आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

पाँच वर्षअघि मेरै प्रचारमा हिड्नेले अहिले टुरिस्ट भनेको सुहाएन:-खतिवडा

मकवानपुर/बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ मा संयुक्त प्रचार प्रसार कार्यालय शुभारम्भ गरिएको छ । आज सोमबार बाम लोकतान्त्रिक गठबन्धनको मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर २…

FK
Friendship Khabarverified| काठमाडौं
अक्टोबर ३१, २०२२, १८:१२•अपडेट: नोभेम्बर २, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अक्टोबर ३१, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
पाँच वर्षअघि मेरै प्रचारमा हिड्नेले अहिले टुरिस्ट भनेको सुहाएन:-खतिवडाphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

मकवानपुर/बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ मा संयुक्त प्रचार प्रसार कार्यालय शुभारम्भ गरिएको छ ।
आज सोमबार बाम लोकतान्त्रिक गठबन्धनको मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले संयुक्त प्रचार प्रसार कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै उम्मेदवार खतिवडाले पाँच वर्षअघिको चुनावमा आफ्नो प्रचारमा हिड्नेले अहिले टुरिस्ट उम्मेद्वार भन्दै कुप्रचार गरेको टिप्पणी गरे । ‘गएको प्रतिनिधीसभाको चुनावमा मेरा लागि भोट माग्दै हिड्ने अहिले आफू उम्मेद्वार बनेपछि मलाई टुरिस्ट भन्दै हिडेको सुनियो ।’नेता खतिवडाले भने,‘नेपालको जुनसुकै क्षेत्रमा गएर पनि प्रतिनिधीसभाको सदस्यमा उम्मेदवारी दिन पाइन्छ भन्ने कानूनको आधारभूत ज्ञान पनि उनमा रहेनछ ।’ खतिवडाले आफूसंगै प्रतिष्पर्धा गर्न नेकपा एमालेबाट उम्मेदवारी दिएका महेशकुमार बर्तौैलालाई संकेत गर्दै भने,‘कानून पढेको मान्छेलाई प्रतिनिधीसभाको सदस्य बन्नका लागि देशको जुनसुकै भूगोलमा गएर पनि उम्मेद्वार बन्न पाइन्छ भन्ने थाहा रहेनछ ।’ प्रतिनिधीसभाको सदस्य हुन स्थानीय नभएपनि हुने तर वडा अध्यक्षको लागि भने स्थानीय वडाकै हुनुपर्ने ज्ञान उनमा नभएको खतिवडाले टिप्पणी गरे ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

‘प्रतिनिधीसभाको लागि स्थानीय नै चाहिने भन्ने बुझाई हो भने उनलाई वडा अध्यक्षमा उम्मेदवारी दिन सुहाउँछ । बरु त्यतातिर तयारी गर्दा हुन्छ ।’ खतिवडाले व्यङ्ग्य गरे,‘वडाअध्यक्षमा उठ्ने हो भने म पनि सहयोग गरौंला ।’ उनले प्रतिनिधीसभाका लागि देशको जुनसुकै जिल्लामा गएर पनि चुनाव लड्न सक्ने भएकाले स्थानीय नै हुनुपर्छ भनेर अनावश्यक भ्रम छर्ने काम गरिएकोप्रति आपत्ति समेत जनाए ।

खतिवडाले मकवानपुरको हेटौंडाकै मुख्यमन्त्री बनेर पनि एमालेका डोरमणि पौडेलले मकवानपुरमा दश करोड भन्दा माथिको योजना नपारेकाले अब पनि एमालेबाट विकासको आशा गर्नु बेकार हुने बताए ।
यस्तै, प्रतिनिधीसभाको क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाले केन्द्र र प्रदेशमा एमालेको सरकार भएका बेला मकवानपुरलाई  विकासमा उपेक्षा गरिएको बताए । ‘एमालेले साँढे तीन–तीन वर्ष संघ र प्रदेशमा सरकारको नेतृत्व गर्ने अवसर पायो तर मकवानपुरको विकासका लागि कुनै सरकारले ध्यान दिएन ।’बानियाँले भने, ‘अब फेरि विकास गर्छु भन्दै ढाँट्नेलाई पत्याउने भूल कदापी गर्नु हुदैन ।’

ट्यागहरू:#Nabin kumar khatiwada#nekapa us/birodh khatiwada/munu sikdel/shrinkhala khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य