
केदार दहाल
दाेलखा, साउन २३- राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ सालमा सञ्चालित कक्षा १२ को परीक्षामा सहिद स्मृति आवासीय माध्यमिक विद्यालय जिरीकी छात्रा मनिषा मगर दोलखा जिल्लामै प्रथम भएकी छिन्। उनले विज्ञान संकायमा ३.६८ जीपीए हाँसिल गर्दै जिल्लाभरिका विद्यार्थीहरूलाई पछि पार्दै प्रथम भएकी हुन्।
उक्त विद्यालयको पहिलो ब्याचमै विज्ञान संकायमा अध्ययनरत मनिषाको यो सफलताले विद्यालयको शैक्षिक प्रतिष्ठालाई समेत नयाँ उचाइमा पुर्याएको छ। यस विद्यालयबाट विज्ञान संकायकामा ११ जना र व्यवस्थापन संकायकामा ९ जना गरि जम्मा २० जनाले परीक्षा दिएकोमा क्रमशः ९ जना र ७ जनाले गरि जम्मा १६ जना विद्यार्थी उत्तीर्ण गरेका छन् । १२ जनाले ३.२ जिपिए भन्दा माथि ल्याएका छन् । विद्यालय प्रशासनले मनिषाको मेहनत, प्रतिबद्धता र लगनशीलताको प्रशंसा गर्दै भविष्यमै अझ ठूलो सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ। छात्रा मनिषा मगरले आफ्नो सफलताको श्रेय विद्यालयका शिक्षकहरू, परिवारजन तथा आफ्नो आत्मविश्वासलाई दिएकी छिन्।
एसईई परीक्षा २०८१ मा पनि यसै विद्यालयका सुरज केसी ले ३.९५ जिपिए ल्याएर जिल्ला प्रथम भएका थिए ।
Kedar Dahal
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_altप्रतिक्रियाहरू (२४)
कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।
सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।
कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।