calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

गृह पृष्ठविशेष प्राथमिकता

नव जनउत्थानको साधारण सभा, शेर्पाको नेतृत्वमा नयाँ समिति चयन

नवीन कुमार खतिवडा खावा/नव जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। यसअघि संस्थाको एकाइगत साधारण सभाहरू २०८२ असोज १० गते काठमाडौंमा,असोज…

KD
Kedar Dahalverified| काठमाडौं
अक्टोबर १८, २०२५, ०८:५८•अपडेट: अक्टोबर १८, २०२५
schedule२ मिनेट पढ्न सकिने
eventप्रकाशित: अक्टोबर १८, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
नव जनउत्थानको साधारण सभा, शेर्पाको नेतृत्वमा नयाँ समिति चयनphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

नवीन कुमार खतिवडा

खावा/नव जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

यसअघि संस्थाको एकाइगत साधारण सभाहरू २०८२ असोज १० गते काठमाडौंमा,असोज २३ गते मुख्य कार्यालय बैतेश्वर–३,खावा तथा जनउत्थान सेवा केन्द्र यार्सा र लहरेमाने सेवा केन्द्रमा सम्पन्न भएका थिए। उक्त एकाइगत सभाहरूबाट पारित निर्णयहरू प्रमाणित गर्दै आज केन्द्रीय साधारण सभा सम्पन्न गरिएको हो।

संस्थाका अध्यक्ष तेन्जिङ शेर्पाको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि दोलखा बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्काले सभाको उद्घाटन गर्नुभएको थियो।

साविकका तीन सहकारी संस्था — जनउत्थान, नव ज्योति र वैशाखेश्वर महादेव — बीच २०७७ मा भएको एकीकरणपछि स्थापित यो सहकारी संस्थाले अहिले बैतेश्वर गाउँपालिका र जिरी नगरपालिका क्षेत्रमा सेवा विस्तार गर्दै आएको छ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष सुकु शेर्पाले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म संस्थाको कुल पुँजी २१ करोड ७८ लाख ३० हजार ३ सय ४५ रुपैयाँ पुगेको जसमध्ये शेयर पुँजी २ करोड ३ लाख ९ हजार २ सय रुपैयाँ, जगेडा कोष १ करोड १८ लाख ११ हजार ८१ रुपैयाँ र बचत निक्षेप १७ करोड ४७ लाख ६ हजार ५०२ रुपैयाँ रहेको जानकारी दिनुभयो।
संस्थामा हाल २ हजार ७ सय शेयर सदस्य र ९१० जना बाल बचतकर्ता सदस्य रहेका छन्। संस्था हाल जोखिममा आधारित सुपरिवेक्षण कार्यक्रम प्रमाणिकरण ब्रान्डका लागि सहभागितामा रहेको छ।

संस्थाले बचत तथा ऋण सेवाका साथै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। संस्थाका सचिव केदार दहालका अनुसार संस्थाले जेहेन्दार विद्यार्थी छात्रवृत्ति, प्राकृतिक प्रकोप पीडितलाई आर्थिक सहयोग, सदस्यहरूको स्वास्थ्य उपचारमा सहयोग, उत्कृष्ट बचतकर्ता, ऋणी र शेयर खरिदकर्तालाई सम्मान, पेवा वृद्धि कार्यक्रम, सुत्केरी भेटघाट, मनिट्रान्सफर सेवा र SEE तयारी कक्षा सहयोग जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साथै, सदस्य सुरक्षा कोषमार्फत सदस्यको मृत्यु भएमा उनका आश्रित परिवारलाई ३० हजार रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गरिँदै आएको छ।साधारण सभाको अवसरमा जेष्ठ सदस्य, उत्कृष्ट शेयर खरिदकर्ता, असल ऋणी, नियमित बचतकर्ता, उत्कृष्ट कर्मचारी र SEE उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि भुमिराज खड्का, विशेष अतिथि जिल्ला सहकारी संघ दोलखाका कोषाध्यक्ष नविन कुमार खतिवडा र अतिथिहरु वैतेश्वर गाउँपालिका सहकारी शाखा प्रमुख  मुक्ति प्रसाद दहाल, नेफ्स्कुन फिल्ड कार्यालय चरिकोटका शाखा प्रमुख कर्मा लामालगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

यसै बीच संस्थाको आगामी चार वर्षका लागि संस्थाको नयाँ कार्यसमिति गठन गरिएको छ। जसअनुसार तेम्बा शेर्पाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेकाे छ जसअनुसार उपाध्यक्षमा सोनाम शेर्पा, सचिवमा मंगले शेर्पा, कोषाध्यक्षमा सूकु शेर्पा, सदस्यहरु सरिता खड्का पौडेल, केशब कार्की, सोनी शेर्पा, पासाङ ल्हमु शेर्पा र गेन्बा शेर्पा निर्वाचित भएका छन् । त्यसैगरी लुक्छिरी शेर्पाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरिएको थियाे। जसमा सदस्यहरु दावा शेर्पा र रेन्जी शेर्पा निर्वाचित भएका छन ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

KD

Kedar Dahal

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य