calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

गृह पृष्ठविशेष प्राथमिकता

वैतेश्वर गाउँपालिका र बिकास रणनीति

दोलखा जिल्लाका गाउँपालिका मध्ये वैतेश्वर एक सम्भावना बोकेको गाउँपालिका हो। तामाकोसीको फेदी देखि हनुमन्ते डाडासम्म फैलिएको अनुपम भूगोल यसको बरदान हो ।यसमा खेतीयोग्य जमिन(बैती बेशी, गोपि बेसि, मार्बुटार,…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
फेब्रुअरी १६, २०२२, २०:०१•अपडेट: फेब्रुअरी १७, २०२२
schedule६ मिनेट पढ्न सकिने
eventप्रकाशित: फेब्रुअरी १६, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
वैतेश्वर गाउँपालिका र बिकास रणनीतिphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

दोलखा जिल्लाका गाउँपालिका मध्ये वैतेश्वर एक सम्भावना बोकेको गाउँपालिका हो। तामाकोसीको फेदी देखि हनुमन्ते डाडासम्म फैलिएको अनुपम भूगोल यसको बरदान हो ।यसमा खेतीयोग्य जमिन(बैती बेशी, गोपि बेसि, मार्बुटार, मजुवाबेसी तथा दाहाल्टार बेसि) छ।यो पालिकामा आलु/ नगदे बाली उत्पादन ,पशुपालन तथा पर्यटनको प्रसस्त संभावना छ। मिर्गे, गैरिमुदी तथा फाप्लु जस्ता क्षेत्र आलु उत्पादनको लागि उपयुक्त क्षेत्र हुन।अलैची, अमृसो, अमला, खुर्सानी , प्याज,लसुन,बेसार, धनिया, चमसुर, छ्यापी लगायतका नगदे बाली र पशुपालन ( दूध उत्पादन , मासुका लागि कुखुरा, खसी रागा- भैंसी, बङ्गुर, कालिज , माछा पालन गर्न सकिने उपयुक्त स्थानहरु छ्न। उल्लेख गरिएका बस्तुको बजारीकरणमा कुनै समस्या छैन। मात्र उत्पादनको खाचो छ ।

बैतेश्वरलाई बिकास नगर्ने हो भने मानिस अझ गाउँ छोड्ने सम्भावना देखियो।बस्तिका बस्तिहरु खाली हुँदै गएको देखिन्छ।जिन्दगीभर कमाएको जग्गा जमिन र घर पनि तेत्तीकै छोडेको देखियो।गाउँबाट मानिसको बसाइँसराइ रोक्नुका साथै दीर्घकालीन योजना निर्माण नगर्ने हो भने कालान्तरमा मैनापोखरी, नाम्दु बाहेक सबै बस्ती खाली हुने हो कि जस्तो देखिन्छ । यसर्थ बुद्धिजीवी , राजनीतक पार्टी , स्थानीय निकाय सबैले फराकिलो दृस्ठिकोण(पार्टीगत आस्था भन्दा माथी उठेर) राखेर काम गर्नु अति आवश्यक छ ।

#वैतेश्वरको बिकासका लागि निम्न क्षेत्रमा रुपान्तरण जरुरी छ-
१)कृषिमा रुपान्तरण
२) गुणस्तरीय शिक्षा प्रदान
३)स्वास्थ्य सस्थाको सुधार
४)ग्रामीण सहरीकरणलाई जोड
५)वैतेश्वर रिङ रोड्लाई फिनिसिङ र शाखा सडक सुधार
६)ग्रामीण पर्यटनको बिकास
७)बसाई सराई निरुत्साहन
८)घरेलु उद्योग र ब्यापारलाई प्रोत्साहन

