calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको साधारण सभा

चरिकोट/होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको छैठौँ साधारणसभा सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्लाको सुन्दर पर्यटकीय नगरी सुकुटेमा यही माघ १८ र १९ मा उक्त साधारणसभा…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
फेब्रुअरी ३, २०२६, २१:३१•अपडेट: फेब्रुअरी ३, २०२६
schedule२ मिनेट पढ्न सकिने
eventप्रकाशित: फेब्रुअरी ३, २०२६
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको साधारण सभाphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

चरिकोट/होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको छैठौँ साधारणसभा सम्पन्न भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको सुन्दर पर्यटकीय नगरी सुकुटेमा यही माघ १८ र १९ मा उक्त साधारणसभा सम्पन्न भएको हो । सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको सह आयोजनामा सम्पन्न उक्त साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले गर्नु भएको थियो । संघको आयोजनामा सम्पन्न उक्त साधारणसभामा प्रदेशभरिका जिल्ला संघहरुबाट उल्लेख्य मात्रामा प्रतिनिधि र पर्यवेक्षकहरुका उपस्थिति रहेको थियो ।

बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाबाट आएका होटल तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको उक्त साधारणसभामा वर्तमान अवस्थामा सिंगो पर्यटन व्यवसायले नै भोगिरहनु परेका चुनौती, अवसर र सम्भावनाबारे गहन छलफल भएको थियो।
साधारणसभालाई सम्बोधन गर्दै अतिथि वक्ताहरूले नेपाल प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा भौगोलिक विविधताले भरिपूर्ण मुलुक भए पनि पर्यटन क्षेत्रको जुन ढंगले विकास हुनु पर्ने हो, त्यसरी हुन नसकेको उनीहरूले गुनासो गरेका छन् । नेपालको पर्यटन विकासले उचाइ चुम्न नसक्नुमा राज्यका सम्बन्धित निकायहरूको कमजोर व्यवस्थापन, नीतिगत अस्पष्टता, पूर्वाधार विकासको कमी, प्रशासनिक ढिलासुस्ती र सरकारले पर्यटन क्षेत्रको विकासलाइ महत्व नदिनु आदि मुख्य कारणले गर्दा नै पर्यटन उद्योगले गति लिन नसकेको उनीहरूले दाबी गरेका छन् । 


देशमा आइपर्ने हरेक खालका दैवी प्रकोप होस् या अन्य विभिन्न खालका विपदहरूबाट सबैभन्दा बढी प्रभावित क्षेत्र भने कै होटल तथा पर्यटन व्यवसाय हो भन्दै  व्यवसायीहरूले वर्तमान अवस्थामा पनि त्यस प्रकारका समस्याहरूले निम्त्याएका असरहरूबाट यो क्षेत्र प्रभावित भइरहेको छ । वर्तमान विषम परिस्थितिमा पनि व्यवसायलाई जोगाइराख्न, राज्यलाई कर तिर्न, रोजगारी सिर्जना गर्न र सेवाको गुणस्तर कायम राख्न व्यवसायीहरू प्रतिबद्ध रहेको जनाइएको छ।

साधारणसभामा संघले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिकालाई अझ बढी सशक्त बनाउँदै राज्यका सरोकारवाला निकायहरुसँगको सहकार्यमा व्यवसायिक मर्यादा, गुणस्तर र सेवामा सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ। साथै, युवा जनशक्तिलाई सीपमूलक तालिम मार्फत सक्षम बनाउँदै स्वदेश मै रोजगारीका अवसर सिर्जना गर्न संघले निरन्तर पहल गर्ने प्रतिवद्धता जनाएको छ। त्यसैगरी कार्यक्रमको अन्त्यमा बागमती प्रदेश अन्तर्गत रहेका सबै १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरूको हक हित, प्रवर्द्धन र विकासका लागि संघ एकताबद्ध भएर अघि बढ्ने निर्णय गर्दै संघको छैठौँ साधारणसभा सम्पन्न भएको छ ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य