फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
समाचारविशेष प्राथमिकता

जाजरकोटको सुयाडामा प्रहरी चौकी स्थापना

जाजरकोट/दैलेख र जाजरकोटको सिमाना सुयाडामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । जाजरकोटको छेडागाड नगरपालिका २ मा पर्ने सुयाडामा माग गरेको लामो समय पछि प्रहरी चौकी स्थापना भएको…

FK
Friendship Khabarverified| काठमाडौं
डिसेम्बर २९, २०२१, १२:३५•अपडेट: डिसेम्बर २९, २०२१
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: डिसेम्बर २९, २०२१
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
जाजरकोटको सुयाडामा प्रहरी चौकी स्थापनाphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

जाजरकोट/दैलेख र जाजरकोटको सिमाना सुयाडामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । जाजरकोटको छेडागाड नगरपालिका २ मा पर्ने सुयाडामा माग गरेको लामो समय पछि प्रहरी चौकी स्थापना भएको हो । नेकपा (एकीकृत समाजवादी) जाजरकोटका अध्यक्ष एवम् केन्द्रिय सदस्य कृष्ण बहादुर विसीको लगातारको सक्रियता पछि प्रहरी चौकी स्थापना भएको हो । अस्थायी प्रहरी चौकी नेता विसी सहित छेडागाड नगरपालिकाका मेयर लाल बहादुर महतारा, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा, प्रहरी प्रमुख (डिएसपी) मधुकुमार थापा, वडाध्यक्षहरु बालकृष्ण बुुढा र गणेश प्रसाद जैंसी लगाएतको उस्थितिमा उद्घाटन गरिएको हो ।

दुई जिल्लाको सिमाना, पर्यटकीय स्थल तथा मध्यपहाडी लोकमार्गका कारण आवत जावत बढ्न थालेपछि नै प्रहरी चौकी माग गरिएको र लामो प्रयास पछि अहिले सो माग पुरा भएको नेता विसीले जानकारी दिए । सो ठाउँमा भएको बस्ती विकास र मध्यपहाडी लोकमार्ग हुँदै आवत जावत बढेपछि सबै तहबाट आवश्यक प्रक्रिया पुरा गरी प्रहरी चौकी माग गरेका हौं, नेता विसीले भने “अहिले पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेत, राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा लगाएतका नेताहरुको समन्वयमा माग पुरा भएको छ ।” प्रहरी चौकी स्थापना भएपछि सो क्षेत्रको शान्ती सुरक्षामा टेवा पुग्ने नेता विसीको भनाई छ । सुयाडा क्षेत्रका स्थानीय वासिन्दा समेत रहेका नेता विसीले प्रहरी चौकी स्थापनाका लागि वडाध्यक्षहरु बुढा र जैसीले पनि निकै पहल गरेको बताए । सो ठाउँमा प्रहरी चौकीको माग गरी सोही बमोजिमको निर्णय भएको भएपनि दरबन्दी लगाएतको कानूनी अड्चनका कारण हाललाई अस्थायी प्रहरी पोष्ट स्थापना भएको र सो प्रक्रिया मिलाउदा निर्णय भएको ९ महिना पछि मात्र स्थापना गर्न सकिएको उनको भनाई छ । आफुहरुले सुयाडा सहित जिल्लाका अन्य आवश्यक ठाउँमा समेत प्रहरी चौकी स्थापनाका लागि माग गरेको भन्दै भेरी नगरपालिकाको भुर पोखरा र बारेकोटको दह बजारमा समेत प्रहरी चौकी स्थापनाको प्रक्रियामा रहेको जानकारी दिए । पूर्व जिल्ला विकास समितिकाे उपसभापति समेत रहेका नेता विसी जाजरकाेटका अत्यन्त लाेकप्रिय नेता हुन ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
ट्यागहरू:#/छेसागाडा गाउँपालिका#madav kumar nepal#nekapa us
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

समाचार

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य