी मान्यता नदिन प्रशासन मार्फत सरकारको ध्यानाकर्षणphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

नवीनकुमार खतिवडा

चरिकोट/सरकारले बहुविवाहलाई कानूनी मान्यता दिने गरि कानून संशोधन गर्न लागेको समाचार आइरहेकोले त्यसलाई मान्यता दिन नहुने भन्दै अखिल नेपाल महिला संघ दोलखाले बिज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएको छ।

अनेमसंघ दोलखाकि इन्चार्ज पुर्णिमा खरेल,जिल्ला अध्यक्ष मेनुका सुवेदी,अनेमसंघका नेताहरु पार्वती खड्का,सविना भण्डारी ,रिता दहाल,मेनुका खड्का सुवेदी सहित दोलखाको टोलि जिल्ला प्रशासन कार्यालय दोलखा पुगि प्रजिअ शिवराम गेलाल लाई ध्यानाकर्षण पत्र बुझाएको हो।

अनेमसंघ दोलखाकि अध्यक्ष मेनुका सुवेदी द्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा लेखिएको छ
“नेपाली महिलाहरूले पितृसत्तात्मक उत्पीडनबाट मुक्ति पाउनका लागि धेरै लामो संघर्ष गर्दै आएका छन् । तर, विभिन्न नाममा आन्दोलनबाट प्राप्त अधिकारहरू तुहाउने प्रयासहरू भइरहेको महशुस भएको छ । कहिले राजनीतिक प्रतिनिधित्वमा गठबन्धनको कारण सहभागिता घट्‌ने, कहिले विवाहको उमेर घटाएर महिलाहरूलाई उत्पादन सम्बन्धसँग जोडिन र घरको चौघेरोबाट बाहिर आउन नसक्ने वातावरण सिर्जना गर्ने, कानूनी व्यवस्थाजस्ता प्रयासहरू भइरहेका छन् ।

यसको ज्वलन्त उदाहरण, अहिले चर्चामा रहेको वहुविवाहसम्बन्धी कानूनलाई लिन सकिन्छ । २०७५ भदौ १ गतेदेखि पूर्णतया निषेध गरिएको मुलुकी अपराध संहिता-२०७४ लाई संशोधन गरी निश्चित परिस्थितिमा बहुविवाह गर्न पाउने कानून ल्याउन लागेको विषयले सम्पूर्ण नेपालीको ध्यानाकर्षण भएको छ । पितृसत्तात्मक सामाजिक संरचनाले महिलाहरू शक्ति, सत्ता र सम्पत्तिबाट बञ्चित भएको परिस्थिति छ । यस परिस्थितिमा अहिले नेपाल सरकार कानून, न्याय तथा संसदीय मन्त्रालयले ल्याउन लागेको कानूनी व्यवस्थाले महिला समानताको नाममा अमुक व्यक्तिहरूको अवाञ्छित इच्छा पुरा गर्ने देखिएको छ र महिलाहरूलाई सधैं दासको रुपमा व्यवहार गर्न बाटो खुलाउने देखिन्छ । त्यसैले, नेपाल सरकार कानून मन्त्रालयले हाल ल्याउन लागेको उक्त पश्चगामी कानून तत्काल रोक्न अखिल नेपाल महिला संघ दोलखा जोडदार माग गर्दछौं”।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य