
दोलखा/दोलखाबाट प्रदेश सभा सदस्यका उम्मेद्बार कुन्दनराज काफ्लेले टिकट लिएर गाउँ आएकाले अब बिजय भएर फर्किने बताएका छन ।
मनोनयन दर्ता पछि आफ्नो गृह वडा तामाकोसी -३ जफे पुगेका काफ्लेले काङ्ग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन
विज्ञापनका लागि उपलब्ध
तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।
लामो राजनीति यात्राको संघर्षपछि पहिलोपटक जनतासँग उमेदवार बनेर आएको उनले बताए ।आफू जन्मेहुर्केको माटोमा गाउँलेसँग आर्शिवाद लिन आइपुगेको उनको भनाइ रहेको छ ।जनप्रतिनिधि नभए पनि आफ्नो जन्मभूमिप्रतिको अभिभारा आफूले कहिल्यै नबिर्सेको उनको भनाइ छ ।
आफू पदमा भए पनि वा पदमा नभएर जहाँ भए पनि गाउँ र समग्र दोलखाको विकासमा भूमिका खेलिरहेको उनको भनाइ रहेको छ ।उनको उम्मेदवारी सगै उनको गाउँ सहित दोलखाका मतदाता उत्साहित भएका छन ।
प्रतिक्रियाहरू (०)
अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
Nabin Kumar Khatiwada
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
