
विर्तामोड/ नेकपा एकीकृत समाजवादी निकट पत्रकार तथा संचारकर्मीहरुको संस्था समाजवादी प्रेस संगठनको झापा जिल्ला कमिटी मंगलवार निर्माण भएको छ ।
विर्तामोडस्थित पार्टी कार्यालय भवनमा आयोजित एक विशेष समारोहवीच समाजवादी प्रेस संगठनको झापा कमिटी भएको हो । पत्रकार अनिलदेव राईको अध्यक्षतामा गठित १५ सदस्यीय कमिटीको उपाध्यक्ष र सचिवमा क्रमश: दिलिप थापा र रिता दाहाल चयन भएका छन्।
कमिटीको सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी र गोविन्द लुवागुन चयन भएका छन भने कोषाध्यक्ष कमल बुढाथोकी बनेका छन् ।
त्यस्तै सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्ऽ बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई चयन भएका छन् ।
जिल्ला भेलामा समाजवादीका केन्द्रीय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष वेदराज रेग्मी, विर्तामोड नगर अध्यक्ष श्री सिटौला, अग्रज पत्रकारहरु लीला वराल, धर्मेन्द्र मामा, जीएन शर्मा, लगायतको उपस्थिति थियो । केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज तीर्थ सिग्देलको सभापतित्व भेला सम्पन्न भएको थियो ।
प्रतिक्रियाहरू (०)
अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
Friendship Khabar
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt