फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ देश समाचार स्थानीय समाचार

सिंगटी उद्योग वाणिज्य संघको अध्यक्षमा उमेश श्रेष्ठ

चरिकोट/सिंगटी उद्योग वाणिज्य संघको चौथो साधारण सभा तथा अधिवेशनबाट उमेश श्रेष्ठ (महेश) सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन् । उमेश दोस्रो पटक अध्यक्ष भएका हुन् ।
शनिबार सिंगटीस्थित चिनारी होटेलमा भएको साधारण सभाले उमेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 
संघको उपाध्यक्षमा युगबहादुर बस्नेत र अम्बिका श्रेष्ठ, सचिव चन्द्र श्रेष्ठ, कोषाध्यक्ष केदारबहादुर खत्री चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा फुर्वा शेर्पा, पुनम केसी, जिवराज दियाली, रिम बहादुर ओली, जगनाथ गिरी र रमेश गिरी निर्वाचित भएका हुन् ।
अधिवेशनमा विगू गाउँपालिका अध्यक्ष सञ्जिव ओली, गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की, कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कुल बहादुर बुढाथोकी, नेपाल उद्योग वाणिज्य महासंघका रामेश्वर मानन्धर, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, उपाध्यक्ष दिनेश पाठक, महासचिव सुरेश उप्रेती  लगायत स्थानीय जनप्रतिनिधिहरू, दोलखा उद्योग वाणिज्य संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
दोलखा उत्तरी क्षेत्रको मुख्य व्यापारीक केन्द्रको रुपमा सिंगटी बजारलाई लिने गरिन्छ । ३ गाउँपालिकाको केन्द्र र उत्तरी क्षेत्रमा जलविद्युत आयोजनाहरुका कारण बजारको चहल पहल बढेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दुई दिनदेखि अवरुद्ध बस सेवा सुचारू

Friendship Khabar

रिटर्नी सेन्टर नेपाल दाेलखाकाे प्रथम जिल्ला सम्मेलन चरिकोटमा

Kedar Dahal

एकीकृत फ्रेण्डसिपको काठमाडौ सेवा केन्द्र शुभारम्भ

Friendship Khabar