आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

जातीय विभेद गर्ने विरुद्ध तत्काल प्रतिरोध गर्न माधव नेपालको निर्देशन

काठमाडौं/नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष मावधकुमार नेपालले जनु ठाउँमा जातीय विभेद हुन्छ, त्यही ठाउँमा तत्काल प्रतिरोध गर्न निर्देशन दिएका छन् ।नेपाल दलित मुक्ति संगठनको चौथो केन्द्रीय कमिटीको बैठकमा…

FK
Friendship Khabarverified| काठमाडौं
सेप्टेम्बर ६, २०२२, २१:४१•अपडेट: सेप्टेम्बर ६, २०२२
schedule२ मिनेट पढ्न सकिने
eventप्रकाशित: सेप्टेम्बर ६, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
जातीय विभेद गर्ने विरुद्ध तत्काल प्रतिरोध गर्न माधव नेपालको निर्देशनphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर


काठमाडौं/नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष मावधकुमार नेपालले जनु ठाउँमा जातीय विभेद हुन्छ, त्यही ठाउँमा तत्काल प्रतिरोध गर्न निर्देशन दिएका छन् ।
नेपाल दलित मुक्ति संगठनको चौथो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले एक्काइसो सताव्दीमा पनि छुवाछूत गर्ने जो कसैलाई पनि नछोड्न र तत्काल प्रतिरोध गर्न दिर्नेशन दिएका हुन् । उनले देशको जुनसुकै ठाउँमा पनि छुवाछूत भए दलित मुक्ति संगठनका नेता तथा कार्यकताहरु एक भएर लाग्नुपर्ने उहाँको भनाई थियो ।
अध्यक्ष नेपालले एकीकृत समाजवादीका कुनै सदस्यले जातीय छुवाछूत गरे पार्टीबाट तत्काल निष्कासन गर्ने र सँगसँगै ऐन अनुसार कारवाहीका लागि अगुवाई गर्ने प्रतिवद्धता पनि जनाए । ‘कुनै पनि कम्युनिष्ट कार्यकर्ताले विभेद गर्दैन । जातीय विभेद गर्ने कोही पनि नेकपा (एकीकृत समाजवादी) को नेता र कार्यकर्ता हुन सक्दैनन्, उनले भने, ‘कसैले छुवाछुत गर्न खोजे पार्टीमा उजुरी गर्नुस् । तुरुन्तै कारवाही गर्छाै ।’
उनले सबै दलित नेता तथा कार्यकर्ताहरुलाई काठमाडौं र सदरमुकाम केन्द्रित नहुन निर्देशन समेत दिए । उनले को उम्मेदवार हुन्छ भन्ने भन्दा पनि पार्टीका नेता उम्मेदवार हो भन्ने भावनाले काम गर्न पनि आग्रह गरे । उनले पाँच दलीय गठबन्धन गर्ने अन्तिम तयारी भइरहेको र त्यो आवश्यकता भएकोमा जोड दिए ।
सो बैठकमा सम्मानित नेता झलनाख खनालले वर्गीय विभेद कायम रहिरहेसम्म समाज अग्रगामी दिशातर्फ जान नसक्ने बताए । उनले समाज परिवर्तनका लागि कसैलाई जिम्मा दिने भन्दा आफैं अग्रसर हुनुपर्ने बताए ।
नेता खनालले दलित मुक्तिका लागि समानुपातिक मात्रै नभएर समान हिस्सेदार हुनुपर्नेमा जोड दिए । उनले आगामी मंशिर ४ गते हुने निर्वाचनमा पार्टीले दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।
सो बैठकमा पार्टी उपमहासचिव डा. विजय पौडेल, स्थायी कमिटी सद्स्य भवेन्द्र पराजुली, केन्द्रिय सदस्य पार्वती विशुंखे लगातले सम्वोधन गरेका थिए ।
सो बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा दलित समुदायको उपस्थितीलाई बलियो बनाउन माग गरेको थियो । सो बैठकले विभिन्न विभागहरुको पूर्णता दिएको छ भने दलित आन्दोलनका विभिन्न समसामयीक विषयहरु पनि पास गरेको छ ।
दलित मुक्ति संगठनका केन्द्रिय अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) पोलिटव्यूरो सदस्य गणेश विश्वकर्माको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय काठमाडौमा भएको सो बैठकमा केन्द्रिय उपाध्यक्ष दुर्गा परियारले स्वागत गरेकी थिइन् ।

ट्यागहरू:#Madhab Kumar Nepal#Nabin kumar khatiwada#nekapa us/birodh khatiwada/munu sikdel/shrinkhala khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य