
काठमाडौ/चीनमा सम्पन्न सांघाई सहयोग संगठन ( एससिओ) सम्मेलनमा चीन र भारत नजिकिएसँगै विश्व शक्ति एसियामा केन्द्रित भएको विज्ञहरुले बताएका छन।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता तथा नेपाल- चीन कुटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले गरेको कार्यक्रममा उनीहरूले चीन- भारत एकताको लाभ नेपालले उठाउन सक्नुपर्ने बताएका हुन ।
कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेशराज दाहाल, जापानका लागि नेपालका पूर्व राजदूत डा. बिष्णुहरि नेपाल,द्वन्द्व विशेषज्ञ डा. बिष्णुराज उप्रेती, एमालेका विदेश विभाग सदस्य गोपाल खनाल र क्लाउडका अध्यक्ष शोभित उप्रेतीले प्रधानमन्त्री ओलीको उच्चस्तरीय भेटवार्ता र प्रस्तुतीकरण कुटनीतिक क्षेत्रमा कोशेढुंगा सावित भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले उठाएको सीमा विवादको सन्दर्भलाई चिनियाँ पक्षले नोटमा लिएको दाबी गर्दै उनीहरूले त्यसको परिणाम समयक्रममा देखिने धारणा राखे ।
भारत र चीनको एकतामा रुसपनि एकसाथ रहेकाले पश्चिमा शक्ति कमजोर हुँदै गएको उनीहरुको ठहर छ । एससीओ सम्मेलनपछि एसियामा विकासको गति पनि तीव्र हुने उनीहरूको विश्वास छ । नेपालको समग्र विकासमा चीन र भारतको महत्त्वपूर्ण योगदान रहेकाले नेपालले कुटनीतिक कौशलता र सशक्त संवादमार्फत सीमा लगायतका समस्या समाधान गर्नुपर्ने उनीहरुको सुझाव छ ।

प्रधानमन्त्रीले विदेशी भूमिमा देशको पक्षमा अठान लिएकाबेला देशभित्र केही दल र नेताहरूले अनावश्यक भ्रम र हल्ला गर्नु दु:खद भएको उनीहरूले बताए । प्रधानमन्त्रीले जलवायु, कृषि, विकास, पूर्वाधार लगायत विश्व जगतका साझा मुद्दा पनि सम्मेलनमा उठाएको जानकारी उनीहरूले दिए ।

Nabin Kumar Khatiwada
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_altप्रतिक्रियाहरू (२४)
कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।
सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।
कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।