फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ देश बागमती प्रदेश समाचार स्थानीय समाचार

बाढीले दाेलखाका २ जलविद्युतमा क्षति

चरिकोट/बाढीले दाेलखामा निर्माणाधीन २ जलविद्युत आयोजनामा क्षति भएको छ । विगू गाउँपालिका वडा नं ८ मा निर्माणाधीन २५ मेगावाटको जलविद्यु आयोजनामा क्षति पुगेको हाे ।

निर्माणकाे अन्तिम चरणमा पुगेकाे आयोजनामा बाढीले क्षति पुगेपछि विद्युत आयोजनाबाट उत्पादनकाे समय पनि पछि धकेलिने भएको छ ।
कालिञ्चाेक गाउँपालिका वडा नं १ र थामीचागूबाट आउने साेरूङ खाेलामा आएको बाढीले २० मेगावाटको साघु खाेला जलविद्युत आयोजना र ५ मेगावाटको कालिञ्चाेक जलविद्युत आयोजनामा क्षति भएको छ । कालिञ्चाेक र थामीचागूकाे माथिल्लो क्षेत्रमा भारी वर्षापछि खाेलामा बाढी आएको हाे ।
२० मेगावाटको साँघु खाेला जलविद्युत आयोजनाकाे पेनस्टक पाइप र टेलरेसमा क्षति पुगेको आयोजनाका प्रबर्द्धक हिमपर्वत हाइड्रोपावर लिमिटेडका अध्यक्ष हिमाल गुरूङले जानकारी दिनुभयो ।


हिमपर्वतले यही साउन महिनाभित्रै विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाकाे काम अन्तिम चरणमा पुगेको छ । तर बाढीले साउन भित्रै विद्युत उत्पादन गर्ने लक्ष्यमा ठेस पुगेको उहाँले बताउनुभयो । बाढीले बगाएको र क्षति पुगेको ठाउँको लगत संकलनकाे काम जारी रहेकोले के कति क्षति र मूल्यांकनकाे काम जारी रहेको पनि जानकारी दिनुभयो ।

यसैगरी कालिञ्चाेक हाइड्रोपावरकाे हेडवक्समा पनि बाढीले क्षति भएको छ । आयोजनाकाे इन्टेक, बाँध र बालुवा थिग्याउने पाेखरीमा क्षति भएको हाे । बाढीले केही पेनस्टक पाइप सहित निर्माण सामग्री समेत बगाएको छ ।

कालिञ्चोक हाइड्रोपावरकी अध्यक्ष इन्दिरा पन्तले आउँदो वर्षाअघि नै आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेर काम गरे तापनि बाढीका कारण आयोजनाकाे काम केही महिना धकेलिने बताउनुभयो । खाेलामा बाढीका कारण बहाव बढेकाले क्षतिकाे लगत संकलनमा समेत असर गरेको छ ।बाढीले आयोजनासम्म पुग्ने सडक समेत अवरुद्ध भए

याे पढ्न छुटाउनु भयाे की ?

जातीय विभेद गर्ने विरुद्ध तत्काल प्रतिरोध गर्न माधव नेपालको निर्देशन

Friendship Khabar

SEE परिक्षा भाेलिदेखि, दाेलखाबाट ९७ विद्यालयका विद्यार्थी सहभागी हुँदै

Kedar Dahal

निरन्तर सहयाेग गर्दै दोलखाली समाज दक्षिण कोरिया

Kedar Dahal