आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
कर्णाली प्रदेशविशेष प्राथमिकता

एमालेको वडा कमिटी एकीकृत समाजवादीमा रुपान्तरण

जाजरकोट/जिल्लाको भेरी नगरपालिका वडा नं. ७ को तत्कालिन नेकपा एमालेको वडा कमिटी नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण भएको छ । वडा भेलाले अध्यक्ष धन बहादुर शाही, उपाध्यक्ष सरस्वती…

FK
Friendship Khabarverified| काठमाडौं
फेब्रुअरी ९, २०२२, १५:१३•अपडेट: फेब्रुअरी ९, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: फेब्रुअरी ९, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
एमालेको वडा कमिटी एकीकृत समाजवादीमा रुपान्तरणphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

जाजरकोट/जिल्लाको भेरी नगरपालिका वडा नं. ७ को तत्कालिन नेकपा एमालेको वडा कमिटी नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण भएको छ । वडा भेलाले अध्यक्ष धन बहादुर शाही, उपाध्यक्ष सरस्वती चन्द लगाएतका पदाधिकारी रहेको एमालेको तत्कालिन वडा कमिटीलाई एकीकृत समाजवादीमा रुपान्तरण गरेको हो ।

भेलाले बिरेन्द्र कुमार शाहीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी समेत गठन गरेको छ । कमिटीको वरिष्ठ उपाध्यक्षमा सरस्वती चन्द, उपाध्यक्षहरुमा आइते घर्ती र भिम बहादुर शाही र सचिव शान्त बहादुर विक चयन भएका छन ।

कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य तथा जिल्ला उपाध्यक्ष कमान बहादुर खड्का, पार्टी प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिव गंग बहादुर शाही, पार्टी प्रदेश कमिटी सदस्य तथा भेरी नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्द्र बहादुर शाही, पार्टी प्रदेश कमिटी सदस्य तथा भेरी नगरपालिका वडा नं ९ का वडाध्यक्ष ध्रुव प्रसाद पौडेल, पार्टी प्रदेश कमिटी निरज आचार्य, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य भरत शर्मा लगाएतको सहभागिता हेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष खड्काले पार्टी स्थापनाको छोटो समय मै अन्य पार्टीहरु संग प्रतिस्पर्धा गर्न सक्ने गरी संगठन विस्तार भएकोले आगामी निर्वाचनबाट एकीकृत समाजवादी पहिलो पार्टी बन्ने बताए । जिल्लाका अधिकांश क्षेत्रमा पार्टी संगठन विस्तार भईसकेको र बाँकी ठाउँमा तत्काल संगठन विस्तार गर्ने उपाध्यक्ष खड्काको भनाई छ ।

लामो समयदेखि पुन्मा तत्कालिन एमालेको किल्ला भएको र अव सबै जना एकीकृत समाजवादी पार्टीमा समाहित भएकोले सो वडा अरु कुनै पार्टीले जित्न नसक्ने पार्टी सचिव शाहीले बताए । विभिन्न आश्वासन दिएर एमालेले कतिपयलाई झुक्याउन खोजेपनि इमान्दार कार्यकर्ता नझुक्कीने भन्दै आफुहरुको समग्र क्षेत्रको विकासमा जोड रहेको शाहीको भनाई छ ।

ट्यागहरू:#birodha khatiwada#madav kumar nepal#Nabin kumar khatiwada#nekapa us
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

कर्णाली प्रदेश

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य