चरिकोट/दोलखामा ६ हजार ५ सय बढि छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सम्बन्धी जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम मार्फत जिल्लामा ६ हजार ५ सय २० जना विद्यार्थीलाई खोप लगाउने तयारी भएको जानकारी गराइएको हो ।

जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तम राज खनालका अनुसार दोलखामा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ( ह्युमन प्यापीलोमा भाईसर) विरुद्धको खोप लगाइने छ । जिल्लामा माघ २२ गते देखि १ सय ५९ वटा विद्यालय र ७० वटा स्वास्थ्य संस्थाबाट खोप अभियान सुरु हुने छ । विद्यालय बाहिर रहेका, खोप अभियानमा खोप लगाउन छुटेका छात्रालाई खोप अभियानको अन्तिम दिन ७० वटा स्वास्थ्य संस्थाबाट खोप लगाइने खनालले बताउनु भयो । उक्त खोप अभियान दोलखामा माघ २२ गते देखि २८ गते सम्म संञ्चालन हुने छ ।
भीमेश्वर नगरपालिका बाट १ हजार ४ सय ८१, जिरी नगरपालिकामा ५ सय ११, कालिञ्चोक गाउँपालिकामा ८ सय ७३, गौरीशंकर गाउँपालिकामा ५ सय २६, तामाकोसी ५ सय ६५, बैतेश्वर ५ सय ८३, मेलुङ्ग ५ सय ९७, विगु ७ सय १४ र शैलुङ्ग गाउँपालिकामा ५ सय ८६ जना कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रालाई खोप लगाइने छ । खोपको लागि २ सय २९ जना स्वासथ्य कर्मी र ४ सय ५८ जना स्वयमसेवक परिचालन गरिने छ ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप समन्वय समितीका अध्यक्ष एवमं जिल्ला समन्वय समिती दोलखाका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकार शिवराम गेलाल,डब्ल्यूएचओका डाक्टर रुपेश चापाँगाई लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा भएको हो ।



Nabin Kumar Khatiwada
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_altप्रतिक्रियाहरू (२४)
कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।
सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।
कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।