आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

विष्णु पौडेलले राजधानीसँग अर्थमन्त्री साट्नुभयो:-गुरुङ

बुटवल,भदौ १९/नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीबाट निर्वाचन लड्नै नैतिकता गुमाएको आरोप लगाएका छन । पार्टी निकटको युवा संघ नेपालको महाकाली–मेची अभियान टोलीलाई…

FK
Friendship Khabarverified| काठमाडौं
सेप्टेम्बर ४, २०२२, २०:१९•अपडेट: सेप्टेम्बर ४, २०२२
schedule२ मिनेट पढ्न सकिने
eventप्रकाशित: सेप्टेम्बर ४, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
विष्णु पौडेलले राजधानीसँग अर्थमन्त्री साट्नुभयो:-गुरुङphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

बुटवल,भदौ १९/नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीबाट निर्वाचन लड्नै नैतिकता गुमाएको आरोप लगाएका छन । 
पार्टी निकटको युवा संघ नेपालको महाकाली–मेची अभियान टोलीलाई आईतबार बुटवलमा स्वागत गर्दै नेता गुरुङले यस्तो बताएका हुन । उनले लगातार तीन पटकसम्म रुपन्देहीबाट निर्वाचित पौडेलले जनताको समस्या सम्बोधन नगरेको आरोप लगाए ।
उनले पौडेलले २०७४ सालको निर्वाचनमा बुटवललाई स्थायी राजधानी बनाउने चनुावी वाचा गरेपनि अर्थमन्त्रीसँग राजधानी साटेको बताए । ‘२०६४ सालदेखि विष्णु पौडेलले चुनाव जित्नुभयो, सधैं जनता ढाँटनुभएको छ’

रुपन्देही निर्वाचन क्षेत्र न. २ बाट प्रनितिधिसभाका आकांक्षी समेत रहेका गुरुङले भने । उनले बुटवलका सुकुम्बासी जनतालाई  लालपूर्जा दिन्छु भनेर भोट मागेर वालुवाटारमा आफ्नो छोराको नाममा लालपूर्जा निकालेका कारण पौडेलले रुपन्देहीबाट चुनावी लड्ने नैतिकता गुमाएको बताए । ‘अग्रेज फौजलाई हराएको जितगढीलाई साक्षी राखेर भन्छु, अब संविधान मास्ने, गणतन्त्रलाई धरापमा पार्ने शक्तिको पराजय हुने दिन आइसक्यो’ उनले भने ।
प्रदेश कमिटि सचिव समेत रहनुभएका नेता गुरुङले एमालेले विभिन्न टोली मार्फत सर्वेक्षण गर्दा निर्वाचन हार्ने देखिएकाले अत्तालिएको बताए । उनले भने –‘अब भ्रम, जालझेलको राजनीति चल्दैन’ उनले भने । उनले विगतमा आफु सहितका नेताहरु खटिएर विष्णु पौडेललाई जिताएको बताए ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

गुरुङले अब युवाहरुले देशको नेतृत्व समाल्ने बेला आएको बताए ।  उक्त अवसरमा युवा संघ नेपालका इन्चार्ज दिलु पन्तले अब परिवर्तनकारी शक्तिले पश्चगामी शक्तिलाई हराउने बेला आएको बताईन । उनले आफुहरुले समाजवाद स्थापनाका लागि युवाहरुलाई गोलबद्ध गर्दै युवा जगाउने अभियानमा सामेल भएको बताईन ।

युवा संघ नेपाल रुपन्देहीले महाकालीबाट शुरु गरेको निर्वाचन केन्द्रीय अभियानलाई बुटवल जितगढी किल्लामा स्वागत गरेको हो । अग्रेज फौजलाई हराएको जितगढी किल्लामा युवा संघको टोलीलाई स्वागत गर्दै अब आफुहरुको पार्टी विजयका निम्ति होमिएको सन्देश दिन सफल भएको युवा संघ नेपालरुपन्देहीका अध्यक्ष कृष्ण थापाले बताए ।

अभियानमा सहभागीहरुलाई नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङ, अर्का केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेशका मन्त्री रमा घर्ती, युवा संघ नेपालका केन्द्रीय उपमहासचिव सरिता श्रीस, जिल्ला अध्यक्ष अविराम विश्वकर्मा,उपाध्यक्ष सचिव श्रीराम यादव, युवा संघ नेपालका सचिव सार्दुल कसौधन लगायतले बोलेका थिए ।

ट्यागहरू:#Madhab Kumar Nepal#Metmani Chaudhari#Nabin kumar khatiwada#nekapa us
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य