फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश सुदूरपश्चिम प्रदेश

बागमती र सुदुर पश्चिमका प्रदेश प्रमुखहरुको शिष्टाचार भेट

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच शिष्टाचार भेटघाट भएको छ ।

आइतबार भएको भेटमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ ।

सुदुरपश्चिमका स्थायीवासी देवकोटालाई १४ साउनमा संघीय सरकारको मन्त्री परिषदको बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखको रुपमा सिफारिस गरेपछि वहाले १७ साउनमा रास्ट्रपतिसमक्ष सपथ लिनुभएको थियो ।
लगतै १८ साउनमा बागमती प्रदेश कार्यालय हेटौंडामा एक समारोहबीच पदबहाल हुनुभएका देवकोटा आइतबार  गृहजिल्ला कैलाली पुग्नुभएको थियो ।

प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुग्नु भएका देवकोटालाई  सुदुरपश्चिम प्रदेश प्रमुख कार्यालयका कर्मचारी तथा स्थानीयवासीहरुले समेत बधाइ दिएका थिए ।

सोही भेटमा प्रदेश प्रमुखहरु बीच दुई प्रदेशको समन्वय र सहकार्य तथा विकासका सन्दर्भमा छलफल समेत भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

दाेलखाली समाज दक्षिण काेरियाद्वारा विद्यार्थीलाई ट्रयाक सुट वितरण

Kedar Dahal

रिटर्नी सेन्टर नेपाल दाेलखाकाे प्रथम जिल्ला सम्मेलन चरिकोटमा

Kedar Dahal

मेलुङमा सहकारीहरु बीच अन्तरक्रिया,१४ बुँदे साझा प्रतिबद्धता

Friendship Khabar