calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

हाम्रो जनकल्याणद्वारा फोहोर वर्गिकरणका लागि सचेतना

चरिकोट /हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले भीमेश्वर नगरपालिका र चरिघ्याङ टोल सुधार समितिसँगको साझेदारी तथा समन्वयमा फोहोर वर्गिकरण र व्यवस्थापनका लागि सचेतना कार्यक्रमको शुरुवात…

FK
Friendship Khabarverified| काठमाडौं
डिसेम्बर ३०, २०२१, १९:१०•अपडेट: डिसेम्बर ३०, २०२१
schedule२ मिनेट पढ्न सकिने
eventप्रकाशित: डिसेम्बर ३०, २०२१
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
हाम्रो जनकल्याणद्वारा फोहोर वर्गिकरणका  लागि सचेतनाphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

चरिकोट /हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले भीमेश्वर नगरपालिका र चरिघ्याङ टोल सुधार समितिसँगको साझेदारी तथा समन्वयमा फोहोर वर्गिकरण र व्यवस्थापनका लागि सचेतना कार्यक्रमको शुरुवात गरेको छ।

अभियानको शुभारम्भ गर्दै भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत बहादुर केसीले भीमेश्वरले थालेको फोहोर व्यवस्थापनको अभियानले वातावरणीय संरक्षणमात्र होइन घर, समाज र शहर नै सफा हुनेदेखि फोहोर व्यवास्थापनबाट पैसा आर्जन र रोजगारी समेत सिर्जना हुने भएकाले यसलाई सफल बनाउनु सफै नगरवासीको दायित्व हुने बताउनु भयो । खास गरी शहर र बजार केन्द्रित भई अहिले अभियान थालिएको भएपनि आगामी दिनमा यसलाई नगरभर अभियानका रुपमा थालिने पनि नगर प्रमुख के सी ले बताउनु भयो ।

अभियानमा हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारीहरु र भीमेश्वर नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मेवारी लिएको एडिबि फोहोर व्यवस्थापन प्र लि का कर्मचारीहरु स्वयंसेवकका रुपमा हरेक भान्सामा पुगी फोहोर वर्गिकरणबारे जानकारी गराउँदै भान्सामा फोहोर वर्गिकरणका बारेमा तयार गरिएको स्टिकर टाँस्ने छन् । त्यसैगरी स्वयंसेवकहरुले तीन रङ्गको झोला पनि निःशुल्क वितरण गर्नुहुनेछ । संस्थाका कोषाध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा भएको शुभारम्म कार्यक्रममा भिमेश्वर नगरपालिकाका प्रवक्ता एवम वडा नम्बर ४ का वडा अध्यक्ष हरिबंश चौलागाई, वडा नम्बर ६ का वडा अध्यक्ष नबिन कुमार लामा, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खडका, इन्जिनियर सुरेश राउत, एडिबि फोहोर व्यवस्थापन प्रालिका सञ्चालक धु्रब बस्नेत, चरिघ्याङ टोल सुधार समितिका अध्यक्ष दाबा लामा लगायत समितिका सदस्य, हाम्रो जनकल्याण साकोसका सञ्चालक, कर्मचारी लगायत स्थानीय घरधनीहरुको उपस्थिति रहेको थियो । यो अभियान एक महिना चल्ने छ ।

त्यसैगरी सामाजिक उत्तरदायित्व अन्तरगत हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आज ८० वर्ष माथिका शेयर सदस्यलाई एउटा ब्लांकेट र आधा केजि हर्लिक्स घरघरमा पुगी जेष्ठ सदस्यहलाई वितरण गरेको छ भने ७० देखि ७९ वर्षका जेष्ठ सदस्यहरुलाई आधा केजि हर्लिक्स र एउटा कप वितरण गरेको छ । ५५ जनाभन्दा बढी ८० वर्षका जेष्ठ नागरिक र १०० भन्दा बढी ७० देखि ७९ वर्षका जेष्ठ सदस्यलाई घरदैलो कार्यक्रमार्फत भेटघाट गर्ने र उक्त सामग्री वितरण गर्ने संस्थाको तयारी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेत ले जानकारी दिनुभयो ।

ट्यागहरू:#hamro janakalyan saccos#saccos khabar
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य