#सबैभन्दा पहिला वैतेश्वर गाउँपालिकाको रुपान्तरण कृषिबाट नै गर्नु पर्छ। मुल आधार कृषि नै हो। त्यसका लागि गाउँपालिकाले सहजीकरण गरिदिनु आवश्यक हुन्छ।कृषिमा परिवर्तनका लागि यी काम गर्नु पर्छ-
क)परम्परागत बालिको सट्टा उन्नत बाली
ख)कृषिमा यान्त्रिकरण
ग)व्यावसायिक पशुपालन जस्तो खसी बाख्रा , बङुर, रागा, कालिज, कुखुरा, माछा पालन।
घ) नगदेबालिलाई जोड
ङ) जग्गाको एकीकरण वा लिजमा लिन सहजीकरण
च)उत्पादित बस्तुलाई बजार सम्म लान कृषि सहकारी मार्फत वा गाउँ पालिकाले सहजीकरण ।
छ )सिंचाइका लागि कुलो र ठूला ठूला बर्षाको पानी सङकलन गर्ने पोखरी निर्माण ।
ज)कृषि बिज्ञसग सल्लाह गरि फलफूल खेती; अम्बा,सुन्तला, कागती, पदेल, केरा, अनार आदिको व्यापक संभावना भएकोले व्यावसायिक उत्पादन गर्नु पर्छ।
झ) बाझो र सुख्खा जमिनमा खेती भन्दा अमृसो, बास, रुख बिरुवा, फलफुल खेति लगाउने कार्यक्रम ल्याउनु पर्छ।
ञ)कृषि उत्पादनको पकेट क्षेत्र निर्माण / घोषण गरि सोही अनुसार किसान/ उद्द्मिलाई सहजीकरण गर्नु पर्छ।

त्यसैगरी वैतेश्वर गाउँपालिकाले शिक्षामा विशेष ध्यान दिनु जरुरी छ।राम्रो शिक्षा नहुदा बच्चा पढाउनकै लागि मानिस गाउँ छोडिरहेका छन।तेसैले स्कुल/ कलेज सुधार गर्नु जरुरी छ। यसको लागि निम्न काम गर्न सकिन्छ।
क)काब्रेमा रहेको हनुमन्तेश्वर स्कुललाई निर्माण एवं सन्चार प्रबिधिको केन्द्र बनाउन सकिन्छ।
ख)नाम्दुमा रहेको वैतेश्वर स्कुल तथा कलेजलाई साधारण उच्च शिक्षा ( शिक्षा, ब्यबस्थापन , मानबिकी) अध्यापनको केन्द्र बनाउन सकिन्छ।
ग)क्षेत्रपामा रहेको क्षेत्रावती माबिलाई कृषि एवं पशुपालनमा जनशक्ति उत्पादन र बिशिस्टिकरणको विद्यालय बनाउन गर्न सकिन्छ।
घ)मिर्गे तथा गैरिमुदिमा रहेका बिद्यालयमा औद्योगिक जनशक्ति जस्तै सिलाई बुनाई, आर्ट,मोटरसाइकल मर्मत, सिकर्मी आदि जस्ता जनशक्ति उत्पादन गर्ने बिध्यालय बनाई शैक्षिक क्षेत्रमा फडको मार्न सकिन्छ।
ङ)मार्बुमा रहेको कालिका माबिलाई निम्न स्तरको स्वास्थ्य जनशक्ति उत्पादनको केन्द्र बनाउन सकिन्छ।
शिक्षकहरुलाई तालिम र प्रोत्साहन आवाश्यक हुनछ साथसाथै शिक्षकलाई पार्टीका कार्यकर्ताका रुपमा होइन समाज परिवर्तनका बहाकका रुपमा लिनु जरुरी हुन्छ। सबैले यसलाई आत्मासात गर्नु पर्छ।

स्वास्थ मानिसको धन हो।शरीर बलियो भयो भने मात्र सबै कुरा मिल्छ । स्वास्थ उपचारमा सजिलो हुन्छ भन्ने ठानेर गाउँ छोडेका छ्न ।गाउँमा नै उपचार भयो भने मानिस सहर पस्दैन। गुणस्तरीय स्वास्थ उपचार आलेखमा भने जस्तो सजिलो छैन।तैपनी अहिले भएका लालिगुरास लगायतका हस्पिटललाई दिगो बनाउन स्थानिय सरकारले भुमिका खेल्नु पर्छ।स्वास्थ चौकिको सुधार र हस्पिटलको सेवामा बिस्तार गरि स्वास्थ्य सेवा दिनु जरुरी छ।गाउँ पालिकामा एउटा मात्र हस्पिटल भए पनि पुग्छ।बरु एम्बुलेन्सको सेवा सहज हुनु आवश्यक छ।साना तिना उपचार स्थानीय स्वास्थ्य चौकिले गर्ने गरि वातावरण तयार गर्नु पर्छ।

