फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश सुदूरपश्चिम प्रदेश

बागमती र सुदुर पश्चिमका प्रदेश प्रमुखहरुको शिष्टाचार भेट

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच शिष्टाचार भेटघाट भएको छ ।

आइतबार भएको भेटमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ ।

सुदुरपश्चिमका स्थायीवासी देवकोटालाई १४ साउनमा संघीय सरकारको मन्त्री परिषदको बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखको रुपमा सिफारिस गरेपछि वहाले १७ साउनमा रास्ट्रपतिसमक्ष सपथ लिनुभएको थियो ।
लगतै १८ साउनमा बागमती प्रदेश कार्यालय हेटौंडामा एक समारोहबीच पदबहाल हुनुभएका देवकोटा आइतबार  गृहजिल्ला कैलाली पुग्नुभएको थियो ।

प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुग्नु भएका देवकोटालाई  सुदुरपश्चिम प्रदेश प्रमुख कार्यालयका कर्मचारी तथा स्थानीयवासीहरुले समेत बधाइ दिएका थिए ।

सोही भेटमा प्रदेश प्रमुखहरु बीच दुई प्रदेशको समन्वय र सहकार्य तथा विकासका सन्दर्भमा छलफल समेत भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

बलेफी गाउँपालिका अध्यक्ष द्वारा एमाले परित्याग

Friendship Khabar

श्रम मन्त्रीको निर्देशनमा मेनपावरमा छापा, ८७ थान पासपोर्ट जफत

Friendship Khabar

नव निर्मित पार्टी कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा गृह मन्त्री श्रेष्ठ आउने

Friendship Khabar