calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

आजको ताजा समाचारविशेष प्राथमिकता

सगरमाथा आरोही ङवाङ नाम्गेल शेर्पालाई नव जनउत्थान साकोस द्वारा सम्मान

तेन्जिङ शेर्पा दोलखा, जेठ २३, २०८३ — दोलखाको बैतेश्वर गाउँपालिका–३, खावा स्थित नव जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी…

KD
Kedar Dahalverified| काठमाडौं
जुन ६, २०२६, १६:३०•अपडेट: जुन ६, २०२६
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जुन ६, २०२६
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
सगरमाथा आरोही ङवाङ नाम्गेल शेर्पालाई नव जनउत्थान साकोस द्वारा सम्मानphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

तेन्जिङ शेर्पा

दोलखा, जेठ २३, २०८३ — दोलखाको बैतेश्वर गाउँपालिका–३, खावा स्थित नव जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी संस्थाको झण्डा शिखरसम्म पुर्‍याउने आफ्ना सदस्य ङवाङ नाम्गेल शेर्पा लाई सम्मान तथा बधाई ज्ञापन गरेको छ।

संस्थाको आयोजनामा सम्पन्न सम्मान तथा बधाई कार्यक्रममा संस्थाका अध्यक्ष तेम्बा शेर्पा को अध्यक्षता रहेको थियो भने दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका महासचिव तेन्जिङ शेर्पा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।

कार्यक्रममा सम्मानित व्यक्तित्व ङवाङ नाम्गेल शेर्पालाई सम्मान–पत्रसहित विशेष सम्मान प्रदान गरिएको थियो। पहिलो पटक सगरमाथाको सफल आरोहण गर्दै संस्थाको झण्डा विश्वकै सर्वोच्च शिखरमा पुर्‍याउन सफल भएको भन्दै संस्थाले उनको योगदानको उच्च प्रशंसा गरेको थियो।

कार्यक्रममा संस्थाका सचिव मंगले शेर्पा, लेखा सुपरिवेक्षण समिति सदस्य दावा शेर्पा, उपाध्यक्ष सोनाम शेर्पा तथा व्यवस्थापक आङनर्बु शेर्पा ले शुभकामना मन्तव्य व्यक्त गर्दै ङवाङ नाम्गेल शेर्पाको साहस, आत्मविश्वास र दृढ संकल्पको प्रशंसा गरेका थिए। वक्ताहरूले उनको उपलब्धिले संस्था, स्थानीय समुदाय तथा समग्र दोलखा जिल्लाको प्रतिष्ठा बढाएको उल्लेख गर्दै युवा पुस्तालाई प्रेरणा प्रदान गरेको बताए।

प्रमुख अतिथि तेन्जिङ शेर्पाले सगरमाथा आरोहण केवल व्यक्तिगत सफलता नभई राष्ट्र, समाज र संस्थाको गौरवसँग जोडिएको विषय भएको बताउँदै ङवाङ नाम्गेल शेर्पाको उपलब्धि अनुकरणीय रहेको धारणा व्यक्त गरे। उनले यस्ता सफल व्यक्तित्वलाई सम्मान गर्ने संस्थाको कार्यको समेत प्रशंसा गरे।

अध्यक्ष तेम्बा शेर्पाले सम्मानित व्यक्तिको सफलताले सम्पूर्ण सहकारी परिवारलाई गौरवान्वित बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि सदस्यहरूको उत्कृष्ट योगदानको कदर र सम्मान गर्ने संस्थाको परम्परा निरन्तर रहने बताए।

कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले ङवाङ नाम्गेल शेर्पालाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभेच्छा व्यक्त गरेका थिए।

विश्वकै सर्वोच्च शिखरमा संस्थाको झण्डा फहराएर नव जनउत्थान सहकारीको पहिचानलाई नयाँ उचाइमा पुर्‍याउने ङवाङ नाम्गेल शेर्पाको सम्मान कार्यक्रमले स्थानीय समुदायमा गर्व र उत्साहको वातावरण सिर्जना गरेको छ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

KD

Kedar Dahal

आजको ताजा समाचार

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य