फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

तामाकोसीमा प्रोण प्रतापको उम्मेद्बारी,यस्तो छ राजनैतिक यात्रा

प्रोण प्रताप केसी पेशाले कानुन व्यवसायी, राजनीतिक रुपमा इमान्दार र जनताहरुका समस्याहरुलाई नजिकबाट महशुस गर्न सक्ने खुवि भएका व्यक्तिमा पर्दछन् । ३ दशकको राजनीतिक यात्रामा पनि उत्तिकै सक्रिय र कुनै पनि नराम्रो आरोपको शिकार नभएका थोरै दोलखाका नेताको सूचिमा केसीको नाम पनि अग्रपंक्तिमा आउदछ । नविराउने र नडराउने उनेको बाल्यकालदेखिकै शैलि आज पनि जस्ताको त्यस्तै छ ।

वि.सं. २०२७ सालमा हालको तामाकोसी गाउँपालिका वडा नं. ५, सहरेको गोबर्धन्टारमा केसीको जन्म भएको थियो । उनले नेपाल ल क्याम्पसबाट एलएलवि र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । नेपाली सेनामा भर्ना भएर ४ वर्ष सेवा गरेपछि जनताहरुसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा आवद्ध भएर अगाडि बढ्ने अठोटका साथ २०५२ सालमा उनले सक्रिय राजनीति सुरु गरे । तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय यूवा संघको जिल्ला सचिव हुँदै अध्यक्ष भएर लोकप्रिय मत ल्याएका केसी पार्टीको जिल्ला उपसचिवसम्म निर्वाचित हुन सफल भएका थिए ।
विशेषगरि, न्याय र मानव अधिकारको क्षेत्रमा केसीको दख्खल छ ।
मिजाशिलो स्वाभाव तर निडरपन नै प्रोण प्रताप केसीको पहिचान बनेको छ ।
२०७४ सालमा तामाकोसीमा एमालेले निर्वाचनमा करिव पराजय व्यहोरेको अवस्था थियो । त्यसैकारण, एमालेले जिल्लामा धाधली भएको उजुरी पनि दियो तर प्रोण प्रताप केसीले एमालेका लागि मालु, सहरे, च्यामा र हावाबाट सुर्य चिन्हहरुले भरिएका बुथहरु ल्याएर गाउँपालिकामा बुझाए ।
मतगणनाको सुरुवाती अवस्थामा, गाउँपालिका अध्यक्षका उम्मेदवार नै निराश थिए, तर एमालेले सान्दार विजय हासिल गर्यो । वास्तवमा यो जित प्रोण प्रताप केसीको थियो । तर, उनै गाउँपालि अध्यक्षले आफ्नो कार्यकालभरि केसीलाई कुनै मतलव गरेनन् । यसमा केसीको पनि कुनै गुनासो छैन् ।
केसी आफूलाई पशुपति चौलगाईको शिष्य मान्दछन् । केपि ओलीले प्रतिनिधिसभा भंग गरेर नेकपालाई फुटाएपछि स्व.चौलगाईसहित केसी पनि प्रतिगमनको विरुद्धमा सडकमा उत्रिएका थिए । अदालतको आदेशबाट एमाले र माओवादी पुनः अस्तित्वमा आएपछि बनेको नयाँ पार्टी एकिकृत समाजवादीको जिल्ला सचिव भएर केसी भूमिका निर्वाह गरिरहेका छन् ।
दोलखाका केहि गाउँपालिका र नगरमा स्थानीय तहको निर्वाचनका लागि ५ दलिय गठवन्धनको भागवण्डामा तामाकोसी, एकिकृत समाजवादीको भागमा परेको थियो । समाजवादीले तामाकोसीमा प्रोण प्रताप केसी केसीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेपछि, अहिले केसी समृद्धि र शुसासनको नारासहित तामाकोसी गाउँपालिका भित्रका मतदाताहरुको घरदैलो अभियानमा सक्रिय छ्न ।
यसमा सहयात्री दलहरु नेपाली कांग्रेस र माओवादी पनि संगै छन् । तामाकोसीमा गठवन्धनका पक्षमा निर्वाचनको माहोल बनिरहेको भन्दै केसीका समर्थकहरु सहजरुपमा विजयी हाँसिल गर्नेमा आशावादी देखिन्छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

शैक्षिक सामाग्री वितरण गरेर आफ्नो जन्मोत्सव मनाए युवा व्यवसायी एवं संवाददाता अधिकारिले

Friendship Khabar

समाजवादी कानुन व्यवसायी संगठनको अध्यक्षमा देवेन्द्र सुवेदी

Friendship Khabar

रजत महोत्सवको अवसरमा शिक्षक कल्याण द्वारा हाजिरी जवाफ प्रतियोगिता

Friendship Khabar