फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

आयुर्वेद केन्द्र द्वारा जेष्ठ नागरिकको स्वास्थ परिक्षण

चरिकोट/जेष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन सेवा कार्यक्रम अन्तर्गत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र¸चरिकोट¸दोलखाद्वारा भिमेश्वर नगरपालिका वडा नं. ५ पिपलबोट स्थित जेष्ठ नागरिक भवनमा स्वास्थ्य परिक्षण शिविर संचालन गरिएको छ।
शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका टोलिले वडा नं. ४ र ५ का १७७ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरी रोग अनुसार औषधिहरु दिनुका साथै सम्पूर्णलाई रसायन औषधिहरु उपलब्ध गराईएको थियो साथै सबै जनाको रगतको जाँच समेत गरिएको थियो । गाउँ मै आयुर्वेद स्वास्थ्य सेवा पाए पछि स्थानीहरु खुशि व्यक्त गर्दै यस्ता कार्यक्रमहरु निरन्तर भै रहोस भन्ने अपेक्षा राख्नु भएको छ ।

भिमेश्वर नगर पालिकाको नगर प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यता, वडा नं. ४ र ५ का वडा अध्यक्षहरु क्रमश: तारा नाथ चौलागाई र वासु श्रेष्ठ ¸ स्थानीय जेष्ठ नागरिक संघको अध्यक्ष धन बहादुर श्रेष्ठ र स्थानीय समाजसेवीहरुको विशेष उपस्थितिमा भएको कार्यक्रममा नगर प्रमुख ईश्वर नारायण मानन्धरले उपस्थित  जेष्ठ नागरिकहरु मध्ये सवै भन्दा जेष्ठ सदस्यलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट उपलब्ध गराईएको जेष्ठ नागरिक प्याकेज हस्तान्तरण गरि कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।

जेष्ठ नागरिक प्याकेज अन्तरगत बुढ्यौलीमा हुने स्वास्थ्य समस्यालाई न्युनिकरण गर्न आयुर्वेद रसायन औषधीहरु तथा जोर्नि दुखाईमा प्रयोग गरिने महानारायण तेल रहेको छ । यी औषधिहरु जिल्ला आयर्वेद स्वास्थ्य केन्द्र¸ चरिकोट दोलखाबाट जेष्ठ नागरिकहरुलाई निरन्तर निशुल्क उपलब्ध भैरहेको जानकारी गराउनुका साथै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट संचालन भै रहेका आयुर्वेद सेवाको बारेमा कार्यालय प्रमुख डा. मनोज कुमार चौधरीले बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख ईश्वर नारायण मनान्धरले जिल्ला आयुर्वेद अस्पताल निर्माण गर्न जग्गाको व्यवस्थापन गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो साथै कार्यक्रममा आयुर्वेद चिकित्सक डा. सुकृति ढुंगानाले रसायन औषधिहरुको सेवनका बारेमा जानकारी गराउनुका साथै जेष्ठ नागरिकहरुलाई स्वस्थ रहने उपायहरुको बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा स्वागत कविराज निरिक्षक हरि नारायण महतोले गर्नु भएको थियो भने संचालन कविराज निरिक्षक अर्चना कुमारी झाले गर्नु भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

एमालेमा सबैभन्दा धेरै मतान्तरमा विजयी चाैलागाई

Friendship Khabar

मुक्ति संगठन दोलखाको सम्मेलन,अध्यक्षमा कुल बहादुर बिश्वकर्मा

Friendship Khabar

खुम्बुको विकासमा सधैँ लाग्नेछु :- मन्त्री चौधरी

Nabin Kumar Khatiwada