फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

समस्याग्रस्त सहकारीको पहिचान र समाधानको खोजी संम्बन्धी कार्यशाला

दोलखा / सुशासनको प्रबर्द्धनमा सहकारी संस्था को सञ्चालन र ब्यवस्थापन विषयक दुई दिवसिय कार्यशाला गोष्ठी मंसिर २३ र २४ गते चरिकोटमा सम्पन्न भएको छ ।
नेपाल सरकार, भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यलय अनामनगर काठमाडौं को  आयोजनामा सञ्चालन भएको कार्यशाला गोष्ठी मा दोलखा, रामेछाप र सिन्धुपाल्चोक गरि तीन जिल्ला का सहकारि संघ/संस्थाका प्रतिनिधि तथा स्थानीय निकायमा सहकारी हेर्ने कर्मचारीहरू सहित करिब ५० जना भन्दा बढिको उपस्थिति मा सम्पन्न भएको हो ।

वर्तमान समयमा केही सहकारी संस्थाहरूमा समस्या देखिन थालेपछि थप सहकारी संस्थाहरूमा समस्या सिर्जना हुन नदिन र समस्याग्रस्त सहकारीहरूको समस्या पहिचान गरि समाधानको उपाय खोजि गर्ने उद्देश्यले यो कार्यशाला गोष्ठी को आयोजना भएको हो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशिराज दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा बोल्दै कार्यक्रमका प्रमुख अतिथि दोलखा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले सहकारीहरूले सदस्यहरूलाई व्यवसायिक बनाउँन जोड दिनु पर्ने बताउँनु भयो भने भिमेश्वर नगरपालिका कि उपमेयर कमला बस्नेतले सहकारीहरूले  शुसासन मा जोड दिनुपर्ने र नियमक निकायहरूले सहकारी अनुगमनलाई चुस्त बनाउँनु पर्ने बताउँनु भयो ।
दुईदिन सम्म सञ्चालित गोष्ठीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका संयोजक काशीराज दहाल, समितिकै सदस्यहरू डी.बी बस्नेत र केशब प्रसाद पौडेल, भीमेश्वर नगरपालिका का कार्यकारी प्रमुख शिशिर पौडेल, नेफ्स्कुन का बरिष्ट अधिकृत नविन राज दहाल, मिलिजुली कालिञ्चोक साकोसका कार्यकारी प्रमुख ईश्वर न्यौपाने, जनसचेतन साकोसका कार्यकारी प्रमुख नबराज दहाल लगायतले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा उपस्थितहरूलाई स्वागतमन्तव्य व्यक्त गर्नु हुँदै जिल्ला सहकारी संघ लि. दोलखा का अध्यक्ष हेमन्त चौलागाईंले सहकारी संस्थाहरूमा सुशासन कायम गर्न र आवस्यक अनुगमन तथा संस्थाहरूको समस्या समाधान को लागि संघ ले आफ्नो अभिभावकत्व निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

प्रेस सेन्टर दोलखाका संस्थापकहरु सम्मानित

Friendship Khabar

डाँडागाउँमा बोलेरो दुर्घटना,३ जना गम्भीर घाइते

Friendship Khabar

वैतेश्वर गाउँपालिका र बिकास रणनीति

Nabin Kumar Khatiwada