calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

१० वर्षदेखि अलपत्र नयाँ पुल पुरानै मर्मत गर्ने

चरिकोट/ठेक्का लागेको नयाँ पुल १० वर्षदेखि अलपत्र भएपछि तामाकोसी र सुनकोसीकाे पुरानो पुल मर्मत हुने भएको छ । पुरानो पुल जीर्ण भएपछि नयाँ पुलकाे ठेक्का लागेको थियाे ।…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
फेब्रुअरी ६, २०२६, ०८:१४•अपडेट: फेब्रुअरी ६, २०२६
schedule३ मिनेट पढ्न सकिने
eventप्रकाशित: फेब्रुअरी ६, २०२६
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
१० वर्षदेखि अलपत्र नयाँ पुल पुरानै मर्मत गर्नेphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

चरिकोट/ठेक्का लागेको नयाँ पुल १० वर्षदेखि अलपत्र भएपछि तामाकोसी र सुनकोसीकाे पुरानो पुल मर्मत हुने भएको छ । पुरानो पुल जीर्ण भएपछि नयाँ पुलकाे ठेक्का लागेको थियाे । दुवै पुलकाे काम अहिले अलपत्र छ ।
दोलखा जिल्लालाई तराई र राजधानीसँग जोड्ने लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत पर्ने तामाकोशी नदी र सुनकोसी नदीमा निर्माणाधीन मोटरेबल पुल १० वर्षदेखि अलपत्र रहेको हो।


विहीबार भाैतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चाैलागाई, सचिव केशवकुमार शर्मा, प्रवक्ता रामहरि पाेखरेल, सडक विभागका महानिर्देशक विजय जैसी, पुल महाशाखा डिभिजन प्रमुख लगायतले स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता पाेखरेलले नयाँ ठेक्काको काम अलपत्र भएपछि अहिले पुरानो दुवै पुल मर्मतको लागि पुल महाशाखामार्फत ठेक्का आव्हान भइसकेको जानकारी दिए । नियमित मर्मत संहार भइरहने पुरानो ट्रष्ट पुल नयाँ ठेक्का लागेसँगै मर्मत हुन छाडेको छ । मर्मत ठेक्का लागि सकेकोले चाँडै काम सुरू हुने उनले बताए ।


`नयाँ ठेक्काको अलपत्र भएपछि ठेकेदारलाई ताकेता गर्ने काम भइरहेको छ´ उनले भने `पुरानो पुल पनि जीर्ण भएर समस्या भए दाेलखालाई राजधानी र तराईसँग जाेड्ने सम्पर्क विच्छेद हुन सक्ने भएकोले मर्मत गर्न लागेको हाे । ´
भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोसी पुल र खाडीचाैरकने सुनकोसी पुल ४५ वर्षअघि निर्माण भएको हाे ।  यी पुल जीर्ण भएपछि २०७२ सालको भूकम्पपछि २०७३ मा नयाँ पुल निर्माण गर्ने भनेर नीलगिरि–नेसनल जेभी कम्पनीले ठेक्का सम्झौता गरेको थियो । २ वर्षभित्र निर्माणको काम सम्पन्न गरिसक्ने भनेर कम्पनीले सम्झौता गरेर काम सुरुवात पनि गरेको थियो तर निर्माण कार्य सुरु गरेपछि अहिले ठेकेदार बेपत्ता छ। सदरमुकाम चरीकोटलाई तराईसँग जोड्ने तामाकोशी पुल अलपत्र परेपछि स्थानीयले पटकपटक गुनासो गर्दै आएका छन्। पुरानो पुल जीर्ण बनेपछि नयाँ पुल निर्माणका लागि तामाकोशीका घर तथा टहरा हटाएको थियो।


‘नयाँ पुलको जग उठाएर अलपत्र पारेर राखेको छ, पुरानो पुलबाट हेब्बी गाडीहरू आवातजावत गर्दा कुन दिन ठूलो जोखिममा पर्छ। यसमा कसैको ध्यान गएको छैन। हामीले धेरैलाई सुनायाैं राष्ट्रिय सभा सांसद घनश्याम रिजालले संसदमा समेत पटकपटक आवाज उठाउँदा समेत काम नभएको बताए ।तामाकोसीमा निर्माणाधीन पुलको माथि डन्डीमा खिया लागेको छ, फलामको खिया क्यान्सर जस्तै हो माथि खिया लागेपछि जरासम्म पुग्छ।


तामाकोशीको पुरानो पुल जीर्ण भएपछि ७५ मिटर लामो दुई लेनमा बन्ने आरसीसी आर्क ब्रिज डिजाइनका १० करोड लागतको नयाँ पुल निर्माण गर्ने भनेर जिम्मा लिएका निर्माण कम्पनीले काम नगरी अलपत्र अवस्थामा छाडिदिएको छ। पुलको दुवैतर्फ जिप उठाइएको छ । नयाँ पुल निर्माण हुने भएपछि तामाकोशीका पुरानो पुल मर्मत नभएर खिया लागेर जीर्ण बन्दै गएको छ। भारवाहक सवारीसाधनहरू आवातजावत गर्दा कुनै पनि बेला संरचना भाँचिने अवस्थामा पुगिसकेको छ। ४५ वर्षअघि बनेको ट्रस्ट पुलमा खिया लागेर जीर्ण बनिसकेको छ। यात्रा गर्नेहरू कुनै दुर्घटना हुने हो कि भनेर त्रासकै बीचमा यात्रा गर्न बाध्य छन्।
मन्त्री चाैलागाईले मन्त्रालय र सडक विभागकाे सिङ्गो टिम सहित तामाकोसी र सुनकाेसी पुल सहित १० वर्षदेखि अलपत्र चरिकोट-मुडे सडक र दाेलखाकै किर्नेमा बाढीले क्षतिग्रस्त सडकको स्थलगत निरीक्षण गरेका छन् । अघिल्लो वर्षको बाढीले पुष्पलाल राजमार्गमा पर्ने किर्नेकाे सडक तामाकोसीले सडक बगाएपछि सडक विभागले ठेक्का लगाएर गत वर्षदेखि पुनर्निर्माण थालेको छ । तर ठेकेदारले याे हिउँदमा काम पूरा गर्ने गरि काम नगरेकाे स्थानीयकाे गुनासाे छ ।

किर्ने सडककाे काम पूरा नभए आउँदो वर्षातमा समस्या हुने बताए । फेरि सडक बगाउने अवस्था भए किर्ने बजार, खिम्ती १ जलविद्युत केन्द्र, स्कुल र अस्पताललाई असर गर्ने अवस्था छ ।स्थलगत निरीक्षणपछि मन्त्री चाैलागाईले सडक र पुलका मुख्य ठेकेदारलाई सम्पर्कमा ल्याएर १५ दिन भित्रै कामलाई तिव्रता दिन निर्देशन दिए । मन्त्री चाैलागाईले बाढीले क्षतिपछि वीपी राजमार्गकाे पुनर्निर्माणकाे काम समेत स्थलगत निरीक्षण दिए ।वीपी राजमार्ग, पुष्पलाल र अरनिको राजमार्गकाे निरीक्षणका क्रममा दाेलखा र रामेछापको निर्वाचन तयारी लगायतका विषयमा सुरक्षा बैठकमा जानकारी लिए ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य