आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
गृह पृष्ठविशेष प्राथमिकता

ओलिले कम्युनिष्ट भन्ने बित्तिकै जनता डराउने अवस्था बनाए:-चौधरी

लमही /नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन् । एकीकृत समाजवादीको जनवर्गीय संगठनको…

FK
Friendship Khabarverified| काठमाडौं
अगस्ट १५, २०२२, ०८:५८•अपडेट: अगस्ट १५, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अगस्ट १५, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
ओलिले कम्युनिष्ट भन्ने बित्तिकै जनता डराउने अवस्था बनाए:-चौधरीphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

लमही /नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन् ।
एकीकृत समाजवादीको जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘कम्युनिष्ट पार्टीको दुई तिहाई नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संविधान विपरित संसदको दुई दुई पटक हत्या गर्ने भएपछि जनताले कम्युनिष्ट पार्टीलाई किन भोट हाल्ने भनेर प्रश्न गर्न थालेका छन् ।’
एमाले अध्यक्ष केपी ओलीले जनताले पहिलो पटक बनाएको नयाँ संविधान कोल्याप्स गर्न खोजेको बताउदै मन्त्री चौधरीले थपे, ‘ठुलो पार्टी, तेत्रा सांसद हुँदा पनि आज एमालेसँग भोट माग्ने नैतिक हैसियत छैन । अब उसलाई किन भोट हाल्ने ? अब उसलाई किन ठुलो पार्टी बनाउने ? जनता प्रश्न गरिरहेका छन् ।’
कम्युनिष्टहरु शान्ति, संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध हुनुपर्ने बताउँदै सहरी विकास मन्त्री चौधरीले एकीकृत समाजवादी बृहत कम्युनिष्ट एकताको पक्षमा रहेको धारणा राखे ।
एकीकृत समाजवादीको लमही नगर कमिटीले आयोजना गरेको सो कार्यक्रममा केन्द्रीय सदस्य शारदा श्वर्णकार, जिल्ला अध्यक्ष शुरामणि बेल्बासे, युवा संघका जिल्ला अध्यक्ष हरिष गिरी लगायतले मन्तव्य राखेका थिए ।

ट्यागहरू:#Nabin Kumar Khatuwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य