अहिले जस्तै छिरलियका र पातलो बस्तिमा सेवा सुबिधा पुर्याउनु साच्चिकै कठिन हुन्छ।जति रकम लगानी गरे पनि सधै अपुग हुन्छ।तेसैले बस्ती सुधार र ग्रामीण सहरीकरणमा जोड दिनु पर्छ।त्यसको लागि निम्न नीति र रणनीति अपनाउन सकिन्छ
क) वर्तमान मा. वि. स्कुल भएका हरेक क्षेत्र( जस्तै गैरिमुदी, नाम्दु,मिर्गे, क्षेत्रपा, मार्बु, ) आसपास खेतीयोग्य जमिन नमासिने गरि कम्तिमा 100/100 वटा घडेरी बनाई सुबिधा युक्त बस्ती निर्माणमा सहजीकरण गर्नु पर्छ।जग्गा मिलान गरि वा कुनै कम्पनीले एक मुष्ट खरिद गरि सो काम गर्न सकिन्छ।सहुलियत दरमा घडेरी बिक्री गर्नु पर्छ र घर निर्माण एउटै डिजाइमा गर्न सकिएमा ग्रामीण पर्यटन बिकास हुन्छ।
ख)वैतेश्वर रिङरोड् संग जोडिने गरि वा आसपासमा घर बनाउन प्रोत्साहन गर्नु पर्छ।
ग)माथी भनेका ठाउँमा संभावना नहुदा स्थानिय शाखा सडकले छोएका ठाउमा घर तथा बस्ती बिकास कार्यक्रमलाई प्रोत्सान गर्नु पर्छ।

यसो गर्न सकिएमा खानेपानी , बिधुत ,स्वास्थ चौकी , सुरक्षा ,बाटोघाटो,बन्द ब्यापारमा राम्रो प्रबन्ध भै जीवन गुणस्तरीय हुन्छ।यसले पनि ग्रामीण पर्यटनमा सघाउछ।

बिकासको मुख्य मेरुदण्ड सडक नै हो।नेपालको सन्दर्भमा ।तेसैले मुख्य सडक तामाकोसी जिरी राष्ट्रिय मार्गलाई आधार बनाउदै वैतेश्वर जोड्ने रिङरोड संभावना भए सम्म पिच गर्ने त्यसले गाउँ पालिकालाई यातायातमा आमूल सुधार गर्छ। बाकी रहेका सडक जस्तै नाम्दु मार्बु, बस्ती मिर्गे, मैना पोखरी मिर्गे, डाडागाउ मिर्गे, मिलडाडा बनगाउ, नाम्दु घिमिरेटार हुँदै गैरिमुदिलाई बार्है महिना सवारी साधन चल्न सक्ने बनाउनु पर्छ।यो काम कठिन छैन।साना साना ठाउमा बाटो निर्माण भन्दा बस्ती स्थानान्तरण कार्यक्रम राख्नु राम्रो हुन्छ।सडकले सबै बिकासहरु तान्दै ल्याउछ।यसैमा हो जोड गर्ने र ब्यवस्थित गर्ने।

