आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

एमाले निकट व्यवसायीहरुको सिंगो जिल्ला कमिटी नेकपा एकिकृत समाजवादीमा

जाजरकोट । एमाले निकट व्यवसायीहरुको सिंगो जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ । एमालेको जनवर्गिय संगठनको रुपमा रहेको राष्ट्रिय उद्योग वाणिज्य संघ जाजरकोटको सिंगो जिल्ला…

FK
Friendship Khabarverified| काठमाडौं
जनवरी २०, २०२२, १८:१५•अपडेट: जनवरी २०, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जनवरी २०, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
एमाले निकट व्यवसायीहरुको सिंगो जिल्ला कमिटी नेकपा एकिकृत समाजवादीमाphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

जाजरकोट । एमाले निकट व्यवसायीहरुको सिंगो जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ । एमालेको जनवर्गिय संगठनको रुपमा रहेको राष्ट्रिय उद्योग वाणिज्य संघ जाजरकोटको सिंगो जिल्ला कमिटी एकीकृत समाजवादी पार्टी निकट नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघमा रुपान्तरण भएको हो । बुधबार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न उद्योगी व्यापारीहरुके भेलाले सिंगो संगठनलाई एकीकृत समाजवादी पार्टी निकट संगठनमा रुपान्तरण गरेको हो । ३१ सदस्यीय महासंघको अध्यक्षमा शिव विक्रम हमाल, उपाध्यक्ष ईश्वरी बहादुर खत्री, सचिव खिम प्रसाद नगरकोटी, उपसचिव रमेश श्रेष्ठ र शक्ति कार्की तथा कोषाध्यक्ष धनमाया खड्का रहेका छन । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कमान बहादुर खड्काले देश विकासमा उद्योगी व्यवसायीहरुको ठुलो भुमिका रहेको बताए । नेकपा एकीकृत समाजवादी जिल्ला संगठन कमिटीका उपाध्यक्ष समेत रहेका खड्काले उद्योगी व्यवसायीहरुको पेशागत सुरक्षा र संरक्षण गर्न आफु लागि रहने बताए । लामो समय देखि आफुपनि व्यवसायमा जोडिएकोले साना तथा मझौला व्यवसायीहरुको समस्याका बारेमा नजिकबाट परिचित रहेको बताउदै समस्या समाधानका लागि सक्दो पहल गर्ने खड्काको भनाई छ । उद्योगी व्यवसायीहरुको छाता संगठन जाजरकोट उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि केहि दिन मै निर्वाचन हुने भन्दै त्यसको नेतृत्व गर्ने गरी तयारी थाल्न केन्द्रिय सदस्य खड्काले पार्टी निकटका व्यवसायीहरुलाई निर्देशन समेत दिए । कार्यक्रममा पार्टी जिल्ला संगठन कमिटीका उपाध्यक्ष तप्त बहादुर हमाल, पार्टी प्रदेश कमिटी सदस्य देबेन्द्र प्रसाद शर्मा, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य भरत शर्मा लगाएतले शुभकामना व्यक्त गरेका थिए । जाजरकोट उद्योग वाणिज्य संघको निर्वाचन तत्काल गर्नुपर्ने बाध्यता भएपछि जिल्लाका व्यवसायीहरु आन्तरीक तयारीमा जुटेका छन । डेढ वर्ष अघि नयाँ नेतृत्व चयन गर्नुपर्नेमा कोभिड १९ लगाएतका कारण हाल सम्म नयाँ नेतृत्व नयन हुन सकेको छैन ।

ट्यागहरू:#madav kumar nepal#Nabin kumar khatiwada#nekapa us
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य