फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

नेकपा दोलखाको छैटौं जिल्ला सम्मेलन,अर्जुन योगी सेक्रेटरी

दोलखा/नेपाल कम्युनिस्ट पार्टी, दोलखाको ऐतिहासिक छैटौं जिल्ला सम्मेलन सम्पन्न भएको छ। ‘दलाल पुँजीवादी राज्यसत्ता, संसदीय व्यवस्था र राष्ट्रघात अन्त्यको निम्ति निर्णायक आन्दोलन ! वैज्ञानिक समाजवाद स्थापनाको लागि एकीकृत…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
सेप्टेम्बर १०, २०२२, १९:५६•अपडेट: सेप्टेम्बर १०, २०२२
schedule३ मिनेट पढ्न सकिने
eventप्रकाशित: सेप्टेम्बर १०, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
नेकपा दोलखाको छैटौं जिल्ला सम्मेलन,अर्जुन योगी सेक्रेटरीphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

दोलखा/नेपाल कम्युनिस्ट पार्टी, दोलखाको ऐतिहासिक छैटौं जिल्ला सम्मेलन सम्पन्न भएको छ।

‘दलाल पुँजीवादी राज्यसत्ता, संसदीय व्यवस्था र राष्ट्रघात अन्त्यको निम्ति निर्णायक आन्दोलन ! वैज्ञानिक समाजवाद स्थापनाको लागि एकीकृत जनक्रान्तिको दिशामा ऐतिहासिक छैटौं दोलखा जिल्ला सम्मेलन !!’ भन्ने मुल नाराका साथमा भदौ २४ गते दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको हो।
सम्मेलनको उद्घाटन समारोह पुर्व सयौं जनसमुदायहरुको र्‍याली प्रदर्शन गरिएको थियो । पन्चेबाजा र झाँकीसहित भएको उक्त प्रदर्शन दोलखा जिल्लाको सदरमुकाम चरिकोटको चरिघ्याङ्गबाट शुरु भई सातदोबाटो चोक हुँदै सडकविभाग गेट पुगेर पुनः सातदोबाटो चोक हुँदै चरि¥याङ्गसम्म पुगेको थियो ।
अर्जुन योगीको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन समारोहको संचालन  राजकुमार लामीछानेले गरेका थिए । उक्त उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज प्रेम दर्नाल (विकल्प) प्रमुख अतिथि थिए । त्यस्तै अतिथिहरुमा पार्टीका विशेष समिति सदस्यहरु यादव दाहाल, संजीप नेपाली, अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रजिना दर्नाल, आदरणीय सहिद परिवारहरु थिए ।
सम्मेलनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि प्रेम दर्नाल (विकल्प) ले यो सम्मेलन दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था ढाल्नको निमित्त संघर्षको उद्घाटन भएको बताए । आफ्नो महत्वपुर्ण भनाईका क्रममा उनले आफ्नो पार्टीको विगत सात वर्षदेखिको संघर्षले दलाल पुँजीवादी सत्ता र दलाल संसदीय व्यवस्थालाई मृत्युको शैयामा पु¥याई सकेको र मृत्यु भएको घोषणा गर्न मात्र बाँकी रहेको बताए । उनले यो दलाल सत्ता र दलाल संसदीय व्यवस्थाको मृत्युको घोषणा निकट दिनहरुमा नै गरिने र देश र जनताको चम्किलो भाग्य र भविष्यको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गरिने बताए । उनले नेपाल कम्युनिस्ट पार्टी र यसको कुशल नेतृत्वहरुबाट मात्रै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न सकिने बताउदै वैज्ञानिक समाजवादी व्यवस्थामा जनताले प्राप्त गर्ने अधिकारहरुका बारेमा स्पष्ट व्याख्या गरेका थिए । आफ्नो मन्तव्यका