फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

संघीय संसद निर्माण कार्यमा ढिलाई नगर्नू- मन्त्री चौधरी

काठमाडौँ/सहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार परिसरभित्र निर्माणाधिन संघीय संसद भवनको मंगलबार बिहान निरिक्षण गरेका छन् । साथै उनले निर्माण कार्यमा ढिलाई नगर्न निर्देशनसमेत दिएका छन् । नयाँ…

FK
Friendship Khabarverified| काठमाडौं
जुलाई १९, २०२२, १६:४६•अपडेट: जुलाई १९, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जुलाई १९, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
संघीय संसद निर्माण कार्यमा ढिलाई नगर्नू- मन्त्री चौधरीphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

काठमाडौँ/सहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार परिसरभित्र निर्माणाधिन संघीय संसद भवनको मंगलबार बिहान निरिक्षण गरेका छन् । साथै उनले निर्माण कार्यमा ढिलाई नगर्न निर्देशनसमेत दिएका छन् ।
नयाँ बन्दै गरेको संघीय संसद भवनमा बानेश्वरभन्दा केके सुविधा छन् भन्ने मन्त्री चौधरीको जिज्ञाशामा आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठले भने, ‘भवन अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । दलका कार्यालयहरु, संसद सचिवालय, विकास समिति, सङ्ग्रहालय, पुस्तकालय, प्रतिनिधि सभा र राष्ट्रिय सभाका भवन, भिभिआइपी भवन, आरामदायी लबी, वातानुकुलित कक्ष रहेका छन् ।’
साथै करिब ३५० गाडी अट्ने अण्डरग्राउण्ड पार्किङ र त्यति नै संख्यामा भवनबाहिर पार्किङको व्यवस्था, फोहरासहितको आकर्षक बगैँचा, आधुनिक सुरक्षा व्यवस्था, आगलागी नियन्त्रण, भूकम्प प्रतिरोधी, सिभेज ट्रिटमेन्ट प्लान्ट, १२ लाख लिटर क्षमताको अण्डरग्राउण्ड पानी ट्याङ्की लगायतका थुप्रै सुविधा राखिएको छ ।

लागत खर्च, समय अवधि र कार्य प्रगतिबारे मन्त्री चौधरीको जिज्ञासामा ठेकेदार कम्पनीका प्रतिनिधि काशीनाथ डोटेलले कोभिडका कारण सामग्री अभाव, एलसी खोल्न शतप्रतिशत मार्जिनको सरकारको नयाँ प्रावधान, अनियन्त्रित मूल्यवृद्धि लगायतका कारण काममा ढिलाइ भएको बताए  ।
२०७६ साल असोजबाट सुरु भएको भवन निर्माणको कुल लागत खर्च ५ अर्ब २ करोड रहेको छ । ३ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएपनि कोभिडका कारण ६ महिना थप गरिएको हुँदा ०७९ चैत्रसम्म सकिनुपर्ने समयसीमा रहेको छ । आयोजना सुरु भएको ३ वर्ष पुग्नै लाग्दा हालसम्म जम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको टुन्डी शेक कम्पनीले बताएको छ ।
मन्त्रालयका सचिव डा. रमेश सिंह, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दंगाल, उपमहानिर्देशक दिलिप भण्डारी, चक्रवर्ती कण्ड र सचिवालयको टिमसहित भवन निर्माण स्थल पुगेका मन्त्रीले यति लामो अवधिसम्म पनि जम्मा ४५ प्रतिशत मात्र काम भएकोमा असन्तुष्टी व्यक्त गर्दै भने समयसीमाभित्रै तदारुकताका साथ काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
ट्यागहरू:#Metmani Chaudhari#Nabin Kumar Khatuwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य