
दाेलखा ७ फागुन/नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीले पार्वत गुरुङलाई वुथ कब्जा गरेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन ।
शनिबार दाेलखा जिल्लाको नेकपा एस तामाकोसी गाउँपालिका कमिटीको प्रथम गाउँ भेलालाई सम्वाेधन गर्न तामाकोसी ४ मालु आएका नेता चाैधरीले पार्वत गुरुङलाई अब निर्वाचनमा वुथ कब्जा गरेर निर्वाचन जित्ने दिनकाे अन्त्य भएको वताएका हुन । प्रतिनिधि सभा सदस्य समेत रहेका मेटमणि चाैधरीले २०७४ सालकाे निर्वाचनमा माअाेवादी केन्द्र र एमालेले चुनावी तालमेल गरेर निर्वाचनमा जादाँ देशभरका सासंदहरुमध्ये सवैभन्दा वढी मत ल्याएकाे घमण्ड देखाउने पार्वत गुरुङलाई अब दाेलखाका जनताले पराजयकाे राम्रो स्वाद चखाउने वताए । गत निर्वाचनमा दाेलखाका जनताले दिएकाे अमुल्य मतलाई कुल्चेर संसद विघटन गर्ने खड्क प्रसाद वलीकाे वाटाेमा हिड्ने गुरुङलाई जनताको घरदैलाेमा मत माग्न आउने नैतिक अधिकार समेत नरहेकाे चाैधरीकाे भनाई थियोे । नेता चाैधरीले केपी वलीले नेतृत्व गरेकाे पाटीले कम्युनिस्ट आन्दोलन समाप्त गर्न थालेपछि नेपालमा कम्युनिस्ट पाटीकाे रुपमा एकीकृत समाजवादी पार्टी पुनः गठन गरेकाे वताए । उनले नेपालमा रहेका कम्युनिस्ट पाटीहरुसगँ एकता गर्दै कम्युनिस्ट पाटीकाे नेतृत्व समेत एकीकृत समाजवादी पाटीले गर्ने दावी गरे ।
माधव नेपाल लगायत हामीहरुले विद्रोह नगरेको भए नेपालमा कम्युनिस्ट पार्टी नै नरहने अवस्था तयार भएकाे थियाे उनले भने`केपी वलीले दलाल र पुजीवादीहरुसगँ मिलेर कम्युनिस्ट आन्दोलन समाप्तिको खेलमा लागेका थिए ।´ उनले विद्रोह गरेर निर्माण भएकाे नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले नेपालमा भएका सवै कम्युनिस्ट पार्टिहरुका विचमा एकता गरेर ठुलाे पार्टी वन्ने आधार तयार भएकाे वताए । अहिले सुर्य चिन्ह पाएकाे केपी वली कम्पनीले आगामी निर्वाचनमा के एजेन्डा लिएर चुनावमा जान्छ हेर्न वाँकि रहेकाे उनकाे भनाई थियाे । हिजो वहुमत दिनुस हामी ५ वर्ष नमुना सरकार निर्माण गरेर सुखि नेपाली समृद्ध नेपाल वनाउछाै भनेर मत मागेर बहुमत दिएका नेपालीहरुलाई अवपनि भाेट दिनुस ३ वर्षमा संसद विघटन गर्छाैं भनेर केपी वली कम्पनी निर्वाचनमा जालान त उनी भन्छन्` त्यसकारण अब केपी कम्पनीले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट पनि जित्न सक्दैनन् ।´
प्रतिक्रियाहरू (०)
अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
Friendship Khabar
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