क्रममा उनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारका बीचमा भएको तीनबुँदे सहमति पूर्ण रुपमा कार्यान्ययन गर्नुपर्ने, नेपाल कम्युनिस्ट पार्टीका महासचिव क. विप्लव, प्रवक्ता क. प्रकाण्डलगायतका नेता, कार्यकर्ताहरुमाथि जारी गरेको कथित पक्राउ पुर्जी तुरुन्त खारेज गर्नुपर्ने, नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरुमाथि लगाइएको झुट्ठा मुद्दाहरु तुरुन्त खारेज गर्नुपर्ने, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता तुरुन्त खारेज गर्नुपर्ने, चर्को महंगी र मूल्य वुद्धि तुरुन्त खारेज गनुपर्ने, दलाल पुँजीवादी सत्ता र दलाल संसदीय व्यवस्थाको चरम भ्रष्टचार, अनियमितता, बेरुजुको तुरुन्त छानबिन गरी भ्रष्टचारीहरुलाई कडा कार्वाही गर्नुपर्ने, राष्ट्रघाती, जनघाती, भ्रष्टचारीहरुलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने बताए । यदि यो राज्यको सम्बन्धित निकायहरुबाट कार्वाही नभएमा आफ्नो पार्टीले नेतृत्व गर्ने संघर्षको तागतले सबैखाले अन्याय, अत्याचार, भ्रष्टचार, अनियमिततालाई खरानी बनाइदिने समेत उनले बताए । आफ्नो महत्वपूर्ण भनाईका क्रममा उनले अहिलेको विश्व परिस्थिति, राष्ट्रिय परिस्थिति, दोलखाको पार्टीले गर्नुपर्ने कामहरुका बारेमा स्पष्ट व्याख्या गरेका थिए भने दलाल पुँजीवादी व्यवस्था, दलाल संसदीय व्यवस्था, यसका दलाल संचालकहरु, यथास्थितिवाद, संसदवाद, दक्षिणपन्थी संसोधनवाद, जनसुत्रीय संशोधनवाद, फुटवादका विरुद्धमा निर्ममतापूर्वक संघर्ष गर्नका निमित्त आम न्यायप्रेमी दोलखाली जनसमुदायहरुलाई अपिल समेत गरेका थिए । यो सम्मेलनको उद्घाटन समारोहमा राजन धनुकेले स्वागत मन्तव्य राखेका थिए भने संजीप नेपालीले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मेलनको बन्द सत्र समारोहमा ४७४ जना प्रतिनिधि, पर्यवेक्षकको उपस्थिति रहेको थियो । उक्त बन्द सत्र समारोहमा राजन धनुके, राजकुमार लामीछाने,  बसुन थामी रहेको तीन सदस्यीय अध्यक्ष मण्डल बनेको थियो । उक्त अध्यक्ष मण्डलको तर्फबाट राजन धनुकेले बन्द सत्र समारोहको संचालन गरेका थिए । उक्त बन्द सत्रमा अर्जुन योगीले ‘दलाल पुँजीवादी राज्यसत्ता, संसदीय व्यवस्था र राष्ट्रघात अन्त्यको निम्ति निर्णायक आन्दोलन ! वैज्ञानिक समाजवाद स्थापनाको लागि एकीकृत जनक्रान्तिको दिशामा ऐतिहासिक छैटौं दोलखा जिल्ला सम्मेलन !!’ भन्ने शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने उक्त प्रतिवेदन एकमतले पारित भएको थियो । तत्पश्चात बन्द सत्र समारोहमा प्रमुख अतिथि प्रेम दर्नाल (विकल्प) ले अर्जुन योगीको नेतृत्व (सेक्रेटरी) मा ३१ सदस्यीय दोलखा जिल्ला समितिको प्रस्ताव पेश गरेका थिए, उक्त प्रस्ताव एक मतले पारित भएको थियो । तत्पश्चात निर्वाचित समितिलाई यादव दाहालले बधाई मन्तव्य दिएका थिए । उक्त सम्मेलनको उद्घाटन समारोह र बन्द सत्रमा सामना सांस्कृतिक परिवारका कलाकारहरुले आधा दर्जन प्रस्तुति प्रदर्शन गरेका थिए।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य