
केदार दहाल
मैनापाेखरी, भदौ-८
विश्वव्यापी रूपमा बढ्दो पानीको अभाव र यसले यौन तथा प्रजनन स्वास्थ्यमा पार्ने प्रभाव बारे ग्रिन तारा नेपाल र वैतेश्वर गाउँपालिकाकाे सहयाेगमा विशेषगरी वडा नं ६ मा गरिएको एक अध्ययन सार्वजनिकरण कार्यशाला सम्पन्न भएको छ।
कार्यक्रममा स्वीजरल्डकि नागरिक Nicole Guillaume ले गरेकाे अध्ययन अनुसार पानीको अभावले महिलाहरूको स्वास्थ्यमा पर्ने असर, सरसफाइमा आउने चुनौती तथा गर्भावस्था र नवजात शिशु स्वास्थ्यमा पर्ने जोखिमबारे तथ्याङ्कसहित प्रस्तुत गरेका थिए। साथै सुरक्षित पानी र सरसफाइमा पहुँच सुनिश्चित नगरी दिगो विकास लक्ष्य हासिल गर्न कठिन हुने भन्दै सरोकारवालाबीच संयुक्त पहल आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीले आर्थिक वर्षदेखि स्वराेजगार कार्यक्रम अन्तर्गतको काममा टाेल टाेलका खानेपानीको मुहान सफा गर्न लगाउने प्रतिबद्धता गर्दै यस कार्यले केही हद सम्म खानेपानी सफा हुने कुरा गर्नु भएको छ। साथै सहभागीहरूले अध्ययनले देखाएका तथ्यहरूलाई नीतिगत तहमा लैजाने, आफ्नो लागि आफैंबाट सुरुवात गर्नु पर्छ, ग्रामीण भेगमा सचेतना अभिवृद्धि गर्ने र पानी तथा सरसफाइलाई प्राथमिकतामा राख्ने विषयमा जोड दिएका थिए।




कार्यशालामा ग्रिन तारा नेपालका प्रतिनिधि, पालिका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
Kedar Dahal
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_altप्रतिक्रियाहरू (२४)
कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।
सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।
कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।