पर्यटनको राम्रो सम्भावना छ, बैतेश्वरमा। दिगो पर्यटन बिकासको गुरु योजना निर्माण गरे हजारौं पर्यटक घुम्न आई आय आर्जन र बन्द ब्यापार , कृषि उपज आदिको बिक्रीमा सहजीकरण हुन्छ। खास गरि पर्यटन बिकासमा निम्न स्थान र पक्षमा जोड दिनु पर्छ-
क)तामाकोसी नदिमा साहासिक पर्यटन खास गरि राफ्टिङ ब्यबसाय शुरु गर्नु पर्छ।
ख)बैतेश्वर मन्दिर,हनुमन्ते डाडा लगायतमा धार्मिक पर्यटनको बिकास हुने गरि कार्यक्रम सन्चालन गर्नु पर्छ।
ग)नाम्दु लामा गाउँ – घोरे ढुङामा झोलुङ्गे पुल निर्माण गरि बन्जिजम्प जस्तो सहासिक खेलबाट पर्यटन बिकास गर्न सकिन्छ।सोही ठाउँमा ( तारे भिरमा) रक क्लाङ्मिङको बिकास गर्न सकिन्छ।
घ)माथी बस्ती निर्माणमा भनिएको जस्तै एकै खाले ब्यबस्थित घर निर्माण गर्न सके ग्रामीण पर्यटन बिकास हुने प्रचुर संभावना छ। सबै काम गर्न सकिन्छ।मात्र सोचको खाचो छ।

गाउँबाट सहर र सहरबाट बिदेश पलायन हुने ठूलो समस्या देखा परेको छ।बसाइँ सराई रोक्न सकिएन भने हाम्रा गाउँहरु खाली हुने देखियो।बसाइँसराइ रोक्ने भनेको बिकास कार्यक्रमबाट हो, अरु तरिकाबाट रोकिन्न।मानिसलाई आफ्नो समाज, आफ्नो जन्म घर छोडेर हिड्ने मन कहिले पनि हुदैन तर शिशा, स्वास्थ्य, रोजगार आदिको अभाब भयो भने उ आफ्नो जन्म स्थान पनि छोडेर हिड्छ।त्यसो हुदा स्थानीय क्षेत्रमा अवसरको सिर्जना गर्नु पर्छ। बैतेश्वबाट हुने बसाइँ सराई रोक्न निम्न काम गर्न सकिन्छ-
क) बसाई सरेर बैतेश्वर भित्र आउनेलाई प्रोत्साहन स्वारुप रु दुई लाख दिने।
ख)स्थानिय क्षेत्रमा होटल, ब्यापर, कृषि उद्योग , अन्य घरेलुउद्योग गर्नेलाई प्रोत्साहन स्वारुप एक लाख दिने।
ग)शिक्षा र स्वास्थ्य सेवामा गुणस्तरीयता ल्याउन बिशेश पहल गर्ने।
घ)रोजगारी सिर्जनाको बिशेश ध्यान दिने।
ङ)उद्योग धन्दा खोल्न प्रोत्साहन गर्ने र सहजीकरण गर्ने।
च)मलाई मेरो गाउँ प्यारो छ; म मेरो गाउमै केही गर्छु भन्ने अभियान सन्चालन गर्ने।
छ)स्थानीय सहकारीहरुलाई स्थानीय स्तरमै लगानी र रोजगारका अबसर सिर्जना हुनेगरी लगानी प्रोत्साहन गर्न अनुरोध गर्ने।

घरेलु उद्योग  र ब्यापारलाई प्रोत्साहन  गरिनु पर्छ।कृषिमा आधुनिकीकरण र यान्त्रिकरणले पनि ब्यापार  व्यावसायलाई कहि न कहि सहयोग हुन्छ।अर्कोतिर  पर्यटन ब्यबसाय फस्टायो भने पनि व्यापार ब्यबसाय फस्टाउछ। ब्यापारमा बिबिधिकरण र नयाँ  नयाँ पक्षको खोज गर्न र गराउन सकियो भने साच्चिकै मेरो बैतेश्वर स्वर्ग हुन्छ। उल्लेख  गरिएका क्षेत्रमा  केही समस्या  र चुनौती  अबस्य छ्न तर तिनलाई समाधान गर्न सकिन्छ।मात्र एकताको खाचो  छ,सोच बिचारको खाचो छ।पुजी  , प्रबिधि  र लगानीको कहिल्यै खाचो हुन्न।उपाय हजार छ्न                                                   जन्म स्थान सधै प्यारो, त्यही आएर लुट्पुटिन मन छ।जय होस……

(लेखक शिक्षा तथा ग्रामीण बिकास बिषयमा प्राद्यापनरत हुनुहुन्छ )

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

NK

Nabin Kumar Khatiwada